आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अभिनेत्री सामन्थालाई यशराज ब्यानरबाट तीन फिल्मको अफर

प्रकाशित
629
SHARES

काठमाडौं। अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन्। उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट सिरिज ‘द फेमिली मेन सिजन २’बाट हिन्दीमा डिजिटल सुरुवात गरिन्।

यो सिरिजमा उनको अभिनयले सबै प्रभावित भए। यो सिरिजमा काम गरेपछि सामन्थालाई उनका फ्यानहरू बलिउडमा पाइला चालेको हेर्न चाहेका छन्। उनलाई बलिउडका धेरै फिल्मबाट अफर पनि आइरहेका छन्।

प्राप्त खबरअनुसार उनलाई यशराज फिल्म्सले आफ्ना तीन ठूला फिल्ममा अफर गरेको छ। उनलाई यशराज फिल्म्सले निकै महँगो पारिश्रमिकमा आफ्ना तीन फिल्ममा अनुबन्धको प्रस्ताव गरेको हो।

अभिनेत्रीले पनि यी फिल्ममा अभिनयको चासो देखाएकी छन्। यद्यपि अभिनेत्री र प्रोडक्सन हाउसले यो विषयमा स्वतन्त्र पुष्टि गरेको छैन।सामन्था चाँडै नै ‘द फेमिली मेन’का निर्देशक राज र डीकेका साथ सिटाडेलको स्पिन-अफमा काम गर्दैछिन्।

उनको हातमा ‘काथु वकुला रेंडु काधल’ (तमिल), ‘शाकुंतलम’ (तेलुगु), ‘यशोदा’ (तेलुगु), र ‘अरेन्जमेन्ट अफ लव’ (इन्टरनेसनल डेब्यू) जस्ता कैयौं प्रोजेक्ट छन्। सामन्था पछिल्लोपटक ‘पुष्पाः द राइज’मा आइटम गर्लका रूपमा देखिएकी थिइन् । उनले यो गीतका लागि पाँच करोड पारिश्रमिक लिएकी थिइन् ।

तेस्तै, बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोराको ब्रेकअप भएको छ। यी दुईले आ–आफ्नो बाटो अलग गरेको रिपोर्टमा जनाइएको छ। सूत्रका अनुसार विगत ६ दिनदेखि मलाइका घरबाट बाहिर निस्किएकी छैनन्।

उनी पूर्ण रुपमा आइसोलेसनमा गएकी छिन् । उनी निकै दुःखी भएको र केही समयका लागि बाहिरी दुनियाबाट टाढा रहन चाहेको बताइएको सूत्रको हवाला दिँदै बलिउड लाइफले जनाएको छ ।

अर्जुन कपूर पनि विगत केही दिनदेखि मलाइकालाई भेट्न गएका छैनन्। तीन दिन पहिले अर्जुन आफ्नी बहिनी रिया कपूरको घर गएका थिए। त्यहाँ डिनरको कार्यक्रम थियो।

मलाइकाको घरको नजिकै रिया बस्छिन् तर त्यति नजिक जाँदा पनि अर्जुन मलाइकालाई भेट्न गएनन्। मलाइका पनि पहिले यस किसिमका पारिवारिक डिनरमा अर्जुनको साथमै जान्थिन् तर यसपटक उनी पनि गइनन्। यसअघि अर्जुन जहिले पनि मलाइकाको घरको आसपास हुँदा मलाइकालाई भेट्न जान्थे ।

तर, त्यस दिन अर्जुन पनि गएनन्। अर्जुन रिया कपूरको घरबाट सिधै आफ्नो घर आए।  अर्जुन र मलाइकालाई प्रायः कफी वा डिनर डेटमा भेटिन्थ्यो तर लामो समयदेखि उनीहरु यसरी साथमा देखिएका छैनन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ