आज : गते

ताजा शिर्षकहरु

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रकाशित
722
SHARES

काठमाडौँ । देशभर कोरोना संक्रमण ह्वात्तै बढेको छ । बिहिबार मात्रै १२ हजार बढीमा संक्रमण पुष्टि भएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् ।

सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बुझिएको छ ।

गत २९ असारमा देउवा प्रधानमन्त्री भएका थिए । सर्वोच्च अदालतको परमादेशको बलमा उनी प्रधानमन्त्री चयन भएका हुन् । उनी प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो ।

सम्बोधनपछि देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलएका छन् । स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला गर्ने भन्ने प्रस्तावबारे छलफल गर्न गठबन्धनको बैठक अपराह्न ४ बजे बस्न लागेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समसामायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना संक्रमित भए पछि लामोसमय देखी गठबन्धनको बैठक बस्न सकेको थिएन । दुवै नेता संक्रमणमुक्त भएपछि बिहिवार प्रधानमन्त्री शेरबहादुर देउवासहित बार्ता भएको थियो ।

प्रतिक्रिया