आज : गते

ताजा शिर्षकहरु

ओलीलाई फर्केर आउँछु भन्थे, कहिले नफर्किने गरी विदा भए

प्रकाशित
2.9K
SHARES

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुट्नभन्दा केही अघि छलफललाई त्रिब्रता दिएका थिए। त्यही क्रममा अन्तिम रात नेकपा एकीकृत समाजवादी पार्टी गएका माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डेलाई पनि भेटे।

कानूनीरूपमा एमालेमै रहेका तर राजनीतिक रुपमा एस पार्टीमा सक्रिय नेता पाण्डेले पार्टी विभाजनको अन्तिम मध्यरातमा ओलीलाई भेटेर फर्किदा माधवकुमार नेपाललाई ल्याएर आउने बचन दिएका थिए।

उनले ओलीलाई अब ‘एकताको लागि वातावरण बनाएर आउँछु’ भन्दै फर्किएका थिए। प्रतिनिधिसभा सदस्य तथा एमालेका तत्कालीन केन्द्रीय सदस्य पाण्डेले भदौ ८ गते राति १ बजेसम्म आफू र रघु पन्त ओलीलाई मनाउन बालकोटमा बसेको बताए।

माधव नेपाललाई पार्टीमै अड्याउन आफ्नो प्रयास सफल नभएपछि आफू एमालेमा नरहने जानकारी दिएर हिँडेको र अध्यक्ष ओलीले ‘त्यस्तो गल्ती नगर्न आफूलाई आग्रह गरेको पाण्डेले सुनाए।

उनले भने। हामी माधव नेपालको प्रतिनिधि भएरै तीनवटा प्रस्ताव लिएर गएका थियौं, राति १ बजेसम्म म बालकोटमै थिएँ र त्यसदिन निर्वाचन आयोगमा दल विभाजनका लागि गएको थिइन।

तर, अन्तिममा मैले लौ मैले माधव नेपाललाई साथ दिनुपर्ने भयो, अब एकताको लागि वार्ता गर्न तपाईंसँग फेरि आउँछु भनेर हिँडेको हुँ। पहिलो प्रस्ताव थियो माधव नेपालसहित १४ सांसदमाथिको कारवाही फिर्ताको पत्र भदौ ९ गते दिउँसो १ बजेसम्म संसद सचिवालयमा पठाउने।

त्यसपछि एमाले सम्पूर्णरूपमा जेठ २ मा फर्किने प्रतिबद्धता ओलीले मिडियाबाट बोल्ने अर्को थियो माधव नेपाललाई सम्मानजनक रूपमा पार्टीमा स्पेस दिन कुनै न कुनै परिभाषित जिम्मेवारी उल्लेख गर्ने हस्ताक्षरसहितको पाण्डेले ओलीलाई भनेका थिए।

यी कुरा तपाईंले मान्नुस, माधव नेपाललाई मेरै गाडीमा हालेर ल्याउँछु र विभाजनबाट रोक्छु । तर, अध्यक्ष ओलीले कारवाही फिर्ता नहुने भनेपछि आफू बिदा भएर हिँडेको तर,

पार्टी एकताको लागि वातावरण बनाएर आउँछु भन्दै बिदा भएको उनले जानकारी दिए। मलाई हिँड्ने बेलामा पनि उहाँले सोम कमरेड त्यो गल्तीले पार्टी छाड्ने नगर्नुस् है भन्नुभएको थियो तर मैले माधव नेपाललाई साथ दिनुपर्ने भयो।

पाण्डेले अन्तिम रातको संवाद सुनाउँदै भने। एमाले विभाजन हुनुमा अध्यक्ष केपी ओलीभन्दा पनि दोस्रो तहका केही नेता र माधव नेपाल पक्षका पनि दोस्रो पुस्ताका दुई तीन जना नेताको भूमिका रहेको आरोपसमेत पाण्डेले लगाए।

पाण्डे एकताको पक्षमा लागेकै कारण दल विभााजनको निवेदनमा उनको हस्ताक्षर थिएन। त्यहीकारण भदौ ९ गते सनाखतका लागि जाँदा निर्वाचन आयोगले उनको सनाखत लिएन।

पाण्डे र राष्ट्रियसभा सदस्य शारदा भट्ट नेकपा एसमा जान पाउँ भनेर अदालत गए। अदालतले उनीहरूलाई नेकपा एस रोजेका आधारमा कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएको छ।

तर, मुद्दाको फैसला नहुन्जेल उनीहरूमाथि कारवाही गर्नमात्र रोकेको तर उनीहरूको हैसियत साविककै दलको हुने सर्वोच्चकै अधिकारीहरुले बताएका छन्। नेताहरुको मत भने फरक रहेको छ।

तेस्तै, सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीलाई चाहियो भन्दैमा अर्ली इलेक्सन नहुने बताएकी छन्। नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी नेतृ झाँक्रीले भनिन्, माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन छ।

एउटा निर्वाचनका बेला अरु निर्वाचन गर्न आचार संहिताले दिँदैन। हामी दलहरुबीच सहमति गरेर निर्वाचन घोषणा गर्छौं। तर सस्तो लोकप्रियताका लागि खड्ग ओलीले जस्तो हावादारी घोषणा गर्दैनौं।

झाँक्रीले एमाले अध्यक्ष ओलीको चाहना चुनावभन्दा पनि अराजकता रहेको आरोप पनि लगाइन्। उनले भनिन्, खड्ग ओलीले चुनाव चाहेर दुईदुई पटक संसद् विघटन गरेका हुन् त ? उनले लोकतन्त्रका लागि होइन।

अराजकताका लागि संसद् विघटन गरेका हुन् ।हामी खड्ग ओलीको व्यवहारबाट आजित भएर विद्रोह गरेका मानिस हौं। उनलाई ब्रेक लगाएर हामी आएका हौं। उनलाई चाहियो भनेर हामी अर्ली इलेक्सन गर्दैनौं।

तेस्तै, महेश बस्नेतले एकलौटी निर्णय गरेपछि युवा संघमा समानान्तर कमिटी गठन गर्ने तयारी: नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ।

पुस २८ र २९ गते पोखरा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका उपाध्यक्ष लगायतका पदाधिकारीले समानान्तर कमिटी बनाउने तयारी गरेका हुन्।

युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट आयोजक कमिटी बनाएका कारण सचिवालय गठनलगायतका विषयमा असन्तुष्ट रहेका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निर्णय नसच्याए बस्नेतविरुद्ध समानान्तर कमिटी बनाउने जानकारी गराइसकेका छन्।

उपाध्यक्षहरू अमित लामा, रोशन बस्नेत, उर्मिला सुनुवार, विष्णुप्रसाद घिमिरे, तिरण गौतमलगायत तीन दर्जन नेताहरुले पोखरामा भएको बैठक बहिस्कार गरेर उनीहरूले पार्टी अध्यक्ष ओली,

महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख खगराज अधिकारी, मोर्चा जनसंगठन प्रमुख भानुभक्त ढकाललाई लिखित उजुरीसमेत दिइसकेका छन्। फेरि एमालेमा रडाको हुने देखिएको छ।

फागुन ११ गते महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेर आयोजक कमिटी बनाउने बेलामा युवा संघभित्र पोलिटब्युरो सदस्य महेश बस्नेत हाबी भएपछि विवाद उत्पन्न भएको थियो।

प्रतिक्रिया