आज : गते

ताजा शिर्षकहरु

योगेशलाई प्रेम आलेको चेतावनी ‘यो त ट्रेलर मात्रै हो फिल्म अब देखाउँछु’

प्रकाशित
740
SHARES

काठमाडौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पूर्व मन्त्री योगेश भट्टराई मुख भरिको जवाफ दिएका छन्। आफु माथी पूर्व मन्त्री भट्टराईले अनेक अरोप लगाए पछि आक्रोसित भएका हुन्।

मन्त्री आलेले आफुले बतास समूह माथी एक्सन लिए पछि योगेश नमज्जा सँग आत्तिएको दाबी गरेका छन्। गलत गर्ने जो सुकै भए पनि नछोड्ने भन्दै आलेले भट्टराईलाई अहिले आफुले देखाएको ट्रेलर मात्रै भन्दै पुरा फिल्म अब देखाउँने बताएका छन्।

भट्टराई माथी हतियार तस्करीको संगिन अरोप पनि आलेले लगाएका छन्। नेपालमा भएको द्धन्द्धको समयमा हतियार खरखजनाको तस्करी गरेरनै योगेश भट्टराईले काठमाडौँमा घर बनाएको आरोप पनि उनले लगाएका छन्।

योगेशले मन्त्री हुँदा गरेको बदमासीको अनुसन्धान सुरु भएको भन्दै मन्त्री आलेले कारबाही गरेरै छोड्ने बताएका छन्। आलेले नारायणहिटी दरबार संग्रहालयभित्रको १४ रोपनी जग्गा कौडीको भाउमा बतास समूहलाई दिएको नैतिक जिम्मेवारी पूर्वमन्त्री योगेश भट्टराईले लिनु पर्ने।

भन्दै “हाम्रो जस्तो देशमा मन्त्रीको निर्देशनबिना तलको कर्मचारीले यस्तो काम गर्न नसक्ने जिकिर गरेका छन्।योगेश भट्टराईको मौखिक आदेशमा बतास समूहले नारायणहिटी संग्रहालयभित्र ६ आनामा बनेको एकतले भवन र १४ रोपनी जग्गा भुइयाँको भाउमा पाएको हो ।

यसका मतियार कोही पर्दाभित्र छन्, कोही पर्दाबाहिर छन्। त्यसमा र्‍याल चुहाउने मान्छे पनि होलान्। कोभिडको मौका छोपेर टेन्डन निकाल्नु, एउटै समूहका तीनवटा कम्पनीले प्रतिस्पर्धा गर्नुमा मिलेमतो देखिँदैन र ? उनले भनेका छन्।

मन्त्री आलेले संग्रहालयभित्र ‘बार चलाउने बदनियतका साथ’ बनाइएका संरचना भत्काएकामा योगेश भट्टराई तात्तिनुको कारण के हो भनी प्रतिप्रश्न गरे। उनले भने।

नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले मन्त्री योगेशकै मौखिक आदेशमा दिएको बताइसक्नुभएको छ। बतास समूहलाई क्याफटेरिया चलाउन २ लाख ३५ हजार भाडामा ६ आनामा बनेको घर दिएको हो।

त्यसमै १४ रोपनी जमिन पनि दिन मिल्छ ? औंला दिँदा हातैनिल्ने ? बार चलाउने बदनियतका साथ बनेका थुप्रै टहरा हटाउँदा उहाँ किन तात्तिनुभयो ? कि बताससित मेरो अनसिन पार्टनरसिप थियो मलाई घाटा भयो भन्नुपर्‍यो।

आफू कसैविरुद्ध पूर्वाग्रही नभएको पनि उनले दाबी गरे। मन्त्री आलेले भने, “म कसैसित पूर्वाग्रही छैन। माधवकुमार नेपालले मलाई विश्वास गरेर जिम्म्मेवारी दिनुभएको छ, म जति दिन, घन्टा, मिनेट र सेकेन्ड पदमा रहन्छु, इमानदारीपूर्वक त्यो जिम्मेवारी पूरा गर्छु।

लन्डनबाट फर्कंदा तपाईंले ७ रोलेक्स घडी, १० बोतल रक्सी र आइफोन लिएर आएको पूर्वमन्त्री योगेश भट्टराईको आरोपको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “म जुन भीआईपी कक्षबाट आएको छु, त्यसको सीसीटीभी फुटेज हेरे हुन्छ।

मेरो हातमा केही पनि छैन। एउटा रोलेक्स घडी या एक बोतल रक्सी देखाउन सक्नुभयो भने अहिलेको अहिले नै मन्त्री पदबाट राजीनामा दिन्छु। सबैलाई थाहा छ, म रक्सी खान्नँ, वाइन पनि खान्नँ।

यो सब योगेश भट्टराईका मतियार धनञ्जय रेग्मी, डीमप्रसाद पौडेलसँग मिलेर गरेको सुनियोजित कुप्रचार हो। यो मलाई बदनाम गराउने षडयन्त्र हो । कुनै प्रमाण छ भने पुष्टि गरेर देखाउनुस्।

आफू मन्त्री भएको सय दिनमा जहाजलाई घाममा सुकाउन नदिएको, अनलाइनको माध्यमबाट इन्टरनेसनल फ्लाइटको टिकट काट्ने व्यवस्था मिलाएको, उडान तालिका नियमित बनाएको।

कफी सप र ट्याक्सीको समस्या समाधान गरेको, सटल बसको सुरुवात गरेको, पीसीआर टेस्टलाई २ हजारबाट १२ सयमा झारेको आदि फेहरिस्त पनि आलेले सुनाए।

तेस्तै, नारायणहिटी संग्रहालयमा चलिरहेको बिबाद चर्कियको छ। नेकपा एमालेका सचिव योगेश भट्टराईले हालका पर्यटनमन्त्री प्रेम आलेमाथी गम्भीर आरोप लगाउँदै आफ्नो ठेगानमा बस्न चेतावनी दिएका छन्।

पूर्वमन्त्री भट्टराईले पर्यटनमन्त्री प्रेम आलेलाई ठेगानमा बस्न र बोलीमा लगाम लगाउन सुझाव दिए। उनले भने, ‘प्रेम आलेसँग मेरो कुनै लडाइँ नै होइन। तर उनी आफ्नो ठेगानमा बसून्, बोलीमा लगाम लगाऊन्।

म उनीजस्तो ढोंगी पनि होइन। उनी नेपालको हरियो वन भारततिर तस्करीमा लाग्दा म प्रजातन्त्रका लागि जेलमा थिएँ। आफू १० बोतल अवैध रक्सी ल्याउने अनि कसैले दुई बोतल ल्यायो भनेर झम्टिने स्टन्टबाजी म गर्दिनँ।

भट्टराईले आफूले नारायणहिटी संग्रहालयमा क्याफेटेरिया खोल्न निर्देशन दिएको स्वीकार गर्दै क्याफेटेरिया खोल्न नपाउने हो भने त्यहाँ निर्मित भवन किन नभत्काएको भनी प्रश्न उठाएका छन्।

उनले भ्रष्ट, दलाल र कमिसनखोरलाई बचाउनका निम्ति मिडियाको खेल चलिरहेको आरोप पनि लगाए। भट्टराईले भने, ‘जोसँग विज्ञापन लिनु छ, लेऊ । जोसँग बसेर रक्सी खानु छ, खाऊ तर आनन्दराज बताससँग मेरो व्यावसायिक साझेदारी छ।

भने किन कुप्रचार गर्छौ ?कुनै फर्म, लगानी या शेयर छ भने किन देखाउन नसकेको ? बकम्फुसे कुरा गरेर हुन्छ ? प्राइम टाइम टेलिभिजनमा कुरा गर्दै पूर्वमन्त्री भट्टराईले भने, ‘म २०६७ साउन १५ मा संस्कृति तथा पर्यटन मन्त्री भएको हुँ।

भ्रमण वर्ष मनाउने क्रममा म चार घन्टा नारायणहिटी संग्रहालय घुमें। त्यहाँ आगन्तुकका निम्ति विश्रामगृह, शौचालय, चमेनागृह केही देखिनँ। आगन्तुकको असुविधा पनि महसुस गरें। र, मैले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कफीसप सञ्चालनबारे बोलेको हुँ।

उनले आफ्नो पालामा नारायणहिटी संग्रहालयभित्र भवन नबनेको जिकिर गरे। भट्टराईले भने, ‘त्यहाँ २०६७\६८ तिरै क्याफ्टेरियाका निम्ति एकतले भवन बनिसकेको रहेछ।

त्यतिबेला माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसपछि पनि खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो। तर क्याफ्टेरिया सञ्चालनमा नआएपछि मैले बोल्नुपरेको हो।

संग्रहालयभित्र क्याफ्टेरिया सञ्चालनका लागि बोलपत्र आह्वान भएको बारेमा आफूलाई जानकारी नभएको उनले बताए। भने, ‘बोलपत्र खोल्न मन्त्री जाँदैन, यसबारे जवाफदेही हुने भनेको मन्त्रालयका सचिव र संग्रहालयका कार्यकारी निर्देशक हुन्।

नेकपा विवादका कारण मैले यसबारे चासो दिन पनि सकिनँ। मैले २०७७ पुस १५ मा मन्त्री पदबाट राजीनामा दिएँ, पुस २९ गते बतास समूहले क्याफ्टेरिया सञ्चालन अनुमति पायो। त्यसमा मलाई मुछ्नुपर्ने कारण केही छैन।

पूर्वमन्त्री भट्टराईले संग्रहालयभित्र क्यान्टिन चाहिने कुरामा आफू अहिले पनि अडिग भएको बताए। उनले भने, के सिंहदरबारभित्र क्यान्टिन छैन राष्ट्रपति भवनभित्र क्यान्टिन छैन ? क्याफ्टेरिया भनेको नाइट क्लब हो र?

बकिंघम प्यालेस, जापानको इम्पेरियल प्यालेस, ह्वाइट हाउस, रुसको सेन्ट पिटर्सबर्गमा पनि त्यस्ता चमेनागृह छन्। नारायणहिटीमा क्याफ्टेरिया चाहिँदैन भने त्यहाँ बनेको भवन किन नभत्काएको?

प्रतिक्रिया

आजको ट्रेन्डिङ