आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अभिषेकलाई ज्वाइँ बनाउन चाहन्थिइन् हेमा मालिनी, तर…

प्रकाशित
393
SHARES

काठमाडौं। बलिउड अभिनेत्री हेमा मालिनीले फिल्म उद्योगमा निकै लामो समय राज गरिन्। उनको सुन्दरताकै कारण जोकोही उनलाई ‘ड्रिम गर्ल’ मान्दछन्। अभिनेत्री धर्मेन्द्रसँग विवाह गरेकी हेमाका दुई छोरीमध्ये इशा देवल कुनै समय बलिउडमा सक्रिय थिइन्।

हेमा इशाले आफूले रोजेको केटासँग विवाह गरुन् भन्ने चाहन्थिन्। उनी अमिताभ बच्चनका छोरा अभिषेकलाई ज्वाइँ बनाउन चाहन्थिन्। हेमा र अमिताभले कैयौं फिल्ममा सहकार्य गरेका छन्।

अमिताभ हेमाका राम्रो साथी पनि हुन्। त्यहीकारण हेमा आफ्नो साथीत्वलाई पारिवारिक सम्बन्धमा रूपान्तरण गर्न चाहिन्थइन्। हेमा अभिषेकलाई नजिकबाट चिन्थिन्।

किनकि अभिषेक संस्कारी र सबैलाई सम्मान गर्ने स्वभावका थिए। जुन कुराबाट हेमा प्रभावित थिइन्। तर, हेमाले सोचे जस्तो भइदिएन। इशा अभिषेकसँग विवाह गर्ने मामिलामा सहमत थिइनन्।

त्यहीकारण पनि उनले विवाहलाई अस्वीकार गरिन्। किनकि इशा अभिषेकलाई एक भाइको पमा हेर्थिन्। यहीकारण उनले अभिषेकसँग विवाहको कुरा अस्वीकार गरिन्।

इशाले बाल्यकालका साथीसँग विवाह गरिन्। उनका पति व्यापारी हुन्। यता अभिषेकले पूर्व मिस वर्ल्ड तथा अभिनेत्री ऐश्वर्या रायसँग विवाह गरे। तेस्तै, बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोराको ब्रेकअप भएको छ।

यी दुईले आ–आफ्नो बाटो अलग गरेको रिपोर्टमा जनाइएको छ। सूत्रका अनुसार विगत ६ दिनदेखि मलाइका घरबाट बाहिर निस्किएकी छैनन्। उनी पूर्ण रुपमा आइसोलेसनमा गएकी छिन्।

उनी निकै दुःखी भएको र केही समयका लागि बाहिरी दुनियाबाट टाढा रहन चाहेको बताइएको सूत्रको हवाला दिँदै बलिउड लाइफले जनाएको छ। अर्जुन कपूर पनि विगत केही दिनदेखि मलाइकालाई भेट्न गएका छैनन्।

तीन दिन पहिले अर्जुन आफ्नी बहिनी रिया कपूरको घर गएका थिए। त्यहाँ डिनरको कार्यक्रम थियो। मलाइकाको घरको नजिकै रिया बस्छिन् तर त्यति नजिक जाँदा पनि अर्जुन मलाइकालाई भेट्न गएनन्।

मलाइका पनि पहिले यस किसिमका पारिवारिक डिनरमा अर्जुनको साथमै जान्थिन् तर यसपटक उनी पनि गइनन्। यसअघि अर्जुन जहिले पनि मलाइकाको घरको आसपास हुँदा मलाइकालाई भेट्न जान्थे।

तर, त्यस दिन अर्जुन पनि गएनन्। अर्जुन रिया कपूरको घरबाट सिधै आफ्नो घर आए। अर्जुन र मलाइकालाई प्रायः कफी वा डिनर डेटमा भेटिन्थ्यो तर लामो समयदेखि उनीहरु यसरी साथमा देखिएका छैनन्।

तेस्तै, भारतले वेस्ट इण्डिज विरूद्धको टेस्ट सिरिजमा जित निकालेको छ। जमैकाको सबीना पार्कमा खेलिएको दोश्रो टेस्टमा इण्डिजलाई २५७ रन अन्तरले हराउँदै उसले सिरिजमाथि कब्जा जमाएको हो।

यस जितमा भारतले हनुमा विहारीले नटआउट १११, कप्तान विराट कोहलीले ७६ तथा इशांत शर्माले ५७ रनको योगदानमा ४१६ रन बनाएको थियो।त्यसपछि जसप्रीत बुमराहको घातक बलिङमा वेस्ट इण्डिज पहिलो पारीमा नै ११७ रनमा समेटियो।

२९९ को बढोत्तरी हासिल गरेको भारतले त्यसपछि वेस्ट इण्डिजलाई फलोअन गर्न दिएन र पुनः ब्याटिङ गर्ने फैसला गर्दै ४ विकेटको नोक्सानीमा १६८ रन बनाउँदै पारी समाप्तीको घोषणा गर्‍यो र वेस्ट इण्डिजलाई ४६८ रनको लक्ष्य दियो।

सो लक्ष्यको पछ्याउन आएको इण्डिज २१० रनमा अलआउट भयो। फलस्वरूप दुई टेस्टको सिरिजमा भारतले २–० ले कब्जा जमायो। उक्त जितसँगै भारतीय कप्तान विराट कोहली टेस्ट क्रिकेटका सबैभन्दा सफल भारतीय कप्तान बनेका छन्।

उनको कप्तानीमा हालसम्म कुल ४८ टेस्ट खेलिसकेको भारतले २८ टेस्ट म्याच जितेको छ। वेस्ट इण्डिजविरूद्धको अन्तिम टेस्ट जितेसँगै उनले सर्वाधिक टेस्ट जित्ने मामिलामा आफ्ना पूर्व कप्तान महेन्द्र सिंह धोनीसहितका पूर्वकप्तानलाई पछि पारेका हुन्।

कप्तानीमा भारतले २७ पटक टेस्ट जितेको छ। यस्तै धोनी अघि यो उपलब्धी सौरभ गाँगुलीको नाममा थियो। उनको नेतृत्वमा ४९ टेस्ट खेलेको भारतले २१ टेस्टमा जित हासिल गरेको छ।

भारतको वेस्ट इण्डिज विरूद्ध टेस्ट सिरिजमा लगातार आठौं जित हो। दोश्रो टेस्टमा जितेसँगै भारतले आईसिसी वर्ल्ड टेस्ट च्याम्पियनसिपमा ६० अंक जोडेको छ।

१२० अंक जोडिसकेको भारत यस च्याम्पियनसिपको पहिलो नम्बरमा पुगेको छ। यसअघि श्रीलंका र न्युजिल्याण्ड संयूक्तरूपमा पहिलो स्थानमा थिए।

प्रतिक्रिया