आज : गते

ताजा शिर्षकहरु

रहेनन बाबुराम भट्टराई, यस्तो अवस्थामा भेटियो शव

प्रकाशित
2.3K
SHARES

काठमाडौ। १२ दिनदेखि हराइरहेका बाबुराम भट्टराईको शव फेला परेको छ। मोरङको केराबारीमा हराइरहेका उनको शव  चिन्न नसकिने अबस्थामा चारकोसे जंगलमा भेटिएको हो।

केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको शव सडेर दुर्गन्धित भएको अवस्थामा ढलेको रुखको जराभित्र फेला परेको जानकारी आएको छ। प्रहरीका अनुसार खोर्साने–केराबारी सडक खण्डको आसपास लोकेसनमा छ।

आमजुंगी विश्वकर्मा मन्दिरदेखि झन्डै २ किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको रुखको जराभित्र शव भेटिएपछि भट्टराईको ह’त्या भएको आशंका गरिएको छ।

आफन्त र परिवारका सदस्यले ह’त्या गरेर श’व रुखको जराभित्र लुकाएर राखिएको हुनसक्ने बताउँदै घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन्। भट्टराई गत पुस २७ गतेदेखि हराइरहेका थिए।

परिवारबाट सम्पर्कविहीन बनेका उनको शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएपछि घटनाको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए।

उनका अनुसार शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको छ। यो केशमा प्रहरीको पुरै शक्ति लगाउने बताए।

गाईवस्तु चराउन गएका केराबारी–८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा आइतबार दिउँसो श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अनुहार पनि नचिनिने गरी सडेको श’वको आफन्त र परिवारका सदस्यमार्फत पहिचान भएको प्रहरीले जनाएको छ।गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको ह’त्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ।

घरको भुइँतलामा पुरेको अवस्थामा सोमबार शव फेला परेको हो।शरीरमा विभिन्न खालका चोटहरु रहेको र शव गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले जानकारी दिए।

सीता हराएको भनेर २१ पुसमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको कार्कीले जानकारी दिए।उजुरीपछि प्रहरीले कुकुर परिचालन गरेर खोजतलास गरे पनि फेला पार्न सकेको थिएन।

लामो समयसम्म घटनाको विषयमा प्रहरीले केही पत्ता लगाउन नसक्दा प्रहरी चुकेको स्थानीयको आरोप थियो।सीताको ह’त्या घरायसी विवादको क्रममा उनकै श्रीमान सीताराम भनिने सीताकुमार श्रेष्ठले गरेको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए।

श्रीमती ह’त्या गरी घरभित्र शव पुरेर फरार रहेका सीतारामलाई आइतबार ललितपुरबाट प’क्रा’उ गरी धनकुटा ल्याएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान गरी कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ताको तयारी गरेको प्रहरीले जनाएको छ।

तेस्तै, अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृ’त्यु भएको छ। हिमपातमा परी अन्य ७६ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन्।

तालिबान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ। मन्त्रालयका अधिकारीहरूले हिमपातका कारण दुई हजारभन्दा बढी घरहरूमा क्षति पुगेको जनाएका छन्।

पछिल्लो २० दिनमा यति ठूलो क्षति भएको बताइएको छ। प्रतिकूल मौसमका कारण हिमपातबाट प्रभावित भएकाहरूको खोजी, उद्धार तथा राहतका लागि कठिन भइरहेको बताइएको छ।

प्रभावितहरूलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेर अस्थायी शिविरमा राखिएको अधिकारीहरूले जनाएका छन्। सरकारले जनताको लागि कुनै कसर बाकि नराख्ने बताईएको छ।

प्रतिक्रिया