आज : गते

ताजा शिर्षकहरु

प्रहरी नै मोबाइल चोर, चोरीको फुटेज सीसी क्यामेरामा रेकर्ड

प्रकाशित
616
SHARES

धनगढी। कैलालीमा लागुऔषध कारोबारी समात्न गएको प्रहरीले मोबाइल चोरी गरेको भिडियो सीसी क्यामेरामा रेकर्ड भएको छ। धनगढी उपमहानगरपालिका– २ ट्राफिक चौकस्थित ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले मोबाइल चोरीको फुटेज सीसी क्यामेरामा रेकर्ड भएको हो।

सो मोबाइल ग्यालरीमा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा बुधबार प्रहरी टोली मोबाइल ग्यालरीमा गएर चेकजाँच गरेको थियो।

प्रहरीले त्यहाँबाट एक ग्राम ५५० मिलिग्राम ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका–२ का मोबाइल पसल सञ्चालक दोर्णबहादुर रावल, २९ वर्षीय टेक बिष्ट र वडा ४ का ३० वर्षीय मनीष भण्डारीलाई पक्राउ गरेको थियो ।

तर, मोबाइल ग्यालरीमा खानतलासी गर्ने क्रममा प्रहरीले मोबाइल पनि चोरेको भिडियो सीसी क्यामेरा फुटेजमा देखिएको। पसलमा मोबाइलको खाली डब्बा देखेपछि सीसी क्यामेराको फुटेज चेक गर्दा प्रहरीले मोबाइल चोर्दैगरेको दृश्य देखिएको पसल सञ्चालकका आफन्त सुवास रावलले बताउनुभयो।

खानतलासीको नाममा प्रहरीले दुई वटा मोबाइल चोरी गरेको भन्दै उहाँले घटनामा संलग्न प्रहरीमाथि कारबाहीको माग गर्दै आफूले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको बताउनुभयो।

भिडियोसहित निवेदन परेपछि सोबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। याे समाचार अबिनाश चौधरीले गाेरखापत्र अनलाइनमा लेखेका हुन्र।

तेस्तै, मिडिया कर्मचारी युनियन नेपाल यूएनआईएमईले पत्रकार एलबी विश्वकर्माको निधन उनी कार्यरत सञ्चार गृह टिभी टुडेको बेवास्ता र लापरबाहीले भएको बताएको छ।

यूएनआईएमईका अध्यक्ष गोविन्द धितालले शुक्रबार विज्ञप्ति जारी गरेर पत्रकार विश्वकर्माको निधनमा उनी कार्यरत सञ्चार गृहको बेवास्ता र लापरबाही स्पष्ट भएको बताएका हुन्।

अस्पतालले पीसीआर गर्नका लागि एक हजार रुपैया मागेको तर पैसा नभएकाले पीसीआर नगरी घरमा फर्किएको र राति स्वास्थ्य अवस्था थप जटिल भएपछि पाटल अस्पताल लागिएकोमा,

त्यही उहाँको निधन भएको घटनाले उहाँको निधनमा अस्पताल र उहाँ कार्यरत सञ्चारगृहको बेवास्ता तथा लापरबाही स्पष्ट हुन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति: श्रमजीवी पत्रकार एलवी विश्वकर्माको अस्वभाविक र असामयीक निधनको खवरले हामीलाई अत्यन्त मर्माहित बनाएको छ। निरन्तर काममा क्रियाशिल पत्रकारले पर्याप्त उपचारको अभावमा जीवन गुमाउने अवस्था आउनु आफैँमा लज्जाजनक र दुःखद् घटना हो।

अछाम घर भइ हाल काठमाडौमा रहेर टिभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको बिहीवार विहान निधन भएको हो। बिरामी भएपछि सिभिल अस्पतालमा गएको, अस्पतालले पीसीआर गर्नका लागि एक हजार रुपैया मागेको तर,

पैसा नभएकाले पीसीआर नगरी घरमा फर्किएको र राती स्वास्थ्य अवस्था थप जटिल भएपछि पाटल अस्पताल लागिएकोमा त्यही उहाँको निधन भएको घटनाले उहाँको निधनमा अस्पताल र उहाँ कार्यरत संचारगृहको बेवास्ता तथा लापरबाही स्पष्ट हुन्छ।

त्यसैले उहाँको निधनका बारेमा विभिन्न कोणबाट प्रश्नहरु उठेका छन। यो तत्काल निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र आगामी दिनमा यस्ता दुखद घटना नदोहोरिने सुनिश्चितता गर्न सरोकारवाला सवैसँग युनिमी नेपाल जोडदार माग गर्दछ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ