आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खोप कार्ड हराए के गर्ने ? यस्तो छ तरिका सबैले थाहा पाउनु पर्ने

प्रकाशित
1.1K
SHARES

काठमाडौं। सरकारले माघ ७ गतेदेखि कुनै पनि सार्वजनिक स्थलमा प्रवेश गर्न वा सेवा लिन जाँदा कोरोना विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ। कोरोनाविरुद्धको औषधि नबनेको अवस्थामा यसबाट बच्न खोप नै उपयुक्त मानिएको छ।

त्यसैले सरकारले खोपलाई अनिवार्य गरेको हो। अब खोपकार्ड लिन तपाइले खोप नलगाएको भए लगाउनुपर्ने छ। त्यही कार्ड मोबाइलमा फोटो खिचेर पनि देखाउन सक्नुहुनेछ। तर खोपकार्ड हराए के गर्ने ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोपकार्ड हराएका व्यक्तिले खोप कार्डको प्रतिलिपि लिन सक्नेछन्। दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिन्छ।

यस्तै जोनसन एण्ड जोन्सन खोप लगाएको भए जुन केन्द्रमा खोप लगाएको हो त्यही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिन्छ।

यस्तै पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको शाखाबाट लिन सकिने मन्त्रालयले जनाएको छ। तेस्तै, विश्वभर एक हप्तामा मात्रै २ करोडभन्दा धेरै कोरोनो सङ्क्रमित थपिएका छन्।

गत ७ दिनमा विश्वभर २ करोड २३ लाख ९१ हजार ८ सय १९ नयाँ सङ्क्रमित थपिएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ।जसमध्ये यूरोपमा मात्रै ९० लाख ४९ हजार ४५७ जनामा सङ्क्रमण पुष्टि भएको छ।

यस्तै उत्तर अमेरिकामा ५७ लाख ४९ हजार १९९, एसियामा ४२ लाख ७५ हजार ९७१, दक्षिण अमेरिकामा २४ लाख १ हजार ८०९, महासागरमा ५ लाख ५ हजार ७७७ तथा अफ्रिकामा २ लाख ७६ हजार ६०६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

अघिल्लो हप्ताको तुलनामा विश्वभर १० प्रतिशतले सङ्क्रमित थपिएका छन्। अघिल्लो हप्ता विश्वभर २ करोड ४ लाख ४० हजार ५५ जना सङ्क्रमित थपिएका थिए। यस्तै यो हप्ता विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या पनि १० प्रतिशतले नै बढेको छ।

यो हप्ता ५४ हजार २२ जनाको मृत्यु भएको छ। अघिल्लो हप्ता ४९ हजार ३५५ जना सङ्क्रमितले ज्यान गुमाएका थिए। यस्तै यो हप्ता १ करोड ११ लाख ५ हजार १ सय ९ जना निको भएका छन्।

योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३४ करोड ९७ लाख नाघेको छ। जसमध्ये २७ करोड ८० हजार निको भएका छन् भने ५६ लाख ९ हजारको मृत्यु भएको छ।

अझै पनि ६ करोड ६० लाख सक्रिय सङ्क्रमित रहेकामा ९६ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

तेस्तै, नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले जानकारी दिए।

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रमितमध्ये ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो,’ उनले भने, यसले संक्रमितमध्ये ८८ प्रतिशत ओमिक्रोन रहेको देखायो ।’

३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन देखिँदा चारवटामा भने डेल्टा भेरियन्ट रहेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन्

उपत्यकामा ३ हजार ७९१ जनामा संक्रमण पुष्टि- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने ३ हजार ७९१ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो। देशभर कोरोनाको औसत संक्रमण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएको छ।

त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएपछि एक साताका लागि नियमित खोप कार्यक्रम बन्द गरेको छ।

कोरोनाविरुद्धको खोप अभियानमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएकाले १० माघ सोमबारदेखि १६ माघ आइतबारसम्म सात दिन नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पातलले जनाएको छ।

प्रतिक्रिया