आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जसपामा लफडा, समानान्तर कमिटी गठन

प्रकाशित
1.6K
SHARES

काठमाडौ। सत्तारुढ जनता समाजवादी पार्टी नेपाल जसपाको विवाद सतहमै देखिन थालेको छ। पार्टीका असन्तुष्ट पक्षले समानान्तर समितिनै बनाउन थालेपछि विवादले उग्र रुप लिएको हो।

पछिल्लो समय पर्सा जिल्लामा दुई समूहले बेग्लाबेग्लै जिल्ला समन्वय समिति गठन गरेका थिए। सो विवादका बारेमा पार्टीको मधेस प्रदेश समिति पनि विभाजित देखिएको छ।

संस्थापन पक्षसँग असन्तुष्ट रहेको समूहले माघ २ मा मञ्जुर अन्सारीको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरेको थियो। जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पक्षधर रहेका पूर्व अध्यक्ष रामनरेश यादव पक्षले भने गत शुक्रबार नै अलग्गै भेला गरी जिल्ला समिति पुनर्गठन गरेको थियो।

जसपाको मधेस प्रदेश समितिका मुख्य सचिव दिनेश कुमार यादवले शनिबार विज्ञप्ति जारी गर्दै पर्सा जिल्लामा राम नरेश यादवको अध्यक्षतामा रहेको जिल्ला समिति आधिकारिक रहेको जनाएको छ ।

तर उक्त विज्ञप्ति जारी भएलगत्तै मधेश प्रदेश समितिका उपाध्यक्ष सुशील यादवले समेत अर्को विज्ञप्ति जारी गर्दै मञ्जुर अन्सारीको नेतृत्वमा रहेको जिल्ला समिति आधिकारिक रहेको जनाएका छन्।

पर्सा जिल्लामा देखिएको विवाद अन्ततः पार्टीको मधेस प्रदेश समितिमा पनि देखिएको छ। मुख्यसचिव दिनेश यादवले जारी गरेको विज्ञप्तिमा पर्सा जिल्लामा माघ २ मा केही समूहले मञ्जुर अन्सारीको नेतृत्वमा नयाँ जिल्ला समिति गठन गरेको खबर विभिन्न सञ्चार माध्यमबाट जानकारी प्राप्त भएको भन्दै त्यो पार्टीको आधिकारिक समिति नभएको दाबी गरेका छन्।

जसपाका प्रदेश उपाध्यक्ष सुशील यादवले पर्सामा देखिएको पार्टीभित्रको विवाद केन्द्रीय समितिले टुंगो लगाउने भएकाले मधेस प्रदेशका मुख्य सचिव दिनेश यादवले व्यक्तिगत रुपमा जारी गरेको विज्ञप्तिको कुनै औचित्य नै नभएको बताएका छन्।

तेस्तै, हाँस्य कलाकारद्वय राजाराम पौडेल र सन्तोष पन्त ‘नेपाली दल’ नामक राजनीतिक पार्टीमा समाहित भएका छन्। बालकृष्ण न्यौपाने अध्यक्ष रहेको नेपाली दलले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ‘परिवर्तनका लागि नागरिक आन्दोलन कार्यक्रम’ घोषणा समेत गरेको छ ।

नेपाली दल राजसंस्था ल्याउन गठन भएको हो। पत्रकार सम्मेलनमा सन्तोष पन्त देखिएका थिएनन्। तर, पन्तलाई भारतमा आन्दोलनको संयोजन गर्ने जिम्मेवारी दिइएको छ। हास्य कलाकार पौडेललाई सह-संयोजकको जिम्मेवारी दिइएको छ।

नेपाली दलले वरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारीको संयोजकत्वमा फागुन १७ गतेबाट ‘परिवर्तनका लागि नागरिक आन्दोलन’ नामक कार्यक्रमको घोषणा गरेको छ।

हाँस्यकलाकार राजाराम पौडेलले नेपालमा आन्दोलन नगरेर कुनैपनि राम्रो काम हुन नसेकेको भन्दै आन्दोलनको विकल्प नरहेको बताए ।उनले अहिलेका राजनीतिक दलमा रहेकाहरुलाई आफुले नेता नभइ खुत्रुके भनेर सम्बोधन गर्ने बताए ।

‘खुत्रुके भर्नुहोस् तर, समय आएपछि हामीले त्यसलाई फुटाएर देश र जनताको लागि प्रयोग गर्नेछौं’, उनले भनेका छन्। पौडेलले कलाकारिता क्षेत्रमा रहेका सम्पूर्णलाई नेपाल रह्यो भनेमात्र नेपालको कलाकार रहने भन्दै पार्टीको झण्डा नभएर देशको झण्डा बोक्न अनुरोध गरेका छन्।

तेस्तै, सत्ता गठबन्धन नेकपा एमालेलाई कुनै पनि हालतमा पत्तासाफ गर्ने मनसायमा देखिएको छ। राष्ट्रिय सभाको निर्वाचनमा एमाले पराजित हुने निश्चित भएपछि अध्यक्ष केपी शर्मा ओलीले नयाँ रणनीति अंगिकार गरेका छन्।

गठबन्धनले तीन तहकै चुनावमा तालमेल गर्ने तयारीमा रहेको सूचना पछि ओलीले पनि गठबन्धन गर्न थालेका छन्।चुनाव ? यो प्रश्न तेर्सिएको छ। चुनावमा बहस चल्दै गर्दा दलहरुको ध्यान मधेश प्रदेशमा बढी गएको छ।

८ जिल्ला रहेको मधेश र समथर भूभागहरुमा निर्वाचन क्षेत्र बढी छन्। त्यहाँ आफ्नो प्रभाव बलियो बनाउन दलहरु सक्रिय भएका छन्। उनीहरुले चुनावी गठबन्धनको पूर्वाभ्यास गरिरहेका छन्।

सत्ता गठबन्धनको जनता समाजवादी पार्टी मधेशमा मजबुत छ। नेपाली काँग्रेससँग गठबन्धनमा रहेकाले जसपा चुनावमा पनि तालमेल गर्ने दाउमा छन्। जसपाको काँग्रेससँग भरसक नभए माओवादी र नेकपा एससँग गठबन्धनको सम्भावना देखिदैछ।

ओली प्रधानमन्त्री हुँदा सीके राउतसँग सरकारले सम्झौता गरेको थियो। महन्थ ठाकुरसँग पनि ओली सरकारमा हुँदा नै सहमति बनाएका थिए।उनले ठाकुरले उठाएको मागको सम्बोधन पनि गरेका थिए। यसले यी शक्तिबीच निकटता बढाएको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ