आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओली सरकारका पूर्वमन्त्रीहरुमाथि अख्तियारले थाल्यो छानबिन

प्रकाशित
315
SHARES

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका मन्त्रीहरुमाथि छानबिन अघि बढाएको छ। ठूला किमिसका नीतिगत भ्रष्टाचारमा मन्त्रीहरु संलग्न रहेको पाइएपछि छानबिन सुरु भएको अख्तियारले जनाएको छ।

ओली सरकारका उद्योगमन्त्री लेखराज भट्टसँग आयोगले बयान नै लिइसकेको छ। तोकिएको भन्दा धेरै उत्खनन गर्ने नौ वटा चुनढुंगा उद्योगलाई एक अर्ब २६ करोड जरिवाना मिनाहा गरेपछि भट्टमाथि छानबिन सुरु भएको अख्तियारले जनाएको छ।

उद्योगीहरुसँग लाभ लिएर राज्यले उठाउनुपर्ने जरिवाना उन्मुक्ति दिइएको थियो। भट्टको निर्देशनमा भएको सवा अर्बको यो भ्रष्टाचार प्रकरणको छानबिन रोक्न अख्तियारमाथि दबाब परिरहेको बताइन्छ।

यस्तै ठूला भ्रष्टाचार प्रकरणबाट जोगिन पनि भट्ट माओवादी छाडेर एमालेमा आबद्ध भएको स्रोत बताउँछ। उद्योगमा हुँदा उनले गरेका अन्य भ्रष्टाचारका विषयमा पनि अख्तियारमा उजुरी परेको छ।

ओली सरकारमा मन्त्री रहेका भानुभक्त ढकाल, गोकुल बाँस्कोटा, पद्मा अर्याल, योगेश भट्टराईविरुद्ध पनि अख्तियारमा उजुरी परेपछि छानिबन भइरहेको छ।

भानुभक्त ढकाल ओम्नी प्रकरणमा मुछिएका थिए। बिना प्रतिस्पर्धा महगो मूल्यमा ओम्नी समूहलाई स्वास्थ्य सामान खरिद गर्दा भ्रष्टाचार भएको ससदीय छानबिन समितिले ठहर गरी कारबाही गर्न अख्तियारलाई पत्राचार गरेको थियो।

त्यस्तै पद्मा अर्यालमाथि पनि उजुरी परेको छ। गिरिबन्धु टि इस्टेटलाई जग्गा सट्टापट्टा गर्न स्वीकृत दिएको विषयमा आयोगमा उजुरी परेको छ।कानून नै संशोधन गरेर सहरको हदबन्दीभन्दा धेरै रहेको,

सहरको जग्गा बिक्री गरी गाउँमा खरिद गर्न स्वीकृत दिएर नीतिगत भ्रष्टाचार भएको थियो। जून पछि अदालतको आदेशपछि रोकिएको छ।कृषिमन्त्री हुँदा मल खरिदको भ्रष्टाचारमा पनि उनी मुछिएकी थिइन्।

उनकै सेटिङमा कृषि सामाग्री कम्पनी लिमिटेडले कमसल मल खरिद गरेको थियो। जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत महिना मात्र मुद्दा दायर गरिसकेको छ।

मन्त्रीको त्यसमा लिखित संलग्नता नदेखिएपछि मन्त्री अर्याल जोगिएकी थिइन्। तर, जोशी बिज हाउसलाई ठेक्का दिनेगरी काम गर्न उनले नै निर्देशन दिएकी थिइन्। सो मल खरिदमा एक अर्ब ५३ करोड घोटाला भएको थियो।

ओली सरकारका पर्यटनमन्त्री योगेश भट्टराई पनि अहिले छानबिनमा तानिएका छन्। नारायणहिटी संग्राहलयमा क्याफेका नाममा रेष्टुरेन्ट चलाउन दिने निर्णय उनकै कार्यकालमा भएको थियो।

हाल पर्यटन मन्त्रालयले आन्तरिक छानबिन गरी अनियमितता भएको निष्कर्षसहित थप कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिसकेको छ।

त्यस्तै पशुपतिमा धर्मशाला होटल चलाउन दिने तथा लकडाउनको समयमा भएका चार्टर्ड फ्लाइटका नाममा उनको कार्यकालमा भएका अनियमितताको पनि हाल छानबिन भइरहेका छन्।

गोकुल बाँस्कोटाविरुद्धको छानबिन भने पूरा भएपनि तामेलीमा राख्न लागिएको छ। सेक्युरिटी प्रेस खरिदसम्बन्धी ठेक्कामा कमिसनको मोलतोल गरेको भिडियोका आधारमा उनीमाथि आयोगले छानबिन गरेको थियो।

तेस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी मल किनेको भन्दै कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

मल खरिदमा भ्रष्टाचार भएको भन्दै एक अर्बभन्दा बढी बिगो मागसहित विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

कृषि सामग्री लिमिटेडका तत्कालिन पदाधिकारीविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४सय ६ रुपैयाँ ७२ पैसा बिगो माग गरिएको छ। आपूर्तिकर्तालाई निकासा भएको रकम बराबर बिगो माग भएको हो।

प्रतिक्रिया