आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निर्वाचन आयोगका कारण राजनीतिमा उथलपुथल, एमालेको चुनाव चिन्ह सूर्य पनि कोल्याप्स

प्रकाशित
1.2K
SHARES

काठमाडौ। निर्वाचन आयोगका कारण राजनीतिमा उथलपुथलको संकेत देखिन थालेको छ। नेकपा एमालेका सूर्य चिन्ह नरहने अवस्था बनेको छ। उसले उक्त चिन्ह पुनरावलाकेन गर्नुपर्ने अवस्था बनेको हो। निर्वाचन आयोगले यसको संकेत गरिसकेको छ।

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चिन्ह हटाउन पत्र लेखिसकेको छ। २ माघमा लेखेको पत्रमा नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई,

राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र वरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ भन्ने निर्णयसहित उल्लेख गरेको छ।

आयोगले यसबारे २०७७ माघ ७ गते निर्णय भएको भन्दै राप्रपालाई गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई विधानमा उल्लेख गर्न भनेको छ।आयोगको यो पत्रका आधारमा राप्रपा अदालत जाने भएको छ।

यो मुद्दा अब अदालतमा जाने भएकाले आयोगको निर्णयको पक्षमा फैसला भएर आदेश भएमा राप्रपाको गाई चिन्ह मात्र नभई एमालेको सूर्य चिन्ह समेत बदर हुने भएको छ।

अब चुनाव चिन्हको विषयमा अदालतमा अलमल हुने भएकाले पनि प्रतिनिधि सभा चुनाव धकेलिने सम्भावना रहेको बुझिएको छ। अदालतले यसबारे गर्ने निर्णयको ढिलोचाँडोले प्रतिनिधि सभा चुनाव मात्र नभई स्थानीय चुनाव र प्रदेश सभा चुनावको मिति समेत प्रभावित हुने सम्भावना छ।

राप्रपाको चुनाव चिन्ह गाई राष्ट्रिय जनावर हो। एमालेको चुनाव चिन्ह सूर्य राष्ट्रिय झण्डामा अंकित छ। आयोगले गरेको निर्णय अनुसार अब एमालेको चुनाव चिन्ह समेत पुनरावलोकन गर्नुपर्ने हुन्छ। एमालेले सूर्यको साटो अर्को चुनाव चिन्ह रोज्नुपर्ने अवस्था बन्ने सम्भावना छ।

तेस्तै, नेकपा एकीकृत समाजवादी पार्टीका अधयक्ष माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नैतिकताको गम्भीर प्रश्न उठेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त प्रश्न उठाएका हुन्। प्रचण्ड नेपालको नैतिकतामाथि उनीहरुकै पार्टीका नेताकार्यकर्ताले प्रश्न उठाउन थालेका छन्।

ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन्। अग्रगमन र प्रतिगमनको डम्फा बजाएर हिँडेकाहरूले नै अर्ली इलेक्सनको प्रस्ताव गरेको भन्दै ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनअघि संसदको निर्वाचन गर्ने भनेर सत्ता पक्षबाट फालिएको कार्ड चुनाव नगर्ने गलत नियत भन्दै आफू जहिले निर्वाचन भए पनि सामना गर्न तयार रहेको प्रष्ट पारेका छन्।

एमाले अध्यक्ष ओलीले प्रेस विज्ञप्ति जारी गर्दैआफूले ताजा जनादेशको माग गर्दा प्रतिगमन भन्नेहरुले कुन मुखले अर्ली इलेक्सनको कुरा गर्दैछन् भन्ने प्रश्न उठाएका छन्।

गठबन्धनका नेता प्रचण्ड र माधव नेपालले एमालेले संसद चल्न नदिएको भन्दै बैशाखमै संसदीय चुनाव गर्ने प्रस्ताव राखेकोमा उनले यस्तो प्रश्न गरेका हुन्। ओलीले भनेका छन्ः गत वर्ष हामीले ताजा जनादेशको माग गर्दा हामीमाथि अनेकौं प्रहार गरिए।

जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन’ भन्ने भाष्य निर्माण गरियो।प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनःस्थापनालाई ‘संविधानको जीत’का रुपमा व्याख्या गर्ने नेताहरु आज,

कुन नैतिकता कुन तर्क र कुन आधारमा ‘अर्ली इलेक्सन’ को कुरा गर्दैछन् यसो गर्नुअघि उनीहरुले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नु पर्दैन।

तेस्तै,जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवको एकलौटी अधिकार कटौती गर्नुपर्ने आवाज पार्टीमा उठेको छ। जसपाको कार्यकारिणी बैठकले यादवसहित संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अशोक राईलाई निर्णय गर्ने अधिकार दिएको थियो।

तर यादव एक्लैले निर्णय गर्न थालेपछि उनको अधिकार कटौती गर्नुपर्ने आवाज उठेको हो।सरकारमा जाने मन्त्रीको नाम यादव एक्लैले पठाएको र राष्ट्रिय सभाका लागि उमेदवारको तय पनि उनी एक्लैले गरेको भन्दै जसपा भित्र विरोध सुरू भएको छ।

यादवले आफुखुसी निर्णय गर्न थालेपछि तीन अध्यक्षको व्यवस्था गरेर जानुपर्ने आवाज पार्टीभित्र उठेको जसपाका कार्यकारिणी सदस्य नवराज सुवेदीले सेतोपाटीलाई बताए। पार्टीमा समावेशीको आधारमा नेतृत्व चयन हुनुपर्छ।

मधेसी, आदीवासी, जनजाती र खस, आर्यको प्रतिनिधित्व हुनुपर्छ भन्ने धारणा आएको छ। त्यसको लागि विधान अनुसारको ३ अध्यक्षको व्यवस्था लागू गर्नुपर्छ,’ उनले भने, ‘माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचपछि कार्यकारिणी बैठक बसेर यसको टुंगो लगाउनुपर्छ।

उपेन्द्रजीले यसमा आलटाल गर्न खोज्नुभयो भने पार्टीमा समस्या आउन सक्छ।जसपा विभाजनका बेलामा साथ दिएका पूर्व राजपा पक्षधर नेतालाई समेत समेट्न नखोजेको आरोप यादवमाथि लागेको छ।

एकता प्रक्रियाको मर्म अनुसार यादव अघि नबढेको सुवेदीले दाबी गरे।अर्का कार्यकारिणी सदस्य मोहम्मद इस्तिहाक राईले पार्टीलाई सामुहिक नेतृत्वमा लैजान जरूरी रहेको बताए।

सामुहिक नेतृत्वबाट पार्टी चलेको छैन। अहिले जति पनि समस्या देखिएका छन्। यसकै कारणले उत्पन्न भएको हो, उनले भने, त्यसैले पार्टीलाई सामुहिक नेतृत्वमा लैजान ढिलो गर्नु हुँदैन।

प्रतिक्रिया

आजको ट्रेन्डिङ