आज : गते

ताजा शिर्षकहरु

अमेरिका भाग्न लागेका चर्चित क्यासिनो सञ्चालक विमानस्थलबाट पक्राउ

प्रकाशित
1.6K
SHARES

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालीका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ।

क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा गएराति १० बजे साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमित्त सिइओ बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ।

उनले ओसिपी एसियाको लगानीमा काठमाडौँको लाजिम्पाटस्थित साङ्ग्रिला होटल र भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित दुई क्यासिनोको राजस्व तिरेका थिएनन्।

बोल्सोभरले सञ्चालन गरेका दुई वटा क्यासिनोले प्रतिक्यासिनो छ करोड ५० लाखका दरले दुई क्यासिनोको १३ करोड पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्न लागेको थाहा पाएपछि रोक लगाइएको हो।

मन्त्री आलेको निर्देशन पछि सञ्चालनमा रहेका आठ क्यासिनो कम्पनीले कम्तीमा पनि ४० करोड सरकारको खातामा राजस्व दाखिला गरिसकेका छन् भने एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले भने १३ करोड राजस्व नबुझाएको बताइएको छ।

एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले तिलोत्तमा नगरपालिका–६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैरकानुनी ढङ्गले सञ्चालन गरेको आरोप छ। सर्वोच्च अदालतलेसमेत उक्त कम्पनीलाई कुनै कारोबार नगर्न आदेश दिएको थियो।

सर्वोच्चको आदेशविपरीत क्यासिनो र होटल सञ्चालन गर्दै आएको उक्त कम्पनीका सिइओ बोल्सोभर राजस्व नबुझाएर मध्यरातमा नेपाल छोड्दै गर्दा पक्राउ परेका हुन्।

तेस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बतास समूहले संचालन गर्दै आएको धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताएका छन्। धर्मशाला आज बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए।

उनले यसबारे छानबीन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए। उनले भने, छानबीन प्रतिवेदन आइसकेपछि दूधको दूध, पानीको पानी हुन्छ।

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर तिलगंगामा धर्मशाला बनाइएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिस्थित धर्मशाला संयुक्त रुपमा उद्घाटन गरेका थिए।

यसमा भारत सरकारको २५ करोड लगानी रहेको बताउँदै मन्त्री ओलेले भने, ‘तीर्थयात्रीहरु सस्तो सुलभ मूल्यमा बस्न पाउन् भन्ने उद्देश्यले बनाइएको धर्मशाला धर्मशालाको रुपमा नभएर शानदार आलिशान, छ।

सेभेन स्टारको हाराहारीमा मैले पाएँ। नेपाल भारत मैत्री धर्मशालामा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ।

धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुँदै आएको छ। त्यहाँ बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ।

कतिपय संरचनाहरु अनुमति विना बनाइएको पनि मन्त्री आलेले बताए। उनले छानबीनको क्रममा दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धता समेत जनाए।

छानबीन समितिका संयोजक नारायण सुवेदीले भोलि अपराह्न चार बजे पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिए। तेस्तै,  नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रेम आले र योगेश भट्टराई सञ्चारमाध्यममा दोहोरी खेलेर जगत हँसाएको टिप्पणी गरेका छन्।

नेता खतिवडाले ५० अर्ब घाटामा रहेको नेपाल वायु सेवा निगमलाई नाफामा कसरी लैजान सकिन्छ भने सोँच्न बेला व्यापारीलाई अपमान गरेर अर्थतन्त्रमा असर पर्ने कार्य गरिएको बताएका हुन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई व्यापारी र कर्मचारीलाई गाली गरेर कसरी काम गर्छन् भनेर प्रश्न गरेका छन् ।

नेपाल वायु सेवा निगम ५० अर्ब ऋणमा छ । निगम घाटामा छ। त्यसलाई कसरी तिर्ने हो ? घाटा कसरी घटाउने हो भन्ने चिन्ता कसैलाई पनि छैन’, खतिवडाले भने, कसैलाई प्लेन किनेर कमिशन खाने रहर हुन्छ।

उनले भने, ‘प्लेनहरू ल्याएर थन्काएर राखिएका छन्। चलाइएको छैन। ५० अर्ब घाटालाई २० अर्बमा कसरी झार्ने हो भन्ने सोँच छैन। ल्याएका प्लेनहरू एक ठाउँमा राख्ने, फेरि अर्को प्लेन किन्ने ?

प्लेन किनेर ल्याउँदा पनि क–कसका पार्टनरहरू नियुक्ति गर्ने भन्ने चलखेल ? कसैलाई चार्टर प्लेनमा कमिशन खानुपर्ने ? आफ्ना मान्छे नीति परिवर्तन गरेर भए पनि राख्नुपर्ने ?  खतिवडाको प्रश्न छ।

कसैलाई खाली जग्गा र ठाउँहरू देख्यो भने पुस्तालाई सम्पत्ति जोड्नेतिर लाग्छन्। यिनीहरू नै जुहारी गर्दै हिँड्छन्, दुइटा मान्छेहरू। एकले अर्कालाई दोष दिएर जुहारी खेलेर लोक हसाँउनेतिर लाग्छन्।

कांग्रेसका नेता खतिवडाले भनेका छन्। बिडम्बनापूर्णको राजनीति हुन थाल्यो। पर्यटन मन्त्रीले नेपाल एयरलाईन्सलाई सुधार्ने काम गरेको देख्नुपर्ने थियो। देखिएन, पूर्वसांसद समेत रहेका खतिवडाले भने।

अनि व्यापारीलाई गाली गर्छन्। व्यापारीको त पेशा हो। बतासलाई टेण्डर गरेर बोलाएपछि उ गएको हो। सिधै गएको होइन। गएको हो भने पनि सेटिङ गराउने मन्त्रीहरू दोषी हुन्। बतास दोषी होइन।

दुइटा मन्त्रीहरू, एउटा बहालवाला मन्त्री, अर्को पूर्वमन्त्री वक्तव्यवाजीमा उत्रिएका छन्। उनीहरूले अन्तर्वार्ताहरू प्रतिस्पर्धात्मक रुपमा दिएका छन्। अत्यन्तै दुखद् छ’, खतिवडाले भनेका छन्।

उनीहरू तल्लो तहमा उत्रिएर गाली गलौजमा गर्छन्। कसरी मुलुक चलाउने होलान् ? उनले भनेका छन्। व्यापारीलाई दोषी दिने काम भएको छ। हतार गरेर भत्काउनेभन्दा अध्ययन प्रतिवेदन बनाएर दोषीलाई कारबाही गरेर जानुपर्छ।

खतिवडाले भने, कुनै बेला बत्ती काट्ने काम गोकर्ण विष्टले गरेका थिए। प्रेम आलेले अहिले फेरि भत्काउँदै हिँड्छन्। पर्यटनमन्त्री आलेले दरबार संग्राहलयभित्र देखाएको जात्रा र व्यापारीमाथि गरेको अभद्र व्यवहारको आलोचना हुन थालेको छ।

बतास समूहलाई भन्दा पनि त्यस बेलाको मन्त्री र कर्मचारीलाई कारबाही गर्नुपर्ने माग उठेका बेला कांग्रेसका नेता खतिवडाले पनि व्यापारीलाई भन्दा पनि सेटिङ मिलाउने मन्त्री र कर्मचारीलाई कारबाही गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ