आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

वैज्ञानिकले बनाए हावामा उड्ने डुुङ्गा

प्रकाशित
559
SHARES

काठमाडौं। डुुङ्गा भन्ने बित्तिकै पानीमा तैरिएर चल्ने साधन बुझिन्छ । तर अब पानीमा तैरिने मात्र होइन हावामा उड्ने डुुङ्गा पनि छिटै आउँदैछ।इटालीको एक कम्पनीले एउटा विशेष डुुङ्गा बनाउँदैछ जुन हावामा उड्नेछ।

उक्त लक्जरी याच समुुद्रमा तैरिनुका साथै हावामा पनि उड्न सक्ने बताइएको छ। उक्त एयर याच ब्ष्च थ्बतअजको लम्बाई करीब ४९० फिट हुनेछ। साथै यसको चौडाई २६० फिट हुनेछ।

सुख्खा कार्बन फाइबरबाट सो डुुङ्गाको निर्माण गरिएको छ। यो आकाशे डुुङ्गा प्रतिघण्टा ११२ किलोमिटरले गतिमा उडान भर्न सक्नेछ। यो डुुङ्गाको भित्री भागमा दुईवटा विशाल बेलुन, हल्का ब्याट्री तथा सोलार प्यानलबाट चल्ने आठवटा इन्जिन राखिएको छ।

निर्माता कम्पनी लज्जरिनीका अनुसार यो डुंगा लगातार ४८ घण्टासम्म उड्न सक्दछ। यो आकाशे डुुङ्गामा सौर्यउर्जाबाट चल्ने ४ वटा विद्युुतीय प्रोपेलर राखिएको छ जसले उडान भर्नमा सहयोग गर्नेछन्।

साथै डुुङ्गामा हिलियम भरिका बेलुनहरु पनि राखिएको छ जसका कारण यो हावा उड्न पनि सक्ने र पानीमा तैरिन पनि सक्दछ। हिलियम भरिएका बेलुनहरु हावाभन्दा हलुका हुन्छन् जसका कारण याच हावामा अडिन सक्दछ।

त्यस्तै एलेक्ट्रिक प्रोपेलरले यसलाई उडेर गति प्रदान गर्नमा सहयोग गर्दछन्। सो बतासे नौका तयार गर्ने कम्पनीका अनुसार खासगरी आम सर्वसाधारणलाई भन्दा विलासी धनाढ्यहरुलाई लक्षित गरी त्यसको डिजाइन गरिएको छ। यो पूर्णरुपमा तयार गर्नका लागि करोडौँ रुपैयाँ खर्च हुनसक्छ।

प्रतिक्रिया