आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपतिले पत्रकारलाई मुख छाडेपछि चौतर्फी आलोचना

प्रकाशित
1.3K
SHARES

काठमाडौं। अमेरिकामा बढ्दो महँगीबारे प्रश्न गर्ने पत्रकारमाथि अमेरिकी राष्ट्रपति जो बाइडेनले अपशब्द प्रयोग गरेका छन्। बाइडेनले मुख छाडेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

फक्स न्युजका पत्रकार पिटर डुसीले बाइडेनलाई देशमा बढ्दो महँगीका कारण मध्यावधि चुनावमा पार्टीलाई कति घाटा हुन्छ भनेर प्रश्न गरेका थिए। यसबारे जवाफ दिँदै बाइडेनले आफ्नो पार्टीलाई घटा नभएर फाइदा हुने बताएका थिए।

त्यसपछि भने उनले पत्रकारलाई ‘सन अफ अ भन्दै गाली गरेका थिए। बाइडेनले पहिले पनि कयौँ पत्रकारलाई गाली गरिसकेका छन्। गत हप्ता फक्स न्युजकी एक महिला पत्रकारले युक्रेन मामिलामा उनलाई,

‘तपाईं किन रुसका राष्ट्रपतिले पहिलो कदम उठाओस् भनेर पर्खिराख्नु भएको छ ?भनेर सोधेकी थिइन्। यसमा क्रुद्ध बनेका बाइडेनले उनलाई यो प्रश्न बेवकुफीले भरिएको बताएका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेन सत्तामा आएको एक वर्ष पुरा भएको छ। यसबीचमा उनले लिएका कयौँ निर्णयमा प्रश्न उठेका छन्। गत महिना बेलायतको मार्केट रिसर्च कम्पनी यूगभले सन् २०२१ को,

सबैभन्दा मनपराइएका पुरुषको सूची सार्वजनिक गरिएको थियो। यस सूचीमा बाइडेन डोनाल्ड ट्रम्पभन्दा पनि तल रहेका थिए।  सूचीमा ट्रम्प १३ औँ नम्बरमा रहँदा, बाइडेन २० औँ स्थानमा रहेका थिए।

तेस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन्। रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ।

यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ। बाइडेनले भने। हाम्रा साझेदार र सहयोगीहरु रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पुर्याउन तयार छन्,’ अमेरिकी राष्ट्रपतिले भने।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा महत्त्वपूर्ण आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी समेत दिए। रुसले युक्रेनमा थप गतिविधि गरेमा मैले वाचा गरेको कडा प्रतिबन्ध लगाइने जुन कसैले कहिल्यै देखेको छैन।

बाइडेनको थप चेतावनी छ। तर त्यो रुसको गतिविधि र युक्रेनमा गर्ने आक्रमणको स्तरमा भर पर्ने पनि उनले बताए । राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो वर्षको अवसरमा औपचारिक पत्रकार सम्मेलनमा टिप्पणी गर्दै भने।

‘मैले पहिले नै युक्रेनीहरूलाई अमेरिकी डलर ६०० मिलियनभन्दा बढी मूल्यको परिष्कृत रक्षा उपकरणहरू पठाइसकेको छु। रूसीहरूका लागि यो महङ्गो पर्नेछ।

युक्रेनको सीमामा पुटिनले आफ्ना एक लाख सेनालाई जम्मा गरिसकेको अमेरिकाको बुझाइ छ। उनी के गर्न गइरहेका छन् भन्ने कुरामा म यत्ति निश्चित छैन। मेरो अनुमान छ कि उनी भित्र जान्छन्।

उनले केही गर्नुपर्छ’ बाइडेनले सोभियत पछिको संसारमा सान्दर्भिकता खोज्ने नेताको वर्णन गर्दै भने। उनी चीन र पश्चिम बीचको संसारमा आफ्नो स्थान खोज्ने प्रयास गर्दैछन्।

तेस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ भन्ने चाँहि आफूलाई लागेको बताएका छन्।

बाइडेनले व्हाइट हाउसको ब्रीफिंगमा उक्त टिप्पणी गरेको द हिलले जनाएको छ। उनले भने, ‘होइन, मलाई लाग्दैन कि कोभिड यहाँ यहाँ रहिरहन्छ किनकि जसरी हामी यसको सामना गर्दैछौं त्यसबाट यो यहाँ रहने छैन।

हामीसँग हामीले विकास गरेका धेरै उपकरणहरू छन् र हामी विकास गर्न जारी राख्छौं जसमा कोभिड र कोभिडका अन्य प्रकारहरू विपत्ति सामना गर्ने सामर्थ्य रहोस्।

बाइडेनको उक्त टिप्पणी संयुक्त राज्य अमेरिका र विश्वभरि अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरियन्टका कारण कोरोनाभाइरसको गम्भीर बृद्धिको बीचमा आएको हो।

अमेरिकी सरकारले शुक्रबार ओभरद काउन्टर कोभिड १९ परीक्षण किटहरू वितरणको लागि ५० मिलियन अमेरिकी डलरभन्दा बढीको ठेक्का प्रदान गरेको छ।

रक्षा विभागको विज्ञप्ति अनुसार ओमिक्रोन भेरियन्टको प्रतिक्रियामा अमेरिकी जनतालाई ५०० मिलियन घर-घरमा कोभिड-१९ परीक्षणहरू कुनै पनि लागतमा उपलब्ध गराउने बाइडेनको योजनाको एक भागको रूपमा यो सम्झौता जारी गरिएको थियो।

प्रतिक्रिया