आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

देउवाले छाने नयाँ मन्त्रि, नाम सुन्दै व्यापारी थर्कमान

प्रकाशित
1.1K
SHARES

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन्। लामो समयदेखि रिक्त रहेको उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालय र रक्षा मन्त्रालयमा दुई जना मन्त्रीलाई नियुक्त गर्ने भएका हुन्।

एक दुई दिनभित्रै देशवासीको नाममा सम्बोधन गर्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लगत्तै दुई मन्त्री र निजी सचिवालय गठन गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत एक सदस्यले एक दुई दिनभित्रै राष्ट्रका नाममा सम्बोधन गर्ने र सचिवालयलाई पूर्णता दिन लागेको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री देउवाले खाली रहेका रक्षा र उद्योग मन्त्रालयमा दुई मन्त्री ल्याउने भएका छन्।

त्यसका लागि उनले पार्टीमा आन्तरिक छलफल अघि बढाएका छन्। रक्षामन्त्रीबाट डा. मिनेन्द्र रिजालले राजीनामा दिएपछि मन्त्रालय खाली छ। सो पदमा कसलाई ल्याउने भन्ने छलफल चलिरहेको छ।

स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँणलाई रक्षामन्त्री बनाउने र गृहमन्त्रीमा प्रकाशमान सिंहलाई ल्याउने चर्चा सुरु भएको छ। कांग्रेसको १४औं महाधिवेशनमा नेता सिंहले देउवालाई समर्थन गरेका थिए।

त्यसबेला नै राजनीतिक भागबन्डाको सहमति भएको कांग्रेस नेताहरू बताउँछन्। कांग्रेसमा आन्तरिक सन्तुलन मिलाइराख्न पनि सिंहलाई मन्त्री बनाउन लागेको बुझिएको छ।

यस्तै, प्रधानमन्त्री देउवाले खाली रहेको उद्योग मन्त्रालयमा उमेश श्रेष्ठलाई मन्त्री बनाउने चर्चा छ। अहिले श्रेष्ठ राज्यमन्त्री छन्। उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी राखिएको छ।

कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका श्रेष्ठलाई मन्त्री बनाउने देउवाले आश्वासन दिएको र त्यही कारण उद्योग मन्त्रीमा श्रेष्ठ आउने बालुवाटार स्रोतले बतायो ।

उमेशलाई उद्योग मन्त्री बनाउने भएपछि व्यापारीको सातो गएको छ । व्यवसायीक पृठभूमी भएका श्रेष्ठले व्यापारीका कमजोरीमा खेल्दै अफ्ठ्यारो पार्ने आँकलन गर्दै तर्सिएका छन्।

कतिपयले श्रेष्ठलाई मन्त्री नबनाउन लभिङ पनि थालेका छन्। श्रोतले दिएको जानकारी अनुसार विनोद चौधरीले देउवालाई भेटी उद्योगमन्त्री छान्दा ख्याल गर्न सम्झाएका छन्।

तेस्तै, प्रेम आलेले आइसोलेशनमा बस्दा पनि काम गर्न छोडेनन्, आजै लिए अर्को एक्सन: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले कोरानाको भाइरसको संक्रमण पछि आइसोलेशनमा छन्।

आइसोलेशनमा बसेपछि उनले आफ्नो काम गर्न छोडेका छैनन्। मन्त्री आलेले तत्कालिन नेकपा माओवादीले बन्द गराएको कञ्चनपुरको मझगाउँ विमानस्थल संचालनमा ल्याउने गरी आइसोलेशनबाटै काम थालेका छन्।

मन्त्री आलेले बजेटनै छुट्याएर विमानस्थल सञ्चालनका लागि कस्सिएका छन्। दुई दशकदेखि थन्किएको विमास्थलमा भने भौतिक संरचना निर्माणका लागि मन्त्री आलेले कञ्चनपुर पुगेर बुधबार शिलान्यास गरे।

शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द रहेको विमानस्थलको पुनःनिर्माण हुने भएको छ। मझगाउँ विमानस्थलमा १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्ड लगायत आवश्यक संरचना निर्माण हुने छन्।

नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका लागि २ करोड ५१ लख बजेट विनियोजन गरि ठेक्का सम्झौता समेत गरेको छ।निर्माणको जिम्मा कान्छाराम “केएस जेभी” निर्माण सेवाले पाएको छ।

विमानस्थलबाट पहिले सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको गोकुलेश्वर, अछाम, बाजुरालगायत स्थानमा उडान हुन्थ्यो। अनि सातामा एक पटक काठमाडौं पनि उडान हुन्थ्यो।

तेस्तै, प्रचण्ड, ओली, देउवाहरुको एउटै उदेश्य देश लुट्नेः ज्ञानेन्द्र शाही, भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीले नारायणहिटी दरवार संग्रहालयमा रेस्टुरेन्ट संचालन गर्ने योजनाको विरोध गरेका छन्।

उनले त्यसको वदलामा पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोट दरवारमा डिस्को सञ्चालन गर्न प्रश्ताव गरेका छन् ।

अभियान्ता शाहीले नारायणहिटी दरवार नेपालको इतिहाँस भएकाले त्यसमा रेस्टुरेन्ट खोल्ने कुरा गलत भएको वताए। नारायनारायणहिटी दरवारभित्र डिस्को खोल्ने।नेपालको इतिहाँस वोकेको, नेपाललाई एकिकरण गरेको दरवार हो।

उनले भनेका छन्-‘को-को राजा सही थिए–गलत थिए, त्यो आफनो पाटोको कुरा हो। तर त्यो नारायणहिटी दरवार नेपालको ऐतिहाँसिक धरोहर हो। नेपालको पहिचान हो, नेपालको परिचय हो। त्यो भित्र डिस्को खोलेर नाच्ने अरे।

‘दरवारलाई भट्टी वनाउन खोज्नेहरु, पुर्वपर्यटन मन्त्री, एमालेका युवा नेता योगेश भट्टराई र केपी ओलीहरु भन्ने गर्छनकी- नारायणहिटी दरबार कुनै समय दरवार थियो होला, अहिले घाँसे मैदान भईसक्यो।

त्यो घासे मैदानमा रेष्टुरेन्ट खोल्दा के आपत्ति भो ? जनता त जान पाउनु पर्यो, जनताले खान पाउनु पर्यो। भन्छन्। भन्ने जिज्ञासामा शाहीले ओलीको दरवारमा डिस्को खोल्ने प्रश्ताव गरे।

ठिकै छ त, त्यसो भए केपी शर्मा ओलाीको बालकोट दरवार पनि भुत दरवार वनेको छ, अहिले। यता पटीको घरमात्र काम लाग्छ, उतापटीको घरमा डिस्को डान्सवार खोलौं। सक्छन् ?

उनले भने-‘योगेश भट्टराईजीको घरको माथिल्लो तलामा डिस्को खोल भनौ। त्यो त ब्यक्तिगत प्रोपर्टी भयो नी तरु’ भन्ने जिज्ञासामा शाहीले भनेका छन्। त्यो पनि नेपाल सरकारको प्रोपर्टी हो, नेपाली जनताको आस्थाको धरोहर हो।

अनि यस्तो भन्नलाई लाज लाग्दैन ? यदि वाउ वुढो भयो भन्दैमा त्यो वाउलाई लगेर खोलाको किनारमा लगेर फाल्दिने यद्यपी अहिलेका नेताहरुको शिक्षा नै बाउ वुढो भयो भने।

खोलामा लगेर छोड्ने खालको भएकाले ओली र भट्टराई मात्र नभई सवै नेता उस्तै भएको दावी गरे। हुन त यिनीहरुले सिकेकै त्यही हो। यिनीहरुको सिकाई नै त्यही हो। आज केपी ओली र योगेश भट्टराई मात्र होईन।

यिनीहरु सप्पै एउटै हुन। उनले थपे – प्रचण्ड, केपी ओली, शेरबहादुर देउवाजी, यिनीहरु सप्पै एउटै हुन। यिनीहरु सप्पै मिलेर एउटै पार्टी वनाए हुन्छ। पार्टी अलग अलग वनाउनु पर्ने पनि केही कारण छैन। किन भने जो आएपनि लुट्ने नै हो।

प्रतिक्रिया