काठमाडौं। निर्वाचन आयोेगले राजनीतिक दलका विधानमा प्रयोग भएका शब्दावली र चिन्हमा केरकार गर्दै हटाउन थालेको छ। त्यसको पछिल्लो शिकार राप्रपा बनेको छ भने आगामी निशानामा एमाले पर्ने देखिन्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई विधानबाट हिन्दुराष्ट्र, राजसंस्था र झण्डामा प्रयोग भएको गाई तस्बिर हटाउन निर्वाचन आयोगले हालै पत्र काट्यो।पत्रमा आयोगले भनेको छ,
सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्नु’ भन्ने वाक्य हटाउनु। त्यस्तै, पार्टी झन्डामा प्रयोग गरिएको गाईको तस्बिर हटाएर अनुसूची संशोधन गर्न पनि राप्रपालाई आयोगले निर्देशन गरेको छ।
आयोगको निर्णयपछि तात्तिएको राप्रपाले यसरी पत्र काट्नु संविधान र कानुनविपरित रहेको ठहर गरेको छ। विगतमा पार्टीले प्रयोग गर्दै आएको यही वाक्य र तस्बिरलाई मान्यता दिएको आयोगले,
अहिले कुन प्रतिशोधमा प्रश्न उठायो राप्रपाले आयोगमाथि प्रतिप्रश्न गरेको छ। आयोगले अनावश्यक दवाव दिएमा अदालतसम्मै पुग्ने राप्रपाको तयारी छ। मुलतः राप्रपाले प्रयोग गरेको वाक्यांश संविधानको प्रस्तावना,
एवं भावनाको प्रतिकूल देखिएको र गाई चिन्ह राष्ट्रिय चिन्हसँग जुधेको भन्दै हटाउन आयोगले पत्र काटेको हो। जसकाप्रति आक्रोशित राप्रपाले अन्य दलको प्रयोगमाथि समेत आयोगलाई ध्यानाकर्षण गराएको छ।
राप्रपाले गाई प्रयोग गर्न नपाउने भए नेकपा एमालेले राष्ट्रिय झण्डामा प्रयोग भएको सूर्य चिन्ह पनि नपाउनुपर्ने कतिपय नेताहरुको भनाइ छ।अहिले आयोगका कारण एमाले र राप्रपा जुध्ने अवस्था छन्।
के अब एमाले पनि सूर्य चिन्ह हटाउन तयार हुन्छ त रु वा आयोगको ध्यान जान्छ रु प्रश्न उब्जीएको छ। यसअघि नै आयोगले नेकपा माओवादी केन्द्रलाईसमेत यस्तै पत्र काटेको थियो।
माओवादी केन्द्रको विधानमा रहेको साम्यवाद, वर्गसंघर्ष र जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो।जसका प्रतिसमेत माओवादी रुष्ट थियो।
एकपछि अर्को दलहरुलाई आयोगले केस्राकेस्रा केलाएर केरकार गर्न थालेपछि राजनीतिक दल र आयोगबीच द्वन्द्वको अवस्था श्रृजना भएको छ। तेस्तै, नेकपा एमालेमा कुनैबेला माधवकुमार नेपाल र केपी शर्मा ओली एउटै गुटमा थिए।
नेपालले ओलीलाई सबैभन्दा निकट राखेर इतर समूहका बामदेव गौतम र झलनाथ खनालको चुनौतीहरु सामना गरेका थिए। यसकारण पनि माधव नेपालले ओलीलाई सबैभन्दा बढी बुझेका र झेलेका मानिन्छ।
ओलीलाई चिनेकैले माधव नेपालले योजनावद्ध रुपमा कमजोर बनाउँदै लान सकेका छन्। दुई तिहाईको सरकार बनाएर शक्तिशाली बनेका ओलीलाई अहिलेको कमजोर हालतमा ल्याउन माधव नेपालले नै मुख्य भूमिका खेल्दै आएका छन्।
१२ माघको राष्ट्रियसभाको १९ सिटको प्रतिष्पर्धामा माधव नेपालले नेकपा एमालेको विगतको ८ सिटमध्ये ७ सिट फुत्काइदिएका छन्। प्रदेश १ मा सोनाम ल्याल्जेन शेर्पाबाहेक एमालेका कुनैपनि उम्मेदवार विजयी भएनन्।
१८ सिटमा सत्ता गठबन्धनका घटक दलका उम्मेदवारहरु विजयी भए। यसबाट ओलीलाई फेरि अर्को धक्का भएको छ। ओलीलाई माधव नेपालले कर्णाली प्रदेशमा एमालेमा रहँदै धक्का दिएका थिए।
प्रकाश ज्वालासहित ४ सांसदले फ्लोर क्रस गर्दा माधव नेपालकै भूमिका थियो। जसका कारण कर्णालीमा एमालेले सरकार गठन गर्नका लागि चालेको कदम असफल भयो।
विभिन्न प्रदेशहरुमा एकपछि अर्को गर्दै एमाले नेतृत्वको सरकार ढल्यो। एमाले सरकारमा सहभागी भएकोमा हट्न पुग्यो। राष्ट्रियसभाको उपनिर्वाचनमा खिमलाल देवकोटालाई जिताउन माधव नेपालले एमालेमा हुँदै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग भित्री गठबन्धन बनाएका थिए।
जसका कारण एमाले उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका थिए। कलम चिन्ह लिएर उम्मेदवार बनेका देवकोटाले बाजी मार्दा नेपाल झन् उत्साही भए।
माधव नेपालले ओलीविरुद्ध चार्तुयता प्रदर्शन गर्दै प्रधानमन्त्रीबाट नै हटाउन भूमिका खेले। शेरबहादुर देउवा प्रधानमन्त्री बने। ओलीले गरेका कतिपय नियुक्तिहरु धमाधम देउवा सरकारले खारेज गर्यो।
राजदूतहरु फिर्ता बोलाइए। अब ओलीको पालामा भएका संवैधानिक निकायको नियुक्तिमात्र बाँकी छ। यो विषय पनि अदालतमा विचाराधीन छ। अब माधव नेपालको आँखा राष्ट्रियसभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनातर्फ गएको छ।
तिमिल्सिना ओलीका विश्वासपात्र हुन्। संवैधानिक निकायमा हुने नियुक्तिमा राष्ट्रिय सभा अध्यक्ष पनि संवैधानिक परिषदको सदस्यका हैसियतले भूमिकामा हुनसक्छन्। यसकारण पनि माधव नेपालको ध्यान उक्त पदमा गएको बुझिएको छ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री पदेन अध्यक्ष हुन्छन्। प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुन्छन्। उपसभामुख पद खाली छ।
संवैधानिक परिषद्मा कसैको पनि बहुमत छैन। काँग्रेसबाट प्रधानमन्त्री देउवा रहेका १, एमालेसँग ओली विपक्षी दलका नेता रहेको र तिमिल्सिना उनीनिकट नै रहेकाले २ जना, माओवादीबाट निर्वाचित सांसद अग्निप्रसाद सापकोटा सभामुख रहेका छन्।
यस हिसाबले प्रचण्डसँग १ सिट छ। प्रधानन्यायधीशमा चोलेन्द्र शमशेर जबरा छन्। उनी प्रचण्ड र माधव नेपालसँग सन्तुष्ट छैनन्। उपसभामुखमा सत्ता गठबन्धनबाट ल्याउने तयारी भइरहेको छ।
अब सत्ता गठबन्धनले संवैधानिक निकायमा बहुमत बनाउने गरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाविरुद्ध महाभियोगको पूर्वतयारी गरेको बुझिएको छ। विशेषगरी माधव नेपालको तारोमा तिमिल्सिना पर्नसक्छन्।
राष्ट्रियसभाको अध्यक्ष र उपसभामुखमा नेकपा एस र जसपाको दाबी छ। यसरी सत्ता गठबन्धनबाट संवैधानिक परिषदमा आफ्नो बहुमत बनाउने गरी तयारीहरु भइरहेका छन्। माधव नेपालले यसरी ओलीलाई फेरि अर्को धक्का दिन खोजेका छन्।
प्रतिक्रिया