आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दुबइ विमानस्थलमा डरलाग्दो घटना, सयौं यात्रुको जीवन जोखिममा

प्रकाशित
1.6K
SHARES

काठमाडौं। दुबइ अन्तर्राष्ट्रिय विमानस्थलमा ९ जनवरीका दिन निकै डरलाग्दो घटना भएको छ। यहाँबाट भारत आउने दुई यात्रुवाहक जहाज रनवेमै ठोक्किने अवस्था आएको थियो।

अब यो घटनाबारे जाँच सुरु भएको छ। जानकारीका अनुसार नागरिक उड्डयन महानिर्देशनालयले युएइको नागरिक उड्डयन प्राधिकरणसँग आफ्नो रिपोर्ट साझा गर्न भनेको छ।

दुबइबाट हैदराबाद आउने फ्लाइट इके–५२४ रनवेमा टेकअफको लागि दौडिइरहेको थियो। त्यही बेला पाइलटले अर्को जहाजलाई विपरित दिशाबाट आफूतर्फ आइरहेको देखे।

यस्तोमा एटिसीले तत्काल टेकअफ अबोर्ट गर्न निर्देशन दियो। त्यसपछि जहाजले आफ्नो गति कम गर्यो र भीषण दुर्घटना हुनै लाग्दा अन्तिम समयमा जोगियो।

घटनाबारे कुरा गर्दै एक व्यक्तिले समाचार एजेन्सी एएनआइसँग बताएअनुसार दुबइबाट हैदराबाद आउने फ्लाइट इके ५२४ रनवे ३० आरमा टेकअफका लागि दौडिइरहेको थियो।

त्यही बेला पाइलटले अर्को विमानलाई विपरित दिशाबाट आफूतर्फ आइरहेको देखे। त्यसपछि एटिसीले टेकअफ अबोर्ट गर्ने निर्देशन दिए। त्यसपछि विमानको गति कम भयो र सुरक्षित रुपले ट्याक्सी बे एन ४ को माध्यमबाट रववे क्लियर गरियो।

खासमा त्यही बेला दुबइबाट बैंगलोर आउनको लागि अर्को विमान एके ५६८ ले पनि टेकअफ गर्न लागेको थियो । यो विमान पनि त्यही रनवे ३० आरबाट टेकअफ गर्नुपर्ने थियो।

हैदराबाद आउन लागेको विमानलाई ट्याक्सी वेमा लगेर रनवे क्लियर गरेपछि बैंगलोर आउने विमानले टेकअफ गरेको थियो। इमिरेट्स एयरलाइन्सका एक व्यक्तिले यसको पुष्टि गर्दै घटनाबारे आन्तरिक जाँच सुरु भएको बताएका छन्।

तेस्तै, न्यू इयर पार्टीमा सामूहिक बलात्कारपछि एयरहोस्टेसको मृ’त्यु, होटलको बाथटबमा ला’श: नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ पार्टी मनाउन साथीहरुसँग गएकी एक एयर होस्टेसको सामूहिक ब’ला’त्का’र’का कारण मृ’त्यु भएपछि यो विषयले सामाजिक संजालमा ठूलो तरंग ल्याएको छ।

फिलिपिन्सकी यी एयरहोस्टेसलाई पार्टीकै क्रममा सामूहिक ब’ला’त्का’र गरिएको र सोही कारण उनको मृ’त्यु भएको रिपोर्टमा जनाइएको छ। यो घटनासँगै मंगलबार बिहानैदेखि सामाजिक संजालमा विश्वव्यापी रुपमा ह्याशट्याग जस्टिसफरक्रिस्टिनडेसेरा ट्रेण्ड गरिरहेको छ।

द सनको रिपोर्टअनुसार २३ वर्षकी क्रिस्टिन डेसेरा फिलिपिन्स एयरलाइन्समा एयरहोस्टेस थिइन्। उनी आफ्ना साथीहरुसँग नयाँ वर्षको अघिल्लो रात न्यू इयर इभ पार्टी मनाउन जकातीको एक होटलमा बसेकी थिइन्।

रातमा पार्टी भइरहँदासम्म सबै ठिक थियो तर बिहान साथीहरुले उनलाई मृ’त अवस्थामा फेला पारे। स्थानीय मिडियाका अनुसार पुलिसले क्रिस्टिनको शव बरामद गर्ने बेला उनको शरीरमा धेरै चोटहरु थिए।

यी चोटहरुले उनको सामूहिक ब’ला’त्का’र भएको जनाउँथे। यो घटनाबारे एयरलाइन्सले कुनै बयान जारी गरेको छैन। पुलिसले अहिलेसम्म यो घटनाका सम्बन्धमा ११ जनालाई गिरफ्तार गरेको छ।

प’क्रा’उ परेकामध्ये ३ जना त्यस रातको पार्टीमा सहभागी थिए। क्रिस्टिनकी आमाले पुलिसलाई दिएको बयानका छोरी आफ्नो अनुमति लिएर पार्टीमा गएको बताएकी छिन्।

क्रिस्टिन सामाजिक संजालमा निकै लोकप्रिय थिइन् र उनको फ्यान फलोइङ राम्रो थियो। यही कारण पनि उनको मृ’त्यु’को घटनाले सामाजिक संजालमा हलचल ल्याएको हो।

प्रतिक्रिया