आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विवाह गर्दै रेखा थापा, को हुन् दुलहा ?

प्रकाशित
1.3K
SHARES

काठमाडौ। अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिने भएकी छन्। उनी वर्ष २०७९ मा विवाह बन्धनमा बाँधिने तयारीमा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

पारिपारिक श्रोतले विवाह गर्ने बताएपछि उनको हुनेवाला श्रीमानका बारेमा चर्चा हुन थालेको छ। विवाह गर्दिन भनेपछि किन गर्नु हुन्न भन्दै कारण सोध्नुहुन्छ, त्यसैले त्यो प्रश्न टार्नका लागि मैले २०७९ मा विवाह गर्छु भनेको छु।

हुन त प्रत्येक वर्ष म अर्को वर्ष विवाह गर्छु भनिरहेकै हुन्छु, रेखा भन्छिन्। अभिनेत्री थापाले विवाहको खबर हल्ला मात्रै भएको बताउन खोजे पनि उनले आगामी वर्ष हुने भनिएको उनको विवाहको कुरालाई भने नकारिनन् ।

फेरि मैले विवाह गर्दिन भनिहाले भने अरु हाम्रो बहिनीहरुमा पनि विवाह नगर्दा पनि हुन्छ भन्ने सन्देश जाला भनेर पनि विवाह गर्छु भनेको हो, उनले ठट्यौली स्वभावमा जवाफ दिइन्।

उनी आफ्नो विवाहबारे खुलेर कुरा गर्न नचाहे पनि पारिवारिक स्रोतका अनुसार उनको विवाह हुने निश्चित भइसकेको छ। उनी आउँदो वैशाखमा विवाह गर्ने तयारीमा छन्। मिति भने फाइनल हुन अझै बाँकी छ।

तपाईंको विवाह वैशाखमा हुने हो भन्ने जिज्ञासामा उनले भनिन्, फिक्स भइसकेको छैन। यो न्युज पनि लेख्नुपर्छ र? उनले दुलहाका बारेमा भने केही बताउन चाहिनन्।

तेस्तै, ब्राजिलकी एक मोडलले कोही पनि पुरुष मन नपरेको भन्दै आफैंसँग विवाह गरेकी थिइन्। अहिले भने उनको जीवनमा नयाँ ट्वीस्ट आएको छ। ब्राजिलियन मोडल क्रिस गलेराले अहिले आएर आफैंसँग पारपाचुके गरेकी छन्।

गत सेप्टेम्बरमा ३३ वर्षीया मोडल क्रिसले आफैंसँग विवाह गरेकी थिइन्। ‘म पुरुषहरूसँग भरोसा गर्दागर्दै थाकिसकेकी थिएँ। आफ्ना लागि योग्य पुरुष पनि धेरै खोजें’ उनले भनेकी थिएन्।

तर, भनेजस्तो पुरुष पाउन सकिनँ। त्यही कारण आफैंसँग विवाह गर्ने निर्णय गरेकी थिएँ। उनले विवाहपछि निकै खुसी रहेको र आफूलाई एक्लो महसुस नभएको बताएकी थिइन्। ‘विवाहपछि म निकै खुसी थिएँ।

मलाई कुनै चिजको पनि कमी महसुस भएन। मेरो कोही जीवन साथी भएन भनेर चिन्ता पनि लागेन’ उनले भनेकी थिइन्। तर, अहिले भने उनले पारपाचुके गरेकी छन्।

अरबका एक शेखले उनीसँग विवाह गर्न चाहेको खुलासा गरेकी छिन्। गलेराले पारपाचुके गर्नुको पछाडिको कारण हो, उनको जीवनमा पुरुषको प्रवेश। आफ्नो एक अन्तर्वार्तामा उनले,

अरबका एक शेखले उनीसँग विवाह गर्न चाहेको खुलासा गरेकी छन्। पहिले ‘विवाहका लागि राम्रो पुरुष पाइनँ’ भन्ने गलेराले अहिले भने आफूलाई मन परेको पुरुष पाएकी छन्।

यसका लागि शेखले ५ लाख डलरको अफर दिएको पनि खुलासा भएको छ। मैले ९० दिनसम्म आफैंसँग रोमान्स गरें। आफूलाई खुसी राखेँ। तर, अब मेरो जीवनमा पुरुषको प्रवेश भएको छ।

उनले भनिन्, अब उनीसँगै सम्बन्ध गाँस्ने र जीवनभर पत्नीको भूमिका निभाउने मन छ। ती विशेष मान्छे आएदेखि नै मैले माया र प्रेमको महत्व बुझ्ने मौका पाएकी छु। गत सेप्टेम्बरमा गलेराले एक क्याथोलिक चर्चमा विवाह गरेकी थिइन्।

विवाह गरेपछि चर्च अघि बसेर फोटोसमेत खिचाएकी थिइन्। सेतो पहिरनमा सजिएकी उनले हातमा फूलको बुके लिएर उन्मुक्त हाँसो हाँसेकी थिइन्।सामाजिक सञ्जालमा उनको तस्बिरको धेरैले प्रसंशा गरेका थिए

भने केहीले मज्जाक पनि उडाएका थिए। उनले ती कुराको आफूलाई कुनै परवाह नभएको भन्दै आम मानिस र आफ्नो सोच फरक भएकाले नै आफैंसँग विवाह गरेको बताएकी थिइन्।

प्रतिक्रिया