आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्री रेणु कुमारी यादव जेल जाने पक्का ?

प्रकाशित
584
SHARES

काठमाडौं। व्यक्ति ह’त्या गर्ने हिं’सा’त्म’क अभिव्यक्ति दिएर विवादमा तानिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव जेल जाने देखिएको छ।

जिम्मेवार पदमा बसेर अ’प’रा’ध गर्ने ध’म्की दिएकी मन्त्री यादवले त्यसको आलोचना भएपछि विवादलाई डाईभर्ट गर्न खोज्दा अर्को अपराध गरेकी छन्। अर्थात आफ्नै पद र सपथविरुद्ध उनले कसुर गरेकी हुन्।

आफ्नो अभिव्यक्ति आफैलाई महंगो सावित भएपछि मन्त्री यादवले सोमबार विज्ञप्ति जारी गरेर सफाई दिइन्। आफू विवादबाट बच्न उनले विज्ञप्तिमार्फत सफेद झुट बोलिन्।

मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभइ आपसी मु’ठ’भे’ड नगर्न वा हुन नदिन भनेकी हुँ,’ उनले विज्ञप्तिमा दाबी गरेकी छन्।

तर उनले बोलेको भिडियो हेर्ने हो रौतहटको गौरमा २७ जना माओवादी कार्यकर्ताको ह’त्या गरेजस्तै घटना दोहोर्याएर सीके राउतलाई मा’र्ने धम्की दिएकी छन्।

सीके राउतका कार्यकर्ताले आफूलाई कालोझण्डा देखाएको आक्रोशमा पदीय मर्यादा ख्याल नगरी मन्त्री यादव ह’त्या गर्ने चेतावनी दिएर गुण्डागर्दीमा उत्रिएकी थिइन्।

गौरमा भाटा चलाउने प्रयास नगरिओस्। यहाँ लाठी भाटा नचाउन आउँछ। यो लाठी चलाएपछि तपाईंको लाठीको त्यही टुक्रा-टुक्रा पारेर तपाईंकै हातमा राखेर घरमा लगी थन्काइ दिइनेछ।

यदि तुफानसँग टक्रायौ भने तपाईंको त्यही हालत हुन्छ जो गौरको राइस मिलमा भयो। त्यो इतिहासलाई नभुल्नुस्। म डाक्टर साहेबलाई यतैबाट भन्छु कोही एक बिरामी मरिहाल्छन्।

र तपाईंलाई घेराबन्दी पारेर मारिदिन्छन्,’ मन्त्री यादवले डा सीके राउतलाई चे’ता’व’नी दिँदै भनेकी थिइन्। तर विज्ञप्तिमा भने उनले आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नभएको भनेर दिउँसै रात पार्नेगरी झुट बोलेकी छन्।

उनको अभिव्यक्ति हिं’सा’त्म’क गतिविधि गर भनेर उकास्ने खालको थियो। यसरी मन्त्री यादवको झुट नै उनलाई जेलसम्म पुर्याउन सक्ने अपराध कानुनका जानकार बताउँछन्।

उनको अभिव्यक्तिको प्रमाण र विज्ञप्ति लगेर अदालतमा मुद्दा परे मुलुकी अपराध संहिता २०७४ को दफा ८१ आकर्षित भई मन्त्री यादवको पद त जाने नै छ, साथै २ वर्ष जेल र २० हजार जरिवानासम्मको सजाय हुनेछ।

दफा ८१ मा कानूनबमोजिम सपथ लिइ सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो हैसियतमा झूटो बोल्न नपाइने र जानाजान भ्रम छर्ने गरी बोलेमा दुई वर्षसम्म कैद वा २० हजार रूपैयासम्म जरिवाना तथा दुवै सजाय हुने उल्लेख छ।

यही प्रावधानअनुसार सीके राउतका कार्यकर्ता कानुनी उपचारमा जाने तयारीमा लागेका हुन्। उनीहरु प्रमाणसहित अदालतमा मुद्दा दायर गर्ने निष्कर्षमा पुगेका छन्। जसले रेणुको बर्खास्तीसँगै कैद सजायको सम्भावना बढाएको छ।

तेस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले म्यानपावर कम्पनीको सातो जानेगरी कठोर कदम चालेका छन्। रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएर कम्पनीका मालिकहरुको सातो लिएका हुन्।

मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन्। उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर,

दलालहरुले विभिन्न देशमा पुर्‍याई नेपाली युवाहरुलाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरे। मन्त्री श्रेष्ठले ठगीमा परेका नागरिकहरुले आफ्ना गुनासोहरु सिधै मन्त्रालयको सचिवालयमा फोन गरेर टिपाउन पनि आग्रह गरे।

उनले दलालहरुबाट ठगिने क्रमलाई रोक्नका लागि मन्त्रालयले विभिन्न समयमा छड्के, अनुगमन, नयाँ–नयाँ गन्तव्यहरुको खोजि, श्रम सम्झौता र विभिन्न देशका कुटनीतिक नियोगहरुसँगको भेटघाटको क्रमलाई तीव्रता दिएको बताए।

उनले दलालहरुले नेपाल सरकारले प्रतिवन्ध गरेका देशहरुमा आकर्षक रोजगारी लगाइदिने भन्दै प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगिरहेको भन्दै त्यसतर्फ सचेत भई यस्ता काम हुन नदिन,

मन्त्रालयमा सम्पर्क गरेर सहयोग गर्न पनि आग्रह गरे। मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेहरुले प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र जान पनि आग्रह गरे।

प्रतिक्रिया