आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सेनाले एकाएक राष्ट्रपतिलाइ नियन्त्रणमा लियो, देशभर तरङ्ग

प्रकाशित
2.2K
SHARES

काठमाडौं। सेनाले एकाएक रास्ट्रपतिलाई नियन्त्रणमा लिएको छ। बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई विद्रोही सैनिकहरूले ‘हिरासतमा’ लिएका छन्। सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै स्थानीय समाचार संस्थाहरूले राष्ट्रपति काबोरेलाई विद्रोही सिपाहीहरूले हिरासतमा लिएको जनाएका छन्।

द्वन्द्वग्रस्त देश कुर्किना फासोमा केही दिनदेखि केही सैनिकले ब्यारेकभित्रै बिद्रोह गरिरहेका थिए। यसैबीच यहाँ सैनिक ‘कु’को हल्ला पनि चलिरहेको थियो। यो समाचार बाहिरिए पछि  देशभर तरङ्ग उत्पन्न भएको छ।

आइतबार पनि राष्ट्रपति काबोरेको ओआगाडौगुस्थित घर नजिकै गोली चलेको थियो। सोमबार बिहानैदेखि उनको निवास आसपास हतियारले भरिएका सशस्त्र गाडीहरू देखिएको समाचार संस्थाहरूले जनाएका छन्।

त्यहाँ रगतले लतपतिएको अवस्थामा एक जना मानिस समेत देखिएको उनीहरूले उल्लेख गरेका छन्। यहाँको सुरक्षा स्रोत र पश्चिम अफ्रिकी एक कूटनीतिज्ञले काबोरलाई सैन्य शिविरमा हिरासतमा राखेको जनाएका छन्।

तर, सरकारकाले भने आधिकारीक रुपमा कुनै टिप्पणी गरेको छैन। साथै ‘कू’सम्बन्धी विषय पनि अस्वीकार गरेको छ। हामीले भर्खरै सैन्य अड्डा पार गर्यौं जहाँ काबोरलाई बन्दी बनाएको आरोप लगाइएको छ।

पत्रकार हेनरी विल्किन्सले सोमबार औगाडोगुबाट भनेका छन्, ‘शहरको सावारी व्यवस्थापन समान्य छ। तर, राष्ट्रपति भवन वरपरको सडकमा उच्च संख्यामा सैन्य कर्मचारीहरू छन्।

तेस्तै, अमेरिकाले युक्रेनको दूतावासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ। अमेरिकाको विदेश मन्त्रालयले आइतबार सो आदेश दिएको हो।

किभको दूतावासमा रहेका आफ्ना कर्मचारीहरु र उनीहरुका परिवारलाई युक्रेन छोडी स्वदेश फर्किन भनेको बताइएको छ। पछिल्ला केही हप्ताहरुमा रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन्।

किभको दूतावासमा कार्यरत कर्मचारी, तिनका परिवारका सदस्य र अत्यावश्यक काम नभएका अन्य कर्मचारीहरुलाई पनि अमेरिकी विदेश मन्त्रालयले युक्रेन छाड्न भनेको हो।

सो दूतावासमा रहेका मात्र नभएर युक्रेनमा रहेका आफ्ना सबै नागरिकहरुलाई पनि सम्भव भएसम्म युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले अनुरोध गरेको छ।

अमेरिकी गुप्तचर रिपोर्टमा रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको पाइएको बताइएको छ। त्यसैले पनि अमेरिकाले आफ्ना नागरिकहरुलाई उक्त आदेश जारी गरेको बताइएको छ।

उता रुसले भने युक्रेनमा आक्रमण गर्ने योजना नरहेको बताएको छ। रुसले पछिल्ला समयमा अमेरिकाले लगाउँदै आएको सो आरोपको खण्डन पनि गर्दै आएको छ।

तर पनि अघिल्लो महिना देखि नै रुसले भने युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ। विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले यो कुरा उल्लेख गरेका छन्।

तेस्तै, पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ। यो सँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई अत्यन्तै अव्यावहारिक भएको बताएको छ।

वाशिङ्गटनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले स्पुतनिकलाई बताएअनुसार, “अमेरिकाले यस भूमिमा चिनियाँ एयरलाइन्सको उडानहरू स्थगित गर्नु अत्यन्तै अव्यावहारिक छ।

हामी अमेरिकी पक्षलाई चिनियाँ एयरलाइन्सद्वारा सञ्चालित सामान्य यात्रु उडानहरूलाई अवरोध र प्रतिबन्ध लगाउन रोक्न आग्रह गर्दछौं,” पेंग्युले भने।

बाइडेन प्रशासनले कोभिड-१९ को कारण जनाउँदै केही अमेरिकी उडानहरू स्थगित गर्ने चिनियाँ सरकारको निर्णयको बदलास्वरूप अमेरिकाबाट चीनका लागि ४४ उडानहरू स्थगित गरेको थियो।

चीनका लागि निलम्बित उडानहरू जनवरी ३० देखि शुरु हुन्छ र सियामेन एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स कम्पनी र एयर चाइनाका उडानहरू त्यसमा पर्नेछन, स्पुतनिकले जनाएको छ।

चीनले भर्खरै कोभिड-१९ सङ्क्रमित यात्रुहरूको बृद्धिको कारण आफ्नो देशमा जाने केही अमेरिकी उडानहरू रद्द गरेको बताएको छ।चीनको नागरिक उड्डयन प्राधिकरणले जनवरी १९ सम्म बाइडेन प्रशासनको बारम्बार आपत्तिको बाबजुद ४४ यात्रु उडान निलम्बित गरेको छ।

प्रतिक्रिया