आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चीनमा उपचार गराईरहेका वर्षमान पुन बारे आयो यस्तो खबर

प्रकाशित
886
SHARES

काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन उपचारको सिलसिलामा यतिवेला चीनमा छन्। उनी यही माघ १० गते स्वदेश फर्कने भएका छन्।

पुनले स्वयम सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेर आफू पूर्ण स्वास्थ्यलाभ भई यही माघ १० गते नेपाल आउने जानकारी दिएका छन्। उनले लेखेका छन्-‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पुर्ण स्वास्थ्य लाभ गरि नेपाल फर्किदै छु।

कमलपित्त रोगबाट पीडित पुनले यसअघि बैंककमा उपचार गराएका थिए। त्यहाँबाट उनी थप उपचारको लागि चीनमा आएका थिए। चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन उपचाररत उनको स्वास्थ्य अवस्था सामान्य बनेको बताइएको छ।

तेस्तै,महाधिवेशनमा उपस्थित हुन नसकेका नेता वर्षमान पुनका लागि खुशीको खबर छ। बन्दसत्रको हलले उनको पक्षमा निर्णय गरेपछि उपचारका लागि चीनमा रहेका नेता पुन खुशीले गदगद भएका छन्।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भनिए पनि वर्षमान बाहिर भएको र अरु महासचिवका आकाँक्षी नेताहरु धेरै भएकाले अहिले केन्द्रीय कमिटिमात्र बन्ने भएको छ। महाधिवेशनअघि नै माओवादीले अध्यक्षसहित १५ जना पदाधिकारी हुने तय गरेको थियो।

जसमा एकजना वरिष्ठ उपाध्यक्षको पद थियो। वरिष्ठ उपाध्यक्ष पनि प्रचण्डपछिको वरीयतामा रहेका नारायणकाजी श्रेष्ठकै लागि सिर्जना गरिएको पद थियो। यसबाहेकका बाँकी पदाधिकारीको व्यवस्थापन पनि संख्याका हिसाबले त्यति कठिन थिएन।

किनभने, माओवादीमा अहिले स्थायी समितिमा कूल १६ जना नेता रहेकाले पदाधिकारीका बलिया दाबेदार उनीहरु नै थिए। संख्याका हिसाबले पनि यसलाई व्यवस्थापन गर्न सहज थिएन।

तर, यति हुँदाहुँदै पनि माओवादी महाधिवेशन अध्यक्ष र केन्द्रीय समितिबाहेक अन्य पदाधिकारी टुंगो नलगाएरै सम्पन्न हुने भएको हो ।अध्यक्ष प्रचण्डनिकट नेताहरुको भनाइलाई आधार मान्ने हो भने।

महाधिवेशनबाट पदाधिकारीको टुंगो लाग्ने छैन। त्यसको कारण हो, महासचिव पद। माओवादीमा अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिव बन्न जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसाल तीनै जना प्रबल दाबेदारीमा देखिएका छन्।

महासचिवमा दाबी गरिरहेका यी तीनबाहेक अरु नेतालाई पदाधिकारीका अन्य पदमा व्यवस्थापन गरे सजिलै दाबी छोड्ने देखिए पनि शर्मा, पुन र भुसाल दाबेदारीबाट पछि हट्ने सम्भावना अहिलेसम्म देखिएको छैन।

माओवादीको आठौं महाधिवेशन आगामी बिहीबार सम्पन्न हुने पूर्वनिर्धारित कार्यक्रम छ। तर, मंगलबार बन्दसत्रका सबै कार्यक्रम समूहगत छलफलमै केन्द्रित रहे। अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न २५ समूहमा भइरहेको छलफल बुधबार पनि जारी रहने माओवादीले जनएको छ।

अध्यक्ष प्रचण्डले बिहीबार समूहगत छलफलको रिर्पोटिङ सुनेर त्यसको जवाफ दिने तयारी छ। त्यसपछि मात्र केन्द्रीय समिति र पदाधिकारी चयनको प्रक्रिया सुरु हुनेछ। माओवादीले महाधिवेशनमा आएका प्रतिनिधिबाट सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुनेगरी २९९ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गर्ने तयारी गरेको छ।

अध्यक्ष प्रचण्डनिकट एक नेताका अनुसार महाधिवेशन हलबाट केन्द्रीय समिति मात्र चयन गर्ने तयारी छ। केन्द्रीय समिति चयन भएपछि लगत्तै केन्द्रीय समितिबाट अध्यक्ष र पदाधिकारी चयन गर्ने तयारी गरिएको छ।

महाधिवेशन प्रतिनिधिले केन्द्रीय समिति सर्वसम्मत चयन गरिसकेपछि केन्द्रीय समितिबाट सर्वसम्मत रुपमै अध्यक्ष चयन गर्ने प्रक्रिया अघि बढ्छ। त्यसपछि मात्र पदाधिकारी चयन प्रक्रियामा जाने हो। ती नेताले भने।

अध्यक्ष को हुने भनेर कुनै विवाद नभएकाले त्यहाँबाट सर्वसम्मत रुपमा प्रचण्ड चयन हुनुहुन्छ। त्यसपछि सर्वसम्मत पदाधिकारी चयन गर्ने अवस्था भएमा पदाधिकारीको टुंगो लाग्छ।

सर्वसम्मत हुन नसक्ने अवस्थामा अहिले पदाधिकारीको टुंगो लाग्दैन।पदाधिकारीको टुंगो सर्वसम्मत रुपमा लाग्न नसकेमा महाधिवेशन सकिएपछि केन्द्रीय समितिले मतदानबाटै भए पनि पदाधिकारी टुंगो लगाउने ती नेताले दाबी गरे।

तर, त्यो समय कति पछि हुन्छ भन्ने अहिले नै केही टुंगो छैन। कतिपय नेताहरुले भने महाधिवेशनबाट क्रान्तिकारी विचारसहितको क्रान्तिकारी पार्टी निर्माणमा लाग्ने भएकाले सकेसम्म सर्वसम्मत पदाधिकारी आउने पनि बताइरहेका छन्।

तर, महासचिव पदकै कारण त्यो सम्भावना निकै कम रहेको प्रचण्डनिकट नेताहरु बताउँछन्। महासचिवका सशक्त दाबेदार वर्षमान पुन चीनमा उपचाररत रहेकाले अहिल्यै पुनलाई छाडेर सर्वसम्मत वा निर्वाचन गर्ने पक्षमा प्रचण्डसमेत देखिएका छैनन्।

माओवादीमा अप्ठ्यारो परिस्थितिमा सधैँ आफूलाई साथ दिएका पुन यसै पनि प्रचण्डले रुचाएका नेता हुन्। त्यसमाथि पार्टीलाई बलियो बनाउन सबै प्रभावशाली नेतालाई चित्त बुझाएर लैजानुपर्ने बाध्यता उनलाई छ।

त्यहीकारण पुन चीनबाट स्वास्थ्यलाभ गरेर फर्केपछि मात्र पदाधिकारी चयन प्रक्रियामा जान सकिने प्रचण्डनिकट अर्का एक नेताले बताए। यो खबर सुनेपछि वर्षमान पुनलाई सहज महसुश गरेका छन्

प्रतिक्रिया