आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रकाशमान सिंह उपप्रधानसहित गृहमन्त्री ?

प्रकाशित
3.8K
SHARES

काठमाडौ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई उपप्रधानसहित गृहमन्त्री बनाउने तयारी भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस्तो तयारी गरेका हुन्।

पार्टीको महाधिवेशनमा गरेको प्रतिबद्धताअनुसार प्रकाशमान सिंहलाई उपप्रधानसहित गृहमन्त्री बनाउने तयारी गरेको स्रोतले जनाएको छ। रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको अवस्थामा देउवाले मन्त्रिपरिषद हेरफेर तथा पूर्णता गर्न छलफल सुरु गरेका हुन्।

मंसिर अन्तिम साता भएको पार्टीको महाधिवेशनमा सभापतिका प्रत्यासी देउवालाई नेता सिंहले दोस्रो चरणमा सहयोग गरेर निर्वाचित गराउन सहयोग गराएका थिए। सभापतिमा निर्वाचित हुनका लागि देउवालाई ८२ मतको कमी भएपछि पुनः मतदान हुने भएको छ।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका गरे पनि खसेको मतको ५० प्रतिशत कटाउनुपर्ने विधानको अनुसार दोस्रो चरणको चुनाव भएको थियो। पहिलो चरणमा ३७१ मत पाएका सिंहले देउवालाई सहयोग गरेका थिए।

त्यस बापत उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिनेबारे शनिबार छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो। यसअघि नै उपप्रधानमन्त्री भएका सिंहलाई गृह मन्त्रालयको,

जिम्मेवारी दिएर बालकृष्ण खाँडलाई रक्षामन्त्री बनाउने तयारी देउवाले गरेका हुन्। पार्टीको महाहमन्त्रीमा पराजित भएपछि मिनेन्द्र रिजालले राजीनामा दिँदा रक्षा मन्त्रालय खाली छ।

त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सिफारिसमा उद्योग मन्त्री बनेका गजेन्द्र हमालले लगत्तै राजीनामा दिएपछि उक्त मन्त्रालय पनि खाली छ।उक्त मन्त्रालयमा माओवादी र एकीकृत समाजवादीले समेत दाबी गरेका छन्।

तर देउवा उद्योग मन्त्रालयको जिम्मेवारी आफ्नै पार्टीका सांसदलाई दिने तयारीमा रहेको बालुवाटार स्रोतको दाबी छ। त्यस्तै देउवा आफ्नो सचिवालयलाई पनि पूर्णता दिने गरी गृहकार्य अघि बढाएका छन्।

प्रकाशशरण महतलाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने लगभग निश्चित भएको छ। त्यस्तै प्रेम विज्ञका रुपमा गेजा शर्मा वाग्लेलाई ल्याएर गोविन्द परियारलाई संयोजक बनाउने तयारी देउवाले गरेको स्रोतले जनाएको छ।

तेस्तै, बतास समूहलाई अर्को झड्का, पशुपतिबाट पनि धपाउने पर्यटनमन्त्री आलेको तयारी: पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ।

सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको बतास समूहसँगको सम्झौताबारे अध्ययन गर्न बनेको समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा सम्झौता खारेज गर्न सुझाइएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले सम्झौता गैरकानुनी भएको समेत दाबी गरेको छ। पछिल्लो समय विवादमा आएको बतास समूहले ठेक्का सम्झौतामै मिलेमतो गरेर नारायणहिटी दरबार संग्रहालय परिसरमा डान्सबार सहितको रेस्टुरेन्ट खोल्न लागेको यसअघिको प्रतिवेदनले देखाइसकेको छ।

त्यस्तै, पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारको ४० करोड लगानीमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा ‘होटल आनन्द’ सञ्चालन गर्न दिँदासमेत ठेक्का सम्झौतामै मिलेमतो गरेको प्रतिवेदनले देखाएको छ।

नारायणहिटीमा जस्तै धर्मशाला सम्झौतामा समेत बताससँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का दिएको पाइएको प्रतिवेदनमा उल्लेख छ। सम्झौताको मापदण्ड नै बतासलाई नै दिने गरी कायम गरेपछि मिलेमतो भएको हुन सक्ने जनाइएको छ।

धर्मशालामा पनि नारायणहिटीमा जस्तै भाडामा लिन चार कम्पनीले प्रस्ताव परेका गरेका थिए। जसमध्ये तीन कम्पनी अस्वीकृत गरिए। यहाँ पनि टेन्डर आह्वान गर्दा बतास समूहलाई नै दिनुपर्ने,

गरी बतासका बाहेक जुन कम्पनी आए पनि प्राविधिक प्रस्तावमा फेल गराउने गरी टेन्डर डकुमेन्ट तयार भएको देखिएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ।

प्रतिक्रिया