आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अख्तीयारमा धमीरा लागेको ठूला भ्रष्टाचारको फाइल खोल्ने तयारी

प्रकाशित
800
SHARES

काठमाडौ। नेपाली काग्रेसका उपसभापती धनराज गुरुङले अख्तीयारमा धमीरा लागेर बसेको ठूला भ्रष्टाचारको फाइल अब खोलिनु पर्ने बताएका छन्। नेपाली काग्रेसले सरकारको नेतृत्व गरेकै बेलामा,

अहिले सम्म खुल्ने आँट नगरेर थन्काइएर राखिएको भ्रष्टाचारको फाइल तत्काल खोल्नु पर्ने गुरुङले बताएका छन्। ठूला भ्रष्टाचारको फाइल खोलेर भ्रष्टहरुलाई जे ल हालेर मात्रै चुनावमा जानु पर्ने उनले बताएका छन्।

वाइडबडी , यति देखि ओम्नी सम्म र बालुवाटार जग्गा प्रकराण सम्मका भ्रष्टहरुलाई कारबाही गरेर काग्रेस चुनावमा जानु पर्छ अनी मात्रै नेपाली काग्रेसले बहुमत ल्याउँछ। गुरुङले भनेका छन्।

भ्रष्टाचारका कारण जनता वाक्क भएको भन्दै उनले नेपाली काग्रेस नेतृत्वको अहिलेको सरकारले त्यो आँट गर्नु पर्ने बताएका छन् । उपसभापती गुरुङले माओवादी र नेकपा एस या अन्य कुनै पनि दल सँग भने काग्रेसले कुनै पनि हालतमा गठबन्धन गर्न नहुने बताएका छन्।

कम्युनिष्ट सँग काग्रेसको कुनै पनि विचार र सिद्धान्त नमिल्ने भन्दै उनले वैचारिक जग बिनाको गठबन्धन औचित्यपुर्ण नहुने जिकिर पनि गरेका छन् । गठबन्धन नगरिकन निर्वाचनमा जाँदा त काग्रेस पराजित हुन सक्छ।

भनि सोधेको  प्रश्नमा गुरुङले ठूला भ्रष्टाचारको फाइल खोलेर भटाभट कारबाही गरेर चुनावमा जाऔ जनताले त्यसै बहुमत दिइहाल्छन् नी गठबन्धन गर्नै पर्दैन।भनेका छन्।

चुनाव जित्नैका लागी गठबन्धन गर्ने हो भने फरक फरक पार्टी भएर किन हिड्नु पर्यो त ?भन्ने प्रश्न पनि उनले गरेका छन्। फरक प्रसंगमा काग्रेस उपसभापती गुरुङले विवादित अमेरिकी परियोजना एमसीसीलाई गलगाँडको संज्ञा दिएका छन्।

एमसीसी गलगाँड जस्तै भएको भन्दै उनले भनेका छन् ‘हेर्नुस, एमसीसी गलगाँड जस्तो भैसक्यो। अप्रेसन गरेर फाल्नपनि नसकिने, देख्दापनि सार्ह्रै नराम्रो देखिने भइराछ। त्यसैले राख्ने कि फाल्ने भन्ने निर्णय सर्वदलीय सहमतिबाट गर्नुपर्छ।

गुरुङले एमसीसीलाई ख्यालख्याल गरिनु नहुने बताएका छन्। यो भूराजनितीक विषय भएको भन्दै यसको गाम्भीर्यतालाई दृष्टीगत गर्दै सर्वदलीय सहमती बाट मात्रै सहमती खोजिनु पर्ने बताएका छन्।

उनले भनेका छन् एमसीसी भनेको गम्भीर विषय हो। यसलाई धेरै हलुका ढंगले लिनुहुँदैन। यसमा धनराज गुरुङको धारणा वा प्रधानमन्त्रीको धारणा वा प्रतिपक्षी नेताको धारणा भनेर हुँदैन।

व्यक्तिको धारणाले यसमा केही अर्थ राख्दैन। यो भूराजनीतिसँग जोडिएको विषय हो। सत्तामा बस्दा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने विषय पनि होइन।

तेस्तै, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन्। नेता पोखरेलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत देउवालाई एक्सन चाल्न आग्रहसमेत गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तर्फ लक्षित गर्दै केही बोल्न नसकेको आरोप लगाएका छन्। गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले विगतमा घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन्।

विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्राधार हूँ भन्ने केही बोल्छन्-बोल्दैनन्, गर्छन् गर्दैनन् ? प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् ? एमाले पोखरेलले प्रश्न गरेका छन्।

२०६३ चैतमा रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले राइस मिलमा एकैपटक कार्यक्रम गर्दा भएको झडपमा २८ जना मारिएका थिए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले बुधबार रौतहटमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई फेरि गौर नरसंहार दोहोर्‍याउने र त्यसमा राउत मारिने अभिव्यक्ति दिएकी थिइन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ