आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यी हुन् गुरु बराललाई हराउने एमाले सांसद, यस्तो थियो अन्तरघातको डिजाइन्

प्रकाशित
4.3K
SHARES

काठमाडौ। नेकपा एमालेका केन्द्रीय सदस्य गुरु बरालले राष्ट्रिय सभाको निर्वाचनमा गोलापर्थाबाट हार्नुपर्यो। आफ्नै पार्टीका दुईजना प्रदेशसभा सदस्यको अन्तरघातका कारण राष्ट्रियसभामा पराजित बने।

अन्तरघात गरेर बराललाई मतदान नगर्ने एमालेका ती दुईजना प्रदेशसभा सदस्यको पहिचान भने खुल्न सकेको छैन। प्रदेश १ मा बुधबार सम्पन्न राष्ट्रियसभाको चुनावमा नेकपा एमालेका ४० जना प्रदेश सांसदले मतदान गरेका थिए।

तर, तीमध्ये २ जना एमाले सांसदले बराललाई भोट नदिँदा उनको पक्षका ३८ जना प्रदेश सांसदको मात्र मत पर्न गयो, जसका कारण काँग्रेसका गोपाल कुमार बस्नेतसँग ४४८८ मतभार हुन गई बराबरीमा खुम्चनुपर्‍यो।

अन्य पार्टीका केही स्थानीय जनप्रतिनिधिले समेत बराललाई मतदान गरेका थिए, तर उनले आफ्नै पार्टीका दुईजना प्रदेश सांसदको मत पाएनन्। एकजना सांसदले मात्रै गद्दारी नगरेको भए बरालले सजिलै जित्ने थिए।

गठबन्धनमा संलग्न माओवादी र एकीकृत समाजवादीका केही स्थानीय जनप्रतिनिधिले बराललाई मतदान गर्ने संकेत बिहानै गरिसकेका थिए। तर एमालेकै प्रदेश सांसदले आफ्ना उम्मेदवारलाई भोट नदेलान् भनेर कसैले अनुमान गरेको थिएन्।

प्रदेश १ मा गठबन्धनको कुल भोट ४६५० थियो। तर, काँग्रेसका गोपाल कुमार बस्नेतले ४४८८ मत मात्रै पाउनु एमालेका लागि फाइदाको विषय थियो । एमालेसँग १४३ स्थानीय जनप्रतिनिधिको मतभार २५७४ थियो । तर, एमाले नेता बरालले ५ जना स्थानीय जनप्रतिनिधिको मत थपेर २६६४ मत (९० मत) बढी ल्याए ।

यसमा ४० प्रदेश सांसदको १९२० मत थप्न पाएको भए बरालको मत ४५८४ पुग्ने थियो । तर, उनी ४४८८ मत ल्याएर पराजित बने । अर्थात् उनले एमालेकै दुईजना प्रदेश सांसदको मत गुमाएर ३८ मत मात्रै पाए ।

एमालेकै प्रदेश सांसदले बराललाई भोट नदिनुमा मुख्यतः एमालेभित्रको गुटबन्दी नै प्रमुख कारण रहेको एमाले नेताहरू बताउँछन् । बराल विगतदेखि नै केपी ओलीका भक्त हुन् ।

विगतमा एमालेकै तेस्रो धारका नेताहरूलाई सताएका कारण उनीमाथि प्रदेश सांसदले बदला लिएका हुन् । यसमा पूर्वमुख्यमन्त्री भीम आचार्यको मुख्य हात रहेको एमाले नेताहरु बताउँछन् ।

एक प्रकारले प्रकारले भन्ने हो भने बरालको हारको कारण ‘१० बुँदे पक्षधर भर्सेस ओली गुट’ बन्न गयो। त्यसो त एमाले सांसदहरूले गुरु बरालको हकमा मात्र होइन, एमाले उम्मेदवार सुमित्रा भण्डारीको हकमा पनि अन्तरघात गरेको नेताहरू बताउँछन्।

बरालले ४० मध्ये ३८ सांसदको मात्रै मत पाएका थिए भने भण्डारीले ३६ सांसदको मात्रै मत पाइन्। चारजना एमाले सांसदले आफ्नै उम्मेदवारलाई मतदान गरेनन्।

चुनावको यो नतिजाले प्रदेश १ मा जातीय सेन्टिमेन्टलाई पनि स्पष्ट पारेको स्रोत बताउँछ। बराल र भण्डारी हार्नु अनि राई र शेर्पाले जित्नु यसैको दृष्टान्त भएको नेताहरू बताउँछन्। एमालेको तेस्रो धारका एक नेता भन्छन्।

‘केपी ओलीले उठाएका दुवै उम्मेदवार उनका यस म्यान थिए। झापाकी सुमित्रालाई कहिले राजदूत बनाउने त कहिले सांसद बनाउने ओलीको ताकेतालाई एमालेकै प्रदेश सांसदले अस्वीकार गरिदिएका हुन्।

त्यसो त एमालेका प्रदेश १ का जनप्रतिनिधिहरूले राम्रा व्यक्तिलाई छानेर जिताएको ती नेताको दाबी छ। उनी भन्छिन् ‘सुमित्रा भण्डारीलाई हराएर नेकपा एकीकृतकी जयन्ती राईलाई जिताउनमा एमालेको समेत भूमिका रह्यो।

उता गुरु बराललाई हराएर सोलुखुम्बुका सोनाम ग्याञ्लेज शेर्पालाई जिताउन एमालेकै सांसदले भूमिका खेले। तेस्तै, राष्ट्रियसभा सदस्यको निर्वाचनमा बागमती प्रदेशतर्फको दुवै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । हेटौंडा ८ स्थित औद्योगिक क्षेत्रमा बुधबार,

राष्ट्रियसभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका लागि भएको निर्वाचन परिणाम अनुसार गठबन्धन दलका तर्फका उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन्।

प्रतिक्रिया