आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकन एयरलाइन्सको जहाज चीनिया समुन्द्रमा खस्यो, थप बिबरण सहित

प्रकाशित
1K
SHARES

एजेन्सी। अमेरिकन शक्तिसाली बिमान चीनिया सागरमा खसेको छ। ल्याण्डिङ गर्ने क्रममा जहाज दुर्घटना भएको बताईएको छ। मेरिकाको एफ–३५ विमान दक्षिण चीन सागर ‘साउथ चाइना सी’मा दु’र्घ’ट’ना’ग्रस्त हुँदा सात अमेरिकी सेना घाइते भएका छन्।

अल्जाजिराका अनुसार एफ–३५ सी लाइटिनिङ दोस्रो जेट विमान दक्षिण चीन सागरमा युद्ध अभ्यास गरिरहेको थियो। तर कतिपय बिश्लेसकहरुले चिनिया सेनाले खसाएको दाबी गरेका छ।

सो क्रममा आणविक ह’ति’या’र सम्पन्न यु’द्ध’पोतमा अवतरण गर्ने क्रममा विमान दु’र्घ’ट’नामा परेको बताइएको छ। विमानका पाइलटले विमान दु’र्घ’ट’ना हुनासाथ इजेक्सन सिट खोलेका थिए जसका कारण उनको ज्यान जोगियो।

हवाईस्थित अमेरिकी नौसेनाका कार्यालयका अनुसार गम्भीर घाइते भएका साथ नौसेनालाई फिलिपिन्सको राजधानी मनिलामा उपचारको लागि पुर्याएको छ। चीनले दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्दछ।

चीनले दाबी गर्ने यस सागरबाट वर्षेनी खरबौं डलरको कारोबार हुने गर्दछ। यो जल इन्डोप्यासिफिक क्षेत्रको व्यापारको प्रमुख मार्ग हो। चीनले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ।

तर दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने अन्य मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्। ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्।

अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ। सो क्रममा अमेरिकी जहाजहरु यस विवादित जल क्षेत्रमा तैरने गरेका छन्।

यसबीचमा अमेरिकी यु’द्ध’क विमान यहाँ दु’र्घ’ट’ना’मा परेको हो। चीनले बारम्बार अमेरिका यस क्षेत्रको दाबीकर्ता नभएको र उसले यस क्षेत्रमा सैन्य अभ्यास गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताउँदै आएको छ।

तर दाबीकर्ता राष्ट्रले अमेरिकाको उपस्थितीलाई स्वागत गरेको अवस्था छ। अन्तर्राष्ट्रिय अदालतले पनि सन् २०१६ मा दक्षिण चीन सागरलाई चीनले दाबी गर्नु अवैधानिक र आधारहीन कार्य भएको बताएको थियो।

दक्षिण चीन सागरलाई दाबी गर्ने चीनबाहेकका राष्ट्रहरु साथै अमेरिका, जापान, अस्ट्रेलियाले चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएका छन्। चीनले भने दक्षिण चीन सागरको विषय आन्तरिक मामिला भएकाले,

यस विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिँदै आएको छ। अमेरिकी विमान यस क्षेत्रमा दु’र्घ’ट’ना’मा परेको विषयमा भने चीनले कुनै प्रतिक्रिया जनाएको छैन।

तेस्तै, फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ। विमानभित्रका एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि विमान मध्यआकाशबाटै फर्किएको हो।

मास्क लगाउन नमानेपछि अमेरिकन एयरलाईनको उडान ३८ को बोइङ ७७७ मध्यआकाशबाट फर्किएको थियो। विमानमा १२९ यात्रु थिए। फर्किएर विमान अवतरण गर्ने वित्तिकै प्रहरीले अटेर गर्ने यात्रुलाई प’क्रा’उ गरेको थियो।

अमेरिकन एयरलाइन्सले ती यात्रुलाई आगामी दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने जनाएको छ। अमेरिकामा आन्तरिक उडानका क्रममा कोभिड नियम पालना अस्वीकार गर्नेविरुद्ध,

शून्य सहनशिलता अप्नाउने संघीय उड्यन प्रशासनले बताउँदै आएको छ। मास्क लगाउन नमान्ने यात्रुले विमान परिचारिकालाई दुव्र्यवहार गरेको विवरण सार्वजनिक भइरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो।

तेस्तै, अमेरिकामा शक्तिशाली विमानको परीक्षण, उडिरहेकै बेला यसबाट रकेट लन्च गर्न सकिने: संसारको सबैभन्दा ठूलो विमान आरओसी रकको परीक्षण उडान सफल भएको कम्पनीले बताएको छ।

गत आइतबार विमानको पहिलोपटक परीक्षण उडान गरिएको हो। विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो। विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो।

विमान निर्माता कम्पनी स्टेटोलन्चका अनुसार यो विमान २३,५०० फिटको उचाइसम्म पुगेको थियो। हालसम्म गरिएको परीक्षणमध्ये यो सबैभन्दा सफल उडान रहेको कम्पनीको भनाइ छ।

विमानको ३५ हजार फिटको उचाइसम्म उड्न सक्नेगरी डिजाइन गरिएको निर्माता कम्पनीले जानकारी दिएको छ। यो विमानमा बोइङ ७४७ को ६ वटा इन्जिन प्रयोग गरिएको छ।

यसबाट हावामै हाइपरसोनिक एयरक्राफ्टसमेत लन्च गर्न सकिने बताइएको छ। विमानको सफल उडानले यसले भविष्यमा उच्चस्तरीय ढंगमा काम गर्न सक्ने विश्वास बढेको कम्पनीका प्रमुख कार्यकारीले बताएका छन्।

रकेट लन्च गर्न सकिने: यो विमान निर्माणको मुख्य उद्देश्य हावामै स्याटेलाइटलाई सहजै अन्तरिक्षमा लन्च गर्नु रहेको कम्पनीको भनाइ छ। विमानको तेस्रोपटक परीक्षण गरिएको हो।

विमानलाई क्यालिफोर्निया राज्यको विमानस्थलबाट उडाइएको थियो। स्टेटोलन्च कम्पनीको स्थापना माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ मा गरेका थिए। यो विमानले सुपरसोनिक वाहनलाई सहजै अन्तरिक्षमा लिएर जान सक्छ।

यसमा प्रयोग गरिएको शक्तिशाली ६ वटा इन्जिनले २४९४७५.८०४ किलो तौललाई हावामा ३५ हजार फिटको उचाइसम्म लिएर जान सक्छ। यो एक ‘कन्सेप्ट एयरक्राफ्ट’ हो, जसले अधिक उचाइबाट रकेट लन्चसमेत गर्न सक्छ।

यसका मालिक एलनको २०१८ मा निधन भएपछि कम्पनी बिक्री गरिएको थियो। यसका नयाँ मालिक अब यो विमानबाट हाइपरसोनिक रकेट लन्च गर्न चाहन्छन् ,जसको गति ध्वनिभन्दा पनि पाँच गुना ज्यादा हुन्छ।

प्रतिक्रिया