आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उत्तर कोरियाले झन् झन् गर्न थालेपछि अमेरिकाले चलायो डण्डा

प्रकाशित
492
SHARES

एजेन्स। अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ। उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो।

उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाईल परीक्षण गरेको छ। उसले परीक्षण गरेका मिसाईल आवाजभन्दा पाँच गुणा चाँडो प्रहार हुने विज्ञहरुले बताउँदै आएका छन्।

गत वर्षको सेप्टेम्बरदेखि अहिलेसम्म उत्तर कोरियाले ६ ओटा व्यालेस्टिक मिसाइल प्रहार गरेको छ। उत्तरले राष्ट्रसंघको संकल्प प्रस्ताव विपरित वारम्बार आणविक हतियार परीक्षण गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउदै आएको छ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तरले आणविक परीक्षण गरेको भन्दै अमेरिकाले उसका कदमको विरोध गरेको छ। अमेरिकाले पछिल्लो पटक प्रतिबन्ध लगाएका व्यक्तिहरुमध्ये एक जना रसियामा रहेर उत्तर कोरियाका लागि आणविक हतियार ओसार पसार गर्ने कोरियाली रहेको अमेरिकाले दाबी गरेको छ।

त्यस्तै, चार जना भने चीनमा रहेर उत्तरको आणविक गतिविधिलाई सहयोग गर्ने उत्तर कोरियाली रहेको जनाइएको छ। तेस्तै,अमेरिकाका युवा सैनिकहरूले दुई हप्ताको गुरिल्ला वारफेयर अभ्यास गर्ने भएका छन्।

उक्त अभ्यासमा उनीहरूले अवैध सरकारलाई हटाउने प्रयासका लागि अभ्यास गर्नेछन्। अमेरिकी संसदमा गरिएको आक्रमणको एक वर्ष पुगेको केही दिनमा नै यस प्रशिक्षण अभ्यासको खबर आएको हो।

यसैबीच अमेरिकाको जस्टिस डिपार्टमेन्टले नयाँ घरेलु आतंकवाद इकाइ बनाउने घोषणा गरेको छ। घरेलु हिंस्रक अतिवादीहरूबाट जोखिम बढेकाले यसको गठन गरिएको बताइएको छ।

यी सबै घटनाक्रमबाट बाइडन प्रशासनले अमेरिकामा हुने ठूलै विद्रोहको सामना गर्नका लागि तयारी गरिरहेको केही मानिसले बताएका छन् ।बाइडनको सैन्य अभ्यासले अमेरिकाका स्वतन्त्रता सेनानीहरूविरुद्ध गुरिल्ला युद्ध लड्नेछ।

र उनीहरूलाई मार्नेछ, एक ट्विटर प्रयोगकर्ताले लेखे। अर्का प्रयोगकर्ताले अमेरिकीहरूलाई मार्नका लागि सरकारले सेनालाई तालिम दिइरहेको त हैन भनी प्रश्न गरे। तर यस्तो गुरिल्ला प्रशिक्षण अभ्यास सन् १९७० को दशकदेखि लगातार हुने गरेको छ।

यसलाई रोबिन सेज नाम दिइएको छ। रोबिन सेज तालिममा युवा सैनिकहरू अनुभवी सैनिकहरूसँग लड्नेछन्। एकथरी गुरिल्ला स्वतन्त्रता सेनानी बन्नेछन् भने अर्काथरी त्यसको विरोधी बल बन्नेछन्।

देशमा सशस्त्र विद्रोहलाई रोक्नका लागि सैनिकहरूलाई तयार पार्न लागिएको कतिपयले आशंका गरेका छन्। अन्य कतिपयले अमेरिकी सैनिकहरूलाई आफ्नै जनताविरुद्ध लड्न तालिम दिइएको बताएका छन्।

यो अभ्यास जनवरी २२ देखि अज्ञात स्थानमा गरिनेछ। यसमा सैनिकहरूलाई राजनीतिक रूपमा अस्थिर काल्पनिक मुलुक पाइनल्यान्डमा राखिनेछ। सैनिकहरूले खोजी, छापामारी, एम्बुश र अन्य विभिन्न कारवाही गर्नेछन्। एजेन्सीको सहयोगमा।

प्रतिक्रिया