आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्रीले गरिन आफ्नो बिहे स्थगित, यस्तो कारण थाहा पाउने सबै चकित

प्रकाशित
1K
SHARES

एजेन्सी। न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोभिडसम्बन्धी नयाँ प्रतिबन्धहरू घोषणा गर्दै आफ्नै बिहेको कार्यक्रम पनि स्थगित गरेकी छन्। ओमिक्रोन भेरिअन्टका कारण कोरोनाभाइरस सङ्क्रमण बढेपछि पूरै न्यूजील्यान्डमा कोभिडसम्बन्धी उच्च तहको प्रतिबन्ध लगाइएको छ।

प्रतिबन्धात्मक कदमअन्तर्गत कोभिड खोप लगाएका १०० जनाभन्दा बढी व्यक्तिलाई कार्यक्रमहरूमा सहभागी हुन नदिने तथा पसल एवं सार्वजनिक यातायातमा मास्क लगाउनुपर्ने लगायत नियम रहेका छन्।

न्यूजील्यान्डमा १५,००० जनभन्दा बढी मानिसमा कोभिड पुष्टि भएको छ भने ५२ जनाको कोभिडका कारण मृ’त्यु भएको सरकारी तथ्याङ्क छ।टेलिभिजन प्रस्तोता क्लार्क गेफर्डसँग आफ्नो बिहेको कार्यक्रम अगाडि नबढ्ने कुरा आइतवार संवाददाताहरूसँग आर्डर्नले पुष्टि गरेकी हुन्।

न्यूजील्यान्डका हजारौँ मानिसलाई महामारीले असह्य पीडा दिएको छ, अझ सबैभन्दा पीडाको कुरा एकदमै बिरामी रहेका आफ्ना मान्छेलाई तपाईँ भेट्न असमर्थ हुनु हो।

म आफू चाहिँ फरक व्यक्ति हुँ भन्ने आँट म कसरी गर्न सक्छु” उनले भनिन्। त्यो चाहिँ मैले भोगेका अरू पीडाभन्दा ठूलो हुनेछ,” प्रधानमन्त्री आर्डर्नले थपिन्।

स्थानीय समयानुसार आइतवार मध्यरातबाट नयाँ प्रतिबन्धहरू कार्यान्वयनमा आएका छन्। ओमिक्रोन भेरिअन्ट सङ्क्रमण भएका नौवटा समूह फेला परेपछि प्रतिबन्धहरू लगाइएको हो।

अकल्यान्डमा एउटा बिहेको कार्यक्रममा सहभागी भएको एक परिवारका सदस्यहरू साउथ आइल्यान्डस्थित घर फर्केपछि सङ्क्रमित भएको पुष्टि भएको छ।

हवाई यात्राका अर्का एक व्यक्ति पनि सङ्क्रमित भएको पाइएको छ। समूहबाट समुदायमा सङ्क्रमण सर्ने क्रम उच्च हुने अधिकारीहरूले बताएका छन्।

यो नियम व्यायामशाला र वैवाहिक कार्यक्रममा पनि लागु हुने द न्यूजील्यान्ड हेराल्डले लेखेको छ। चार वर्ष तथा सोभन्दा बढी उमेरका विद्यार्थीले विद्यालयमा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने हुन्छ।

कोभिड महामारी फैलिएयता न्यूजील्यान्डले कडा नियमहरू लगाउँदै आएको छ जसका कारण त्यहाँ कोभिडबाट न्यून मृत्यु भएको बताइन्छ।महामारीको सुरुमै सीमानाकाहरू बन्द गर्ने तथा लकडाउन गरी महामारी नियन्त्रण गर्न सफल विश्वका केही देशमध्ये न्यूजील्यान्ड पनि एक हो।

तर डेल्टा भेरिअन्ट देखा परेयता प्रधानमन्त्री आर्डर्नले पूर्ण रूपमा कोभिड उन्मूलनको रणनीतिबाट धेरै मात्रामा खोप लगाउने र भाइरसलाई स्थानमा सीमित प्रकोपको रूपमा हेर्ने नीति लिइन्।

न्यूजील्यान्डमा १२ वर्ष उमेरमाथिका झन्डै ९४ प्रतिशत मानिसले पूर्ण मात्रा खोप लगाइसकेका र योग्य ५४ प्रतिशतले बूस्टर मात्रा लगाइसकेको बताइएको छ। चरणबद्ध रूपमा खोल्दै जाने नीतिअन्तर्गत न्यूजील्यान्डले देशको सीमानाका खोल्ने घोषणा गत वर्ष गरेको थियो।

बन्द स्थानभित्रका कार्यक्रममा खोप लगाएका १०० जनालाई अनुमति दिइनेछ, खोपसम्बन्धी पासहरू प्रयोग नभएको अवस्थामा २५ जनाले अनुमति पाउनेछन्।

यो नियम व्यायामशाला र वैवाहिक कार्यक्रममा पनि लागु हुने द न्यूजील्यान्ड हेराल्डले लेखेको छ। चार वर्ष तथा सोभन्दा बढी उमेरका विद्यार्थीले विद्यालयमा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने हुन्छ।

कोभिड महामारी फैलिएयता न्यूजील्यान्डले कडा नियमहरू लगाउँदै आएको छ जसका कारण त्यहाँ कोभिडबाट न्यून मृत्यु भएको बताइन्छ।महामारीको सुरुमै सीमानाकाहरू बन्द गर्ने तथा लकडाउन गरी,

महामारी नियन्त्रण गर्न सफल विश्वका केही देशमध्ये न्यूजील्यान्ड पनि एक हो। चरणबद्ध रूपमा खोल्दै जाने नीतिअन्तर्गत न्यूजील्यान्डले देशको सीमानाका खोल्ने घोषणा गत वर्ष गरेको थियो।

प्रतिक्रिया