आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेस नेता कोइराला प्रहरी नियन्त्रणमा

प्रकाशित
845
SHARES

काठमाडौ। नेपाली कांग्रेसका एक नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङको बूढीगंगा गाउँपालिकामा बालिकामाथि ब’ला’त्का”रको प्रयास गरेको आरोपमा प्रहरीले कांग्रेसका एक जना नेतालाई प’क्रा’उ गरेको हो।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङका अनुसार १० वर्षीया बालिकामाथि ब’ला’त्का’र प्रयास गरेको घटना बाहिरिएपछि बुढीगंगास्थित टंकिसिनुवारीका नेता शिव कोइरालालाई प’क्रा’उ गरिएको हो।

उनी कांग्रेसको पहिलो प्रदेश अधिवेशनबाट १ नम्बर प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए। कोइरालाविरुद्ध मौखिक उजुरी परेका कारण प’क्रा’उ गरिएको मुकारुङले बताए।

हामी अनुसन्धान गरिरहेका छौं,’ मुकारुङले भने, लिखित होइन, मौखिक उजुरी परेको छ, बालिकाको अवस्था के छ हामी हेर्दैछौं, कोइरालालाई हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं।

गाउँपालिका–१ घर भएका कांग्रेस नेता ५१ वर्षीय कोइरालालाई आइतबार बिहान प’क्रा’उ गरिएको उनको भनाइ छ। अनुसन्धानमा निर्दोष नफस्ने र सत्य तथ्य सबैको अगाडी ल्याउने बताए।

कोइरालाले पुस ३० गते घरनजिकको पसल पछाडि लगेर बालिकालाई ब’ला’त्का’र’को प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी उनले दिए।

तेस्तै, निर्माणाधिन क्रिकेट रंगशाला निर्माणमा अनियमितता गरेको र दाताहरुको रकम दुरुपयोग भएको भन्दै धुर्मुश र सुन्तलीमाथि छानविन थालिएपछि अतालिदै धुर्मुश र सुन्तली फाउण्डेसनले मुख खोलेको छ।

धुर्मुश र सुन्तलीले क्रिकेट रंगशाला निर्माणमा कुनैपनि अनियमितता नभएको र दाताहरुको रकम दुरुपयोग नभएको स्पष्ट पार्दै हतारहतार विज्ञप्ती निकालेको छ।

उक्त परियोजना निर्माणमा अनियमितता भएको भन्दै हिजोमात्रै अख्तियारमा उजुरी परेको छ। त्यसको भोलिपल्ट आज उनीहरुले धुर्मुश सुन्तली फाउण्डेशनको नाममा एक अपिल सार्वजनिक गर्दै यस्तो दाबी गरेका छन्।

अपिलमा भनिएको छ,”सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं।

फाउण्डेसनको विज्ञप्ती जस्ताकोतस्तै, हाम्रो अनुरोध: राष्ट्रिय गौरवको परियोजनाका रुपमा क्रिकेट र समग्र खेल क्षेत्रको विकासका लागि धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा तीन वर्षअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण परियोजनाको थालनी भएको सर्वविदितै छ।

२०७५ साल माघ १६ गते राष्ट्रिय सभा गृह काठमाडौंबाट तत्कालीन प्रधानमन्त्री एवं विभिन्न दलका शीर्ष नेताका साथै विभिन्न विधाका राष्ट्रिय व्यक्तित्वहरुको समुपस्थितिका बिच सम्झौतापत्रमा हस्ताक्षर भएर काम सुरु गरिएको थियो।

कोरोना महामारी तथा अनेकौं आरोह–अवरोहका बाबजुद पनि रंगशाला निर्माणको काम निरन्तर अघि बढिरहँदा स्रोत व्यवस्थापनको पाटो भने चुनौतिपूर्ण बन्दै गयो। अपेक्षित जनसहयोग जुट्न सकेन।

विगत ५ महिनादेखि निर्माण सामग्री उपलब्ध गराउन नसकेको अवस्था र विभिन्न कम्पनीहरुलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएपछि अन्ततः संरचना अन्तरगतको निर्माण कार्य स्थगित गर्न वाध्य हुनु पर्यो।

यसको उचित निकासका लागि फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय र भरतपुर महानगरपालिकासँग पटकपटक छलफल गरी भरतपुर महानगरपालिकामा गत पुस २ गते स्वामित्वग्रहणको लागि अनुरोधपत्र बुझाइएको हो।

सोभन्दा पहिले २०७८ साल मङ्सिर २१ गते भरतपुर महानगरपालिकाले फाउन्डेसनलाई पत्राचार गरेअनुरुप फाउन्डेसनको तर्फबाट २०७८ साल मङ्सिर २३ गतेसम्मको अनुमानित आम्दानी–खर्चको विवरण, भुक्तानी दिनुपर्ने रकम र सोको विवरण तथा २०७८ साल असार मसान्तसम्मको लेखापरिक्षण प्रतिबेदन र भौतिक प्रगति प्रतिवेदन बुझाइएको थियो ।

गत पुस २ गतेको निर्णयपश्चात भरतपुर महानगरपालिकाको तर्फबाट दुवै प्रतिवेदनको मुल्यांकन शुरु गरी भौतिक प्रगतिको प्रारम्भिक प्रतिवेदन आएको छ भने त्यसलाई पुर्ण बनाउन थप मुल्यांकन भइरहेको छ।

आर्थिक प्रगति सम्वन्धमा फाउन्डेसनको तर्फबाट शुरूवाति दिनदेखि ०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरिक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन आजभोलिमै फाउन्डेसनमा उपलब्ध हुने जानकारी गराउन चाहन्छौं।

उक्त प्रतिवेदन सम्वन्धित पक्षलाई बुझाएर फाइनल भएपछि परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गरिनेछ। स्वदेश तथा विदेशमा रही परियोजनालाई सहयोग गर्नुहुने सहयोगी मनहरुका कारणले नै रङ्गशाला निर्माण यो अवस्थासम्म आइपुगेको छ।

सहयोगी मनहरुबाट प्राप्त रकमको दुरुपयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं।

हाल सरकारी मूल्यांकनको कार्य चलिरहेको र परियोजना विधिवतरुपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात हामी सबै विवरण सार्वजनिक गर्ने नै छौं। अहिलेलाई हामी मूल्यांकनको सहयोगी बनेर अघि बढेका छौं।

पछिल्लो समय परियोजनासम्बन्धी वास्तविकता नबुझी भ्रमपूर्ण रुपमा प्रकाशन÷प्रशारण गरिएका समाचार, टिकाटिप्पणी तथा अन्य गतिविधिलाई लिएर हामी अत्यन्त चिन्तित र दुखी छौं।

हाम्रोतर्फबाट आर्थिक लगायतका सबै विवरण सार्वजनिक नहुञ्जेलसम्म कपोलकल्पित आरोपहरु बन्द गरी परियोजनालाई माया गरिदिनुहुन हार्दिक अपिल र अनुरोध गर्दछौं।

प्रतिक्रिया