आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा

प्रकाशित
1K
SHARES

काठमाडौं। दक्षिण अफ्रिकाबाट आएको एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भागमा लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा जीवितै फेला पारेको छ।

सामान्यतया जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ। दक्षिण अफ्रिकाको उक्त सहरबाट उडेको कार्गो विमान केन्याको राजधानी नाइरोबीमा एक पटक रोकिएको ठानिएको छ।

लामो दूरीको उडानमा विमानको बाहिरी भागमा लुकेर त्यसरी चढ्ने मानिस जीवित फेला पर्नु असामान्य मानिन्छ।आकाशमा निकै माथि पुगेपछि अक्सिजनको मात्रा तथा,

तापक्रम घट्ने हुँदा सास फेर्न नसकेर र कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुन्छ। प्रहरीले ती व्यक्तिको उमेर र उनी कुन देशका नागरिक हुन् भन्ने पत्ता लागिनसकेको बताएको छ।

ती व्यक्ति उक्त विमानको नोज ह्वील भएको भागमा जीवित फेला परे र उनलाई स्थिर अवस्थामै अस्पताल लगियो, प्रहरी प्रवक्ता योआना हेल्मन्ड्सले समाचारसंस्था एएफपीलाई बताइन्।

ती व्यक्ति अझै जीवित हुनु अद्भुत कुरा हो, उनले भनिन्। विमानको अग्रभागमुनि रहेको र विमान अवतरण गर्दा प्रयोग हुने पाङ्ग्रालाई नोज ह्वील भनिन्छ।

डच प्रसारक एनओसका अनुसार विमानस्थलमा फेला परेपछि ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो। एम्बुलेन्स आउँदासम्म सोधिएका प्रश्नको उनले उत्तर दिएका थिए।

कार्गो विमान कम्पनी कार्गोलक्सकी एक प्रवक्ताले समाचारसंस्था रोएटर्सलाई इमेलमार्फत् कार्गोलक्स इटालियाले सञ्चालन गरेको विमानमा ती व्यक्ति लुकेर आएको पुष्टि गरेकी छन्।

आइतवार जोह्यानिस्बर्गबाट स्किपोल उडेको कार्गोलक्सको मालवाहक विमान नाइरोबीमा एकचोटि ओर्लिएको उडानसम्बन्धी डेटामा देखिन्छ।तर ती व्यक्ति दक्षिण अफ्रिकाबाटै कि केन्याबाट उक्त विमानमा त्यसरी लुकेका हुन् भन्ने थाहा हुन सकेको छैन।

तेस्तै, अमेरिकाका १० वायुसेवा कम्पनीहरूले फाइभजी सेवाले हवाई सुरक्षामा खराब परिणाम दिन सक्ने चेतावनी दिएका छन्। उनीहरूले नयाँ प्रविधिले हजारौँ उडानको समय ढिलो बनाउन सक्ने र लामो समयसम्म विमानहरूलाई ग्राउन्डेड बनाउने जोखिम रहेको बताएका छन्।

के हो फाइभजी र हवाई उडान बीचको सम्बन्ध? के मोबाइलको फाइभजी सेवाले हवाई उडानलाई असर गर्छ? फाइभजी रेडिओ सिग्नलमा निर्भर हुन्छ। अमेरिकामा फाइभजीका लागि प्रयोग भइरहेका रेडिओ सिग्नलहरू सी-ब्यान्ड नामक स्पेक्ट्रमको अंश हुन्।

यी फ्रिक्वेन्सीहरू विमानले जमिनबाट हवाईजहाजको उचाइ र सुरक्षा अनि न्याभीगेशन प्रणालीबारे जानकारी लिन प्रयोग गर्ने उपकरण नजिकैका हुन्।

पछिल्लो चिन्ता भनेको फाइभजीले त्यो उपकरणलाई बाधा पुर्‍याउने र विशेष गरी विमान अवतरण गर्दा सुरक्षामा जोखिम निम्त्याउन भन्ने हो।यो एकदमै गम्भीर जोखिम हो।

सन् २०२० को अन्त्यमा हवाई उड्ड्यनका विषयहरूमा प्राविधिक मार्गनिर्देशिका जारी गर्ने अमेरिकी संस्था आरटीसीएले यो विषयमा प्रतिवेदन दिएको थियो।

उसले ‘उपयुक्त नियन्त्रणका कदमको अभावमा अमेरिकाको उड्डयनका क्षेत्रमा धेरै हताहत हुने र ठूलो असफलतासहित वृहत् प्रभाव पर्ने सम्भावना रहेको’ उल्लेख गरेको थियो।

हालै अमेरिकी उड्डयन नियामक निकाय एफएएले फाइभजीले बोइङ ७८७ ड्रीमलाइनरजस्ता विमानका विभिन्न प्रणालीमा समस्याहरू निम्त्याउन सक्ने बताएको छ।

उक्त प्रविधिले अवतरणअघि विमानको गति घटाउन अप्ठेरो पार्न सक्ने र त्यसका कारण विमान धावनमार्गबाट उछिट्टिने जोखिम रहने भनिएको छ।यस्तो परिस्थितिमा विमानहरूलाई रेडिओ अल्टिमिटर उपकरण प्रयोग गर्न दिइने छैन।

तर त्यसले कम भिजिबिलिटी अर्थात् प्रकाश भएको अवस्थामा अवतरण गर्ने विमानको क्षमतालाई कमजोर बनाउने छ। अमेरिकाका १० वटा विमान कम्पनीहरूको प्रतिनिधित्व गर्ने एयरलाइन्स फर अमेरिकाले यसबाट मौसमी प्रतिकूलता भएको अवस्थामा,

१,००० भन्दा बढी उडानहरू ढिला हुने वा रद्द हुने जोखिम रहेको बताएको छ। यस्तो तहमा त्यो चिन्ता छैन किनभने विभिन्न देशहरूमा अलगअलग ढङ्गले फाइभजी सेवा विस्तार गरिएको छ।

उदाहरणका लागि युरोपेली सङ्घमा नेटवर्क सञ्चालकहरूले अमेरिकी सेवा प्रदायकहरूले प्रयोग गर्ने योजना बनाएको भन्दा कम फ्रिक्वेन्सीमा फाइभजी सञ्चालन गरिरहेका छन्। यसले विमानका उपकरणमा बाधा पुर्‍याउने जोखिम कम छ।

फाइभजीका टावरहरू पनि कम शक्तिमा सञ्चालित हुन सक्छन्। यसबाहेक अन्य देशहरूले सम्भावित जोखिम कम गर्न थप कदमहरू चालेका छन्।

फ्रान्समा ‘बफर जोन’ भनिने क्षेत्रहरू विमानस्थल वरपर छन् जहाँ फाइभजी सिग्नलहरूमा नियमन गरिएको छ र एन्टेनाहरू तल राख्नुपर्ने व्यवस्था गरिएको छ।

यूकेका नियामक निकाय र वायुसेवाले उति साह्रो चिन्ता लिएजस्तो देखिँदैन।गएको डिसेम्बरमा यूकेको नागरिक उड्ड्यन निकायले फाइभजीको बाधाले विमानको प्रणालीलाई बिगार्ने वा अनपेक्षित व्यवहार निम्त्याउने कुनै पनि प्रमाणित घटना नघटेको उल्लेख गरेको थियो।

अमेरिकाका नियामक निकायहरूले पनि कैयौँ कदमहरू चालिसकेका छन्।एफएएले करिब ५० वटा विमानस्थलहरूमा अस्थायी बफर क्षेत्रहरू स्थापना गरिसकेको छ जहाँ फाइभजी प्रदायकहरूले फाइभजीलाई सीमित तुल्याउनुपर्नेछ।

तर ती फ्रान्समा स्थापना गरिएका क्षेत्रभन्दा निक्कै साँघुरा क्षेत्र हुन् र अमेरिकी ट्रान्समिटरहरू शक्तिशाली रहने छन्। एफएएले फाइभजी प्रयोग गरिएका क्षेत्रमा विमानमा कुन उपकरण प्रयोग गर्नु उपयुक्त हुन्छ भनेर पहिचानको काम थालिएको जनाएको छ।

उक्त निकायले जीपीएस प्रणालीबाट विमानका उपकरण विस्थापित गर्ने व्यवस्था गर्न खोजेको छ। तर वायुसेवाले त्यो पर्याप्त नरहेको बताएका छन्। उनीहरूले प्रभावित विमानस्थलका दुई माइल क्षेत्रमा फाइभजी सञ्चालन गर्नै नहुने माग गरेका छन्।

भेराइजन र एटीएन्डटीले दुई पटक फाइभजी सेवा उपलब्ध गराउने समय पछि सारिसकेका छन् र उनीहरू अस्थायी बफर क्षेत्रबारे सहमत छन्। उनीहरूले ४० वटा देशमा फाइभजी कार्यान्वयनमा आइसकेको पनि उल्लेख गर्छन्।

अघिल्लो महिना अमेरिकी वायरलेस उद्योगहरूको निकाय सीटीआईएले हवाई उद्योगलाई भय फिँजाइरहेको’ आरोप लगाउँदै फाइभजी लागु गर्न विलम्ब गरिँदा त्यसले अर्थतन्त्रमा वास्तविक क्षति पुर्‍याउने चेतावनी दिएको थियो।

प्रतिक्रिया