आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भोलि हुने राष्ट्रिय सभा निर्वाचनका लागि, कहाँ कहाँ छन् मतदानस्थल ?

प्रकाशित
564
SHARES

काठमाडौं। राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ। निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म निर्वाचन हुन लागेको हो।

जसका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ। प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जानकारी दिएको छ।

मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा लुम्बिनी प्रदेशको लागि

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ।

तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विषयमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लिएको अडानले आफूहरु छक्क परेको बताएका छन् ।

सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने सन्र्दभ डा.भट्टराईले लिएको अडानले आफूहरु आश्चर्यचकित भएको बताएका हुन् ।

सर्वदलीय बैठकमा समेत भट्टराईले एमसीसी आफ्नै पालामा अघि बढेको र पास गर्नुपर्छ भनेर अडान लिएको बताए। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी पास गर्नैपर्ने जिम्मेवारी लिएको देख्दा आफूहरु हेरेकै हेरै भएको टिप्प्णी पनि गरे।

उहाँ बाबुराम भट्टराईले सर्वदलीय बैठकमा एमसीसी मेरै पालामा अघि बढेको हो र पास गर्नेपर्छ भनेर जिम्मेवारी लिएको देख्दा हामी त हेरेको हेरै भयौँ। बाबुराम जीले किन एमसीसीको स्वामित्व लिन खोज्नुभएको बुझ्न सकिएको छैन्।

प्रचण्डले भने। माओवादी केन्द्र एमसीसीको विरोधि नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताले नै बहस चालेको हुनाले संशोधन नगरी पास गर्न नहुने पक्षमा रहेको बताए।

उनले भने- माओवादी एमसीसीको विरोधी होइन तर जनताले नै बहस चाहेको हुनाले संशोधन गर्नुपर्ने विषय संशोधन गरेर अगाडी बढ्नुपर्छ। तीन सदस्यीय टोलीले अहिले अध्ययन गरिरहेको छ। आएको सुझाव अनुसार नै अगाडी बढ्छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलिय बैठकमा पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओली नआएपछि ओलीलाई भेटन बालकोटनै जाने तयारी गरेको अध्यक्ष प्रचण्डले बताए।

मैले प्रधानमन्त्रीलाई भनेको छु। ओलीजी आउनु भएन अब बालकोट जाऔं र कुरा गरौंं भनेको छु। सम्पादकसंगको भेटघाटमा प्रचण्डले भने प्रधानमन्त्रीले महाधिवेशनपछि जाऔं भन्नु भएको थियो।

तेस्तै, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। चीनमा उपचार गरेर सोमबार काठमाडौँ फर्किएका नेता पुनले मंगलबार विहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।

नेता पुनको साथमा पूर्वसभामुख समेत रहेका पुनकी पत्नी ओनसरी घर्ती पनि प्रचण्डको निवासमा पुगेकी थिइन्। चीनबाट फर्किएपछि नेता पुनले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा पार्टी महासचिवमा दाबी रहेको बताएका थिए।

जनवादी ढङ्गबाट प्रतिस्पर्धा भएमा आफूले महासचिवमा प्रतिस्पर्धा गर्ने उनको भनाइ थियो। पुस ११ देखि १९ सम्म चलेको माओवादी केन्द्रको अधिवेशनले अध्यक्ष मात्र चयन गरेको थियो। बाँकी पदाधिकारी चयनका लागि माओवादी केन्द्रले माघ २७ गते केन्द्रीय समिति बैठक बोलाइएको छ।

माओवादी केन्द्रमा अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, नेता देव गुरुङ र शक्तिबहादुर बस्नेतले महासचिवमा दाबी गरेका छन्। माओवादीमा अन्य पदाधिकारीभन्दा महासचिवमै बढी रस्साकस्सी छ।

प्रतिक्रिया