आज : गते

ताजा शिर्षकहरु

मन्त्रीहरूका सय दिनः कामभन्दा कुरा ठुला

प्रकाशित
409
SHARES

काठमाडौं। मन्त्रीहरूको कामको मूल्यांकनका लागि १०० दिनको अवधि पर्याप्त नै हुन्छ। तै पनि नेपालमा वर्षौँ मन्त्री हुनेहरुले पनि राम्रै काम गरेको सम्झना खासै कसैलाई छैन।

मन्त्री हुँदा चिल्ला गाडी चढ्ने आफ्नाहरुलाई विभिन्न ठाउँमा अवसर दिने र धेरैजसो विवादित भएर निस्किने गरेको इतिहास छ। यसपटक भने केही मन्त्रीहरु आफ्नो कार्यकालको १ सय दिनलाई उपलब्धि घोषणा दिवसका रुपमा मनाउन थालेका छन्।

राज्यसंयन्त्रमा सुधार गर्नुपर्ने जिम्मेवारीमा रहेकाहरू कति छिट्टै थाक्छन् भन्ने कुराको उदाहरण हुन् शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरू। ३ राज्यमन्त्रीसहित १९ मन्त्री सरकारमा सहभागी छन्।

कोरोना महामारीबाट अस्तव्यस्त भएको जनताको दैनिकीमा परिवर्तन ल्याउनेगरी काम गर्ने मौका देउवा सरकारका मन्त्रीहरूमा छ।सरकारमा नपुग्दासम्म आरोप र आलोचनाको घेराबाट बाहिर ननिस्किएका,

सत्ता गठबन्धनकै नेताहरू अहिले आफैं आलोचनाको पात्र बनिरहेका छन्। मन्त्रीहरूले देखिने गरी काम गर्न सकेका छैनन्। केही मन्त्री भाइरल बन्न विभिन्न फण्डा गरिरहेका छन्, भने कतिपय मन्त्री कुन दुलोमा छिरेका छन् अत्तोपत्तो छैन।

काम कुरो एकातिर कुम्लो बोकी पत्रकार सम्मेलनतिर भनेझैँ केहीले पत्रकार बोलाएर १०० दिने उपलब्धि भन्दै नियमित कामको फेहरिस्त सुनाउन भ्याए भने केहीले १०० दिनको काम भन्दै विज्ञप्तिबाजी गरे।

मन्त्री झाँक्रीले मन्त्रालयले परिणाम निस्किने गरी काम गरिरहेको दाबी गर्दै शहरी विकास ऐनको ड्राफ्ट पनि अन्तिम अवस्थामा पुगेको बताउनुभयो। देखिने गरी काम गर्न नसकेकी झाँक्रीले त्यसको दोष चाँहि समन्वयलगायतका अमूर्त कुरालाई दिनुभयो।

त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले पनि सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गर्नुभयो। उहाँले सय दिनको अवधिमा श्रम क्षेत्रका समस्याको समाधान गर्न,

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधार मार्फत यो क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार गरिएको दाबी गर्नुभो।

तर, मन्त्रीहरूको दाबी कागजमा मात्रै सीमित हुन्छ भन्ने उदाहरण त स्वयं मन्त्रीहरू नै हुन्। गठबन्धन सरकारका प्रधानमन्त्रीसहित कुनै पनि मन्त्रीले सम्झिनलायक काम गरेको देखिँदैन।

विभिन्न प्रकरणका कारण पर्यटन मन्त्री प्रेम आले चर्चामा हुनुहुन्छ। तर उहाँको यो चर्चा कति दिगो हुने हो भन्ने आशंका पनि त्यत्तिकै छ।जनतामाझ ठूल्ठूला सपना बाँड्ने र सपनासँगै,

आत्मरतिमै रमाउने मन्त्रीहरुको कार्य प्रगति चाहिँ शून्य हुने गरेको छ। त्यहीमाथि दिन गनेर उपलब्धि घोषणामा देखिएको आशक्ति चाँहि उदेकलाग्दो छ।

प्रतिक्रिया