आज : गते

ताजा शिर्षकहरु

चिनियाँ सेनासँग भारतीय सेनाको हार-गुहार

प्रकाशित
2.1K
SHARES

काठमाडौं। एक किशोर बेपत्ता भएपछि भारतीय सेनाले चिनियाँ सेनासँग सहयोग मागेको छ। मिरन तरुन नामक अरुणाञ्चल प्रदेशका किशोर बेपत्ता भएपछि बिहीबार भारतीय सेनाले चिनियाँ सेना पिपुल्स लिवरेसन आर्मी (पिएलए)सँग सहयोग मागेको हो।

हिन्दुस्तान टाइम्सकाअनुसार अरुणाञ्चल प्रदेशको उपर सियाङ जिल्लास्थित जिदो गाउँका ती किशोर मंगलबार साँझदेखि बेपत्ता बनेका थिए। आफ्ना साथीहरुसँग सीमा क्षेत्रमा सिकार खेल्न गएका ती युवक बेपत्ता बनेका थिए।

चीन–भारत सीमा क्षेत्रबाट बेपत्ता बनेका ती किशोरलाई पिएलएले बन्धक बनाएको भारतीय सरकारी अधिकारीहरुको भनाइ थियो। ती किशोरलाई फिर्ता गराउन भारतीय सेनाले पिएलएको सहयोग मागेको बताइएको छ।

यसअघि सन् २०२० सेप्टेम्बरमा पिएलएले अरुणाञ्चलका अन्य पाँच युवकलाई बन्धक बनाएको थियो। बन्धक बनाएको एक हप्तापछि सेनाले उनीहरुलाई सीमा क्षेत्रमा छोडेको थियो।

तेस्तै, पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ। यो सँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई अत्यन्तै अव्यावहारिक भएको बताएको छ।

वाशिङ्गटनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले स्पुतनिकलाई बताएअनुसार, अमेरिकाले यस भूमिमा चिनियाँ एयरलाइन्सको उडानहरू स्थगित गर्नु अत्यन्तै अव्यावहारिक छ।

हामी अमेरिकी पक्षलाई चिनियाँ एयरलाइन्सद्वारा सञ्चालित सामान्य यात्रु उडानहरूलाई अवरोध र प्रतिबन्ध लगाउन रोक्न आग्रह गर्दछौं,” पेंग्युले भने। बाइडेन प्रशासनले कोभिड-१९ को कारण जनाउँदै केही,

अमेरिकी उडानहरू स्थगित गर्ने चिनियाँ सरकारको निर्णयको बदलास्वरूप अमेरिकाबाट चीनका लागि ४४ उडानहरू स्थगित गरेको थियो।चीनका लागि निलम्बित उडानहरू जनवरी ३० देखि शुरु हुन्छ।

र सियामेन एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स कम्पनी र एयर चाइनाका उडानहरू त्यसमा पर्नेछन, स्पुतनिकले जनाएको छ। चीनले भर्खरै कोभिड-१९ सङ्क्रमित यात्रुहरूको बृद्धिको कारण आफ्नो देशमा जाने केही अमेरिकी उडानहरू रद्द गरेको बताएको छ।

चीनको नागरिक उड्डयन प्राधिकरणले जनवरी १९ सम्म बाइडेन प्रशासनको बारम्बार आपत्तिको बाबजुद ४४ यात्रु उडान निलम्बित गरेको छ।तेस्तै, बेइजिङले सन् २०२२ को शीतकालीन,

ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने जनाएको छ।

अर्को हप्तादेखि, २०२२ बेइजिङ शीतकालीन ओलम्पिक अघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडानहरू नहुने सम्भावना छ, सीएनएनले बताएको छ।

जनवरी १९ मा शुरु भएको र कम्तिमा दुई हप्तासम्म जारी रहने, संयुक्त राज्य अमेरिकाबाट चीनका लागि हुने सबै उडानहरू या त रद्द गरिएका छन् वा चिनियाँ उड्डयन नियमहरूको कारण निलम्बित हुने सम्भावना छ, सीएनएनले जनाएको छ ।

शुक्रबार सम्म, केवल दुई उडानहरू अझै पनि त्यो अवधिको लागि सञ्चालन गर्न योग्य देखिन्छन् ती मध्ये एक युनाइटेड एयरलाइन्स ९ग्ब्ी० सँग हुनेछ। बेइजिङ शीतकालीन खेलहरू फेब्रुअरी ४ मा शुरु हुनेछ।

र सहभागीहरूले प्रायः ओलम्पिकमा सहभागिताका लागि विशेष उडानहरू लिइरहेका छन्। जुनदेखि चीनको नागरिक उड्डयन प्रशासनले अन्तरराष्ट्रिय उडानहरूमा तथाकथित ‘सर्किट ब्रेकर’ नियम लागू गरेको छ।

त्यस नियमको अर्थ हो यदि पाँच वा बढी यात्रुहरूले चीनमा अवतरण गर्दा कोरोना परीक्षण पोजेटिभ देखिएमा उडान दुई हप्ताको लागि स्वचालित रूपमा निलम्बित हुन्छ। यदि १० वा बढी यात्रुहरूमा पोजेटिभ देखिएमा निलम्बन अवधि बढ्छ।

चीनले आफ्नो सर्किट९ब्रेकर नियमहरूलाई महामारीको सीमापार फैलावटको जोखिम कम गर्न महत्त्वपूर्ण कदम भनेर बचाउ गरेको छ।खुला र निष्पक्ष उपायहरू चिनियाँ र विदेशी एयरलाइन्स दुवैमा समान रूपमा लागू हुन्छन्।

विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले अगस्टमा भनेका थिए। डिसेम्बर २४ देखि जनवरी १२ सम्म, चीनको लागि प्रस्थान गर्ने ९,३५६ अन्तरराष्ट्रिय उडानहरू मध्ये एक तिहाइ भन्दा बढी रद्द गरिएका छन्।

तेस्तै, चिनियाँ विदेश मन्त्रालयले पूर्वी लद्दाख क्षेत्रको गलवान उपत्यकामा भारतीय सेनासँग भएको झडपका क्रममा हराएका भनिएका कुनै पनि भारतीय सैनिक चिनियाँ सेनाको नियन्त्रणमा नरहेको बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले शुक्रबार चीन–भारत सीमाका बारेमा सोधिएको प्रश्नको जवाफमा भने, “चीनले कुनै पनि भारतीय सेनालाई नियन्त्रणमा लिएको छैन।

बिहीबार नै भारतीय विदेश मन्त्रालयले पनि गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा कुनै भारतीय सेना बेपत्ता नभएको स्पष्ट गरेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले,

साप्ताहिक ब्रिफिङका क्रममा गलवान उपत्यकामा भारतीय सैनिकहरु बेपत्ता नभएको बताएका छन्। साथै भारतीय सेनाले समेत सबै भारतीय सैनिक सम्पर्कमा रहेको स्पष्ट गरेको छ।

चिनियाँ र भारतीय सेनाबीच भएको भिडन्तमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो। लद्दाख क्षेत्रको सीमारेखालाई लिएर भएको द्विपक्षीय सम्झौतालाई दुबै पक्षले सम्मान गरेको अवस्थामा यस्तो दुर्घटना नहुने भारतीय पक्षको भनाई छ।

तर भारतीय समाचार एजेन्सी पिटिआईले सुरक्षा स्रोतलाई उल्लेख गर्दै २ मेजरसहित १० सैनिकलाई चीनले विहिबार नै रिहा गरेको उल्लेख गरेका थिए भने न्युयोर्क टाइम्सले समेत केहि भारतीय सैनिक चीनको नियन्त्रणमा रहेको समाचार प्रकाशित गरेका थिए।

प्रतिक्रिया