आज : गते

ताजा शिर्षकहरु

अमेरिकी सेनाको जहाज चीन सागरमा दुर्घटनाग्रस्त

प्रकाशित
1.3K
SHARES

एजेन्सी। अमेरिकाको एक परमाणु पनडुब्बी चीन नजिकै दक्षिण चीन सागरमा पानीमुनि रहेको एक समुद्री पहाडमा ठोक्किएको छ। अमेरिकी नौसेनाको दावी अनुसार यो पहाड कुनै पनि नक्सामा देखाइएको थिएन।

यसको बारेमा कसैलाई थाहा पनि थिएन। यो ठक्करका कारण पनडुब्बीमा रहेका ११ नौसैनिक घाइते भएका छन्। यो घटना गत महिना भएको भए पनि अमेरिकी नेवीले यसको रिपोर्ट अहिले सार्वजनिक गरेको हो।

अमेरिकाको घातक परमाणु पनडुब्बी युएस कनेक्टिकट २ अक्टोबरमा साउथ चाइना सीमा निगरानीको लागि घुमिरहेको थियो। यही क्रममा पनडुब्बी यस्तो समुद्री पहाडसँग ठोक्कियो जसबारे कुनै पनि समुद्री नक्सामा उल्लेख छैन।

दुर्घटनामा ११ जना घाइते भएका छन्। क्षतिग्रस्त भएको पनडुब्बी गुआम बन्दरगाहसम्म पुगेको छ। अमेरिकी नौसेनाले पनडुब्बमिा भएको क्षतिको पूरा जानकारी दिएको छैन।

अमेरिकाका सातौं फ्लीटले १ नोभेम्बरमा एक बयान जारी गर्दै सी वुल्फ क्लास फास्ट अट्याक पनडुब्बी युएस कनेक्टिकट एउटा लुकेको समुद्री पहाडमा ठोक्किएको बताएको छ।

नेशनल ओशिएनिक एण्ड एटमोस्फियरिक एडमिनिस्ट्रेसन एनओएएका अनुसार सीमाउन्ट अर्थात समुद्री पहाड कुनै अन्त्य भएको ज्वालामुखीका चुच्चो भाग हुन्छन्।

धेरैजसो समुद्री पहाड अर्थात सीमाउन्ट चुच्चो हुन्छन् तर केही गोला वा केही चौडा पनि हुन सक्छन्। केहीको माथिल्लो भाग मैदानजस्तै समतल पनि हुन सक्छन्। समुद्री पहाड समुद्री जीवहरु विकसित हुन, बस्न र प्रजननको लागि उपयुक्त हुन्छन्।

समुद्री पहाडबाट भरपुर पोषक तत्व समुद्री पानीमा मिल्छ। एनओएएका अनुसार विश्वभरको समुद्रमा करिब १ लाख समुद्री पहाड छन्। यीमध्ये धेरैजसो १ किलोमिटर अग्ला छन्।
तर, अहिलेसम्म वैज्ञानिकले केवल ०.१ प्रतिशत समुद्री पहाड मात्र खोज्न सकेका छन्। तेस्तै, उत्तर कोरियाले बुधबार समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरिया र जापानले जनाएको छ।

प्योङयाङले यस वर्ष यो पहिलो पटक प्रक्षेपण गरेको छ। उत्तरले कोरियाले प्रायद्वीपको पूर्वी समुद्रतर्फ स्थानीय समयाअनुसार मङ्गलबार बिहान ८ः१० बजे ‘ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाइएको छ।

एक आपतकालीन बैठकपछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले यस मिसाइल परिक्षणको चिन्ता व्यक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यसलाई सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण को रूपमा वर्णन गरे पनि उत्तर कोरियाले गरेको लगातार क्षेप्यास्त्र प्रक्षेपण साँच्चै खेदजनक भएको जापानी प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन्।

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई अहिलेसम्म जापानी विमान र जहाजहरूमा क्षति पुगेको कुनै समाचार नआएको बताएका छन्।

यो प्रक्षेपण गत हप्ता किमको भाषणपछि भएको थियो जसमा उनले उत्तर कोरियाले आफ्नो सैन्य क्षमताको निर्माण जारी राख्ने बताएका थिए। तेस्तै, भारी हिमपात र वर्षाले मुलुकलाई मारमा पार्न थालेपछि अफगानिस्तानमा आपतकालीन अवस्थाको घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

वर्षा र हिमपातका कारण आउनसक्ने सङ्कटको सामना गर्न थप तयारीका लागि विपद् व्यवस्थापन राज्य मन्त्रालयका अधिकारीहरूले प्रभावित क्षेत्रका प्रदेश अधिकारीहरूलाई निर्देशन दिएको खामा प्रेसले जनाएको छ।

हिउँ र वर्षाको समयमा नागरिकहरूलाई सहयोग गर्न प्रान्तहरूमा सामग्रीहरू पठाइएको र तिनीहरूको वितरण भइरहेको मन्त्रालयका मुहम्मद अमिन मुबारिजले बताए।

३४ प्रान्तमध्ये अफगानिस्तानका ३२ प्रान्तमा निरन्तरको हिउँ र पानीको वर्षा हुँदा ठाउँठाउँमा बाटोहरू अवरूद्ध बनेका बताइएको छ। अविरल वर्षाका कारण केही स्थानमा बाढी पहिरो गएको हो।

यसैबीच भीषण हिमपातका कारण बन्द भएका सेवाहरूलाई पुनः सञ्चालनमा ल्याउन जनश्रम मन्त्रालय र अन्य केही निजी कम्पनीहरू पनि विपद् व्यवस्थापन अधिकारीहरूसँग सम्पर्कमा रहेको पनि मुबारिजले बताए।

काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने सलाङ राजमार्ग भारी हिमपात र हावाका कारण पूर्णरूपमा अवरूद्ध बनेको खामा प्रेसले जनाएको छ। एजेन्सीहरुको सहयोगमा तयार परिएको।

प्रतिक्रिया

आजको ट्रेन्डिङ