आज : गते

ताजा शिर्षकहरु

फेरि एमाले फुटाउने तयारी, भीम रावल र घनश्यामले चाले एकाएक यस्तो कदम

प्रकाशित
840
SHARES

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अबको केही दिनमै ठूलो पहिरो जाने निश्चित भएको छ। लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले व्यवहार परिवर्तन नगरेको र आफूहरुको राजनीतिक भविश्य समाप्त हुन खोजेको निष्कर्ष निकालेका उनीहरुले नयाँ दल दर्ता गरेर नयाँ ढंगको राजनीति सुरु गर्न खोजेका हुन्।

नयाँ पार्टीको नेतृत्वमा घनश्याम भुसाल, भीम रावललगायत नेताहरु रहनेछन्। नयाँ पार्टी दर्ताका लागि आवश्यक तयारीहरु भइरहेको र अबको केही दिनमै निर्वाचन आयोगमा गएर दल दर्ता गर्ने उनीहरुको तयारी छ।

भीम रावल नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार दिए। तर उनी अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भए। पदाधिकारीमा पराजित भएकाहरु स्वतः केन्द्रीय सदस्य बन्न पाउने प्रावधान रहेको भए पनि पनि रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरे।

यस्तै नेता घनश्याम भुसाल पनि पदाधिकारीमा उम्मेदवार भएर पराजित भएका हुन्। उनले भने केन्द्रीय सदस्य स्वीकार गरेका छन्। केही दिनअघि घनश्याम भुसाल र भीम रावलले नेकपा एमाले छाड्न खोजेको चर्चा चुलिएको थियो।

स्रोतका अनुसार उनीहरुले नेकपा एमाले त्यागेर नयाँ दल दर्ता गर्न लागेका हुन्। पार्टी विभाजन नहुँदा लामो समयसम्म नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको साथमा रहेका नेता रावलले केही रणनीतिसहित एमालेमा बसेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचकको रुपमा रहेका रावल नै माधव नेपालको साथ छाडेर एमालेमै बस्नुलाई त्यतिबेला नै रहस्यको रुपमा हेरिएको थियो। नयाँ पार्टी दर्ता गर्नकै लागि उनी एमालेका कुनै पनि कमिटीमा नबसेका एमालेकै नेताहरुको आरोप छ।

१० औँ महाधिवेशनमा आफूले एमाले अध्यक्षमा विजयी हाँसिल गरेमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि एमालेमै समाहित गर्ने रावलको रणनीति थियो। त्यसै रणनीतिअनुसार नै भीम रावललगायत नेताहरु एमालेमै बसेकासमेत चर्चा भइरहेको छ।

पहिले माधव नेपाल क्याम्पमा रहेका सचिव योगेश भट्टराईहरुले भने भीम रावल र घनश्याम भुसालहरुलाई साथ नदिने बुझिएको छ। उनी केपी ओलीको समर्थनमा खुलेरै अघि बढिसकेका छन्।

यस्तै अष्टलक्षमी शाक्यलगायत प्रभावशाली नेताहरु पनि नयाँ पार्टीमा जानेबारे निर्णय गर्न सकिरहेका छैनन्। यसअघि शाक्य र रावल, भुसालहरु एउटै क्याम्पमा रहेका थिए।

तेस्तै, नेकपा एमालेका नेता भीम रावल र घनश्याम भुसाल दुबै खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन समितिले घोषणा गरेको मत परिणाममा रावल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। केन्द्रीय सदस्यमा रावलले ९०४ मत प्राप्त गरे।

तर भिम रावलले यसअघि नै केन्द्रिय सदस्यमा आफुले उम्मेदवारी नदिएको र निर्वाचित भएपनि आफुले अस्विकार गर्ने घोषणा गरिसकेका छन। उनै रावल अध्यक्षमा भने पराजित भए।

उनलाई केपी शर्मा ओलीले भारी मतान्तरले पराजित गरेका हुन्। तर, रावलले आफू केन्द्रीय सदस्यको उम्मेदवार नभएको बताइसकेका छन्।एमालेको नेतृत्वमा केपी शर्मा ओली दोस्रो पटक पुनः अध्यक्ष निर्वाचित भए।

ओलीले १ हजार ८४० मत पाए भने अध्यक्षका अर्का उम्मेदवार भीम रावलले २२३ मत पाए। ओली समूहले रावलको नाम केन्द्रीय सदस्यमा पनि राखेको थियो। त्यस्तै उपाध्यक्षमा पराजित घनश्याम भुसाल पनि केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

नेकपा एमालेका नेता घनश्याम भुसालले आफू भीम रावलको पक्षमा रहेको बताएका छन्। पार्टीको महाधिवेशनअन्तर्गत निर्वाचनको तयारी भइरहँदा पत्रकारहरूले राखेको प्रश्नमा भुसालले रावलको पक्षमा रहेको प्रतिक्रिया दिएका हुन्।

पार्टी अध्यक्ष केपी ओलीले नाम पेश गरेर हलबाट सिधै अनुमोदन गरेकोमा असहमति जनाउँदै रावलले निर्वाचनमा जाने बताउँदै आएका छन्।आफू क्रान्तिको पक्षमा रहेको उल्लेख गर्दै भुसालले भीम रावलको धारणामा सहमति जनाएका हुन्।

भुसालले भने, ‘यो प्रक्रियामा म भीम रावलको पक्षमा पहिलेदेखि उभिएको छु। जहिलेदेखि भीम रावलमाथि अत्याचार भएको छ, त्यही बेलादेखि उभिराखेको छु।

मलाई व्यक्तिसँग केही मतलब हुँदैन। मेरा सम्बन्धले केही गर्दैन। को क्रान्तिका पक्षमा छ, ऊ ठिक छ भने अप्ठ्यारो सफ्ठ्यारो जे सुकै होस् मेरो कमिटमेन्ट हो म समर्थन गर्छु।

प्रतिक्रिया

आजको ट्रेन्डिङ