आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेनले ८ हजार अमेरिकी सेना मैदानमा उतार्दै, अब के गर्ला रुस ?

प्रकाशित
590
SHARES

एजेन्सी। अमेरिकी रक्ष मन्त्रालय पेन्टागनले ८ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ। युक्रेनले रुसमाथि हमला गर्नसक्ने आशंकाबीच अमेरिकाले आफ्ना सेनालाई उच्च सर्तकतामा राखेको हो।

रुसले युक्रेनको सीमा नजिकै विगत एक महिनादेखि एक लाख सेना परिचालन गरेको छ। युक्रेनलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले युरोपेका साझेदार देशहरसँग भिडियो कलमार्फत छलफल गरेका थिए।

भिडियो कलमा रुसविरुद्ध सामूहिक रणनीति अप्नाउने विषयमा छलफल भएको थियो। पेन्टानगनका प्रवक्ता जोन कर्बीले रुसी सेना उपस्थिति रहेको क्षेत्रमा तनाव सृजना भएमा आफ्ना सेना त्यस क्षेत्रमा पठाइने बताएका छन्।

रुसले युक्रेनमा हमला गरेमा अमेरिकी सेनाले जुनसुकै बेला प्रतिकार लिने अमेरिकी रणनीति रहेको विज्ञहरुले बताएका छन्। यसअघि रुसले अतिक्रमण गरेर युक्रेनी भूमि क्रिमिया आफ्नो क्षेत्रमा विलय गराउन सफल भएको थियो।

रुसी अतिक्रमणमणको अन्तराष्ट्रिय समुदायले विरोध गर्दै आएको छ। यता उत्तर कोरियाले मंगलबार आफ्नो पूर्वी तटको एउटा समुद्रमा दुई ओटा क्रुज मिसाइल प्रहार गरेको छ।

दक्षिण कोरियाको योनहाप समाचार संस्थाले सेनाको स्रोतलाई उदृत गर्दै सो जानाकारी दिएको हो। उत्तर कोरियाले केही दिनयता ऋंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेको छ।

उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको प्रवृतिबारे दक्षिण कोरियाले समिक्षा गरिरहेको बताइएको छ। तर, दक्षिण कोरियाको जोइन्ट चीफ अफ स्टाफको कार्यलयले उत्तर कोरियाको मिसाइल प्रहारबारे पुष्टि गरिसकेको छैन्।

प्योङयामाथि राष्ट्रसंघको प्रतिबन्धअन्तर्गत क्रुज मिसाईल प्रहारमा भने रोक लगाएको छैन्। अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले बारम्बार आणविक हतियार परीक्षण गरेको छ।

यस वर्षमात्र उत्तरले चार पटक व्यालिस्टिक मिसाइल परीक्षण गरिसकेको छ। तेस्तै, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमाथि रुसले आक्रमण गरे त्यसको परिणाम घातक सिद्ध हुने चेतावनी दिएका छन्।

युक्रेनस्थित बेलायती दूतावासमा रहेका कर्मचारीलाई फिर्ता बोलाएको विषयमा गरिएको सम्बोधनमा प्रधानमन्त्री जोन्सनले यूक्रेनमाथि हमला गरेमा रूसमाथि बेलायतले आर्थिक नाकाबन्दी गर्ने चेतानी दिएको बीबीसीले उल्लेख गरेको छ।

सम्बोधनकै क्रममा उनले बेलायतले विभिन्न रक्षात्मक हतियारहरू यूक्रेनमा पठाइरहेको भन्दै यूक्रेनी नागरिकको रक्षाका लागि बेलायत उभिएको बताए।

विभिन्न जासुसीका अनुसार युक्रेन-रूस सीमाक्षेत्रमा रूसी सेनाका ६० समूह छन्। जसले युक्रेनको राजधानी किभमा आक्रमण गर्ने योजना बनाइरहेका छन्‚ प्रधानमन्त्री जोन्सनले भने।

यस्तै उता बुर्किना फासोमा सेनाले कु गरेको छ। राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सेनाले शक्ति आफ्नो हातमा लिएको र संसद तथा सरकार विघटन गरेको जनाएको छ।

सेनाले देशको सीमा बन्द गर्दै उचित समयमा ‘संवैधानिक आदेश’ मा फर्किने बाचाु गरेको छ। यसअघि सेनाले राष्ट्रपति रोच काबोरललाई सत्ताच्युत गरेको, संविधान निलम्बन गरिएको र सरकार तथा विद्यायक सभा विघटन गरिएको जनाएको थियो।

देशको सुरक्षा अवस्था बिग्रदै गएको र राष्ट्रपति काबोरले पश्चिमी अफ्रिकालाई एकबद्ध गर्न असफल भएको तथा मुस्लिम लडाकुका गतिविधि नियन्त्रण गर्न नसकेको सेनाले आरोप लगाएको छ।

लेफ्टिनेन्ट कर्नेल पाउल हेनरी सान्दाओगो दामीबाले हस्ताक्षर गरेको घोषणालाई सेनाका अधिकारीले त्यहाँको राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गरेका थिए।

सेनाको कदम शान्तिपूर्ण भएको र पक्राउ गरिएकालाई सुरक्षित क्षेत्रमा राखिएको घोषणामा जनाइएको छ। सेनाले सरकार अपदस्त गर्नुअघि राजधानी सहरमा हिंसात्मक गतिविधि भएका थिए।

प्रतिक्रिया