आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अब चिनियाँ राष्ट्रपति आजिबन सत्तामा बस्ने, यस्तो नियम लागु भएपछि विश्वभर तरङ्ग

प्रकाशित
890
SHARES

एजेन्सी। चिनियाँ कम्युनिष्ट पार्टी सीसीपीले राष्ट्रपति सी जिङपिङलाई थप शक्तिशाली बनाउने एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ।सीसीपीको केन्द्रीय बैठकको छैटौं सत्रमा ‘ऐतिहासिक प्रस्ताव’ पारित भएको हो।

पार्टीका ‘महत्वपूर्ण उपलब्धि र ऐतिहासिक अनुभव’ सम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित भएको सीएनएनले जनाएको छ। पार्टीको १० वर्षे इतिहासमा तेस्रो पटक पारित भएको ‘ऐतिहासिक प्रस्ताव’मार्फत् राष्ट्रपति सीले आफ्नो अधिकारलाई दस्तावेजीकरण गर्दै पछिसम्म शक्तिशाली बन्ने र भविष्यसम्म आफ्नो विरासत राख्न चाहेको देखिन्छ।

सीसीपीले ‘ऐतिहासिक प्रस्ताव’ पारित गरेको यो तेस्रो पटक हो। यसअघि सन् १९५४ र १९८१ मा पारित ऐतिहासिक प्रस्तावले माओत्से तुङ र देङ सियाओपिङको शक्ति एवं अधिकार थप मजबुत बनाएका थिए।

सरकारी समाचार माध्यम सिन्हुआद्वारा बिहीबार प्रकाशित एक वक्तव्यमा सीको नेतृत्वमा पार्टीले ‘यसअघि समाधान हुन नसकेका तर एजेन्डामा रहेका कैयौं अप्ठ्यारा समस्या समाधान गरेको र अपेक्षा गरिएका तर हुन नसकेका कैयौं कार्य सम्पन्न भएको’ उल्लेख छ।

त्यस्तै, प्रस्तावमा ‘पार्टीका सबै सदस्यले एकताबद्ध भई काम गर्ने कुरालाई सुनिश्चित गर्नका लागि केन्द्रीय समिति र पार्टीभित्र कमरेड सीको आधारभूत पोजिसनलाई दृढतापूर्वक समर्थन गर्ने र केन्द्रीय समितिको अधिकार,

समितिको केन्द्रीकृत एवं एकीकृत नेतृत्वलाई ढाडस दिने’ उल्लेख छ। सन् २०१८ मा चिनियाँ संसदले संविधानबाट राष्ट्रपतिको कार्यकालसम्बन्धी समय सीमा हटाएपछि सीलाई जीनवभर शासन गर्ने बाटो खुलेको थियो ।

साथै, सीले आफ्नै राजनीतिक विचारधारा स्थापित गर्दै पार्टीको विधानमा उल्लेख गर्न सफल भइसकेका छन्। यस्ता कदमबाट राष्ट्रपति भएयता उनको महत्वाकांक्षा बढ्न थालेको प्रस्ट हुन्छ।

यसअघि माओ र देङले मात्रै यस्तो कदम चालेका थिए । शुद्धीकरण अभियानसँगै सन् १९४५ मा पारित प्रस्तावले माओको एकल अधिकार स्थापित गरेको थियो भने १९८१ मा माओकालीन साँस्कृतिक क्रान्तिका त्रुटि औल्याउँदै पारित गरिएको प्रस्तावपछि देङको सुधारवादी विचारले पार्टीलाई मार्गदर्शन गराएको थियो ।

हाल आएर सीको नेतृत्वमा चीनले थप निरंकुश नीति अख्तियार गर्न थालेको छ। उनले पार्टीभित्र आफ्नो पकड थप बलियो बनाउँदै गएका छन्। त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्धमा समेत कडा तथा आक्रामक अडान राख्दै आएका छन्।

तेस्तै, हिन्द-प्रशान्त क्षेत्रमा दुई देशको गठबन्धन बलियो बनाउन अमेरिका र जापान सहमत भएका छन्। प्रशान्त क्षेत्रमा चिनियाँ सेनाको बढ्दो उदयसँगै बेइजिङलाई ‘काउन्टर’ दिन र गठबन्धलाई थप शक्तिशाली बनाउन दुबै देश सहमत भएका हुन्।

अमेरिकाका हिन्द–प्रशान्त कमान्ड जोन अक्विलिनाको टोकियो भ्रमणका अवसरमा सहमति भएको हो। भ्रमणका अवसरमा अक्विलिनाले जापानी प्रधानमन्त्री फुमिओ किशिदासँग भेटावार्ता गरेका थिए।

भेटमा हिन्द-प्रशान्तमा क्षेत्रमा चीनले एकतर्फी रुपमा आफ्ना गतिविधि बढाएको र उत्तर कोरियाले हालै प्रहार गरेको मिसाइल परीक्षणबारे दुबै जनाले चासो देखाएका थिए।

सो अवसरमा अक्विलिनाले हिन्द–प्रशान्त क्षेत्रमा शान्ति, स्थायित्व र समबृद्धि कायम गर्न अमेरिकी प्रतिबद्धता दोहोराएका थिए। अक्विलिनाले रक्षामन्त्री नोबुओ किसी र नवनियुक्त विदेशमन्त्री योशिमासाा हायासीसँग पनि भेट गरेका थिए।

रक्षामन्त्रीसँगको भेटमा हिन्द महासागरको सुरक्षा पकड कायम राख्न र चीनको हस्तक्षेप रोक्न दुई देशबीच संयुक्त सैन्य अभ्यासदेखि जापानालाई अमेरिकाले हतियार उपलब्ध गराउने विषयमा छलफल भएको थियो। हिन्द–प्रशान्त क्षेत्रमा पछिल्लो समयमा चिनियाँ सेनाको उपस्थित बाक्लोे छ।

यता, अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ताको तयारी भएको छ। आउँदो हप्ताभित्र बाइडेन र सीबीच भर्च्युअल रुपमा वार्ताको तयारी भएको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

ह्वाइट हाउसका प्रवक्ता तथा वासिङ्गटनमा रहेको चिनियाँ दूतावासले आउँदो हप्ता नै वार्ताको तयारी भए–नभएकोबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

बाइडेन सत्तामा आएपछि अमेरिका र चीनका कूटनीतिज्ञबीच भएको वार्ता तनावपूर्ण आरोप–प्रत्यारोपमा परिणत भएको थियो। विश्वका दुई महाशक्ति राष्ट्रबीचको खराब सम्बन्ध सुधारका लागि शीर्ष नेताबीचकै वार्ताको तयारी भएको दाबी गरिएको छ।

गएको महिना जुरिचमा अमेरिका र चीनका शीर्ष अधिकारीबीच भएको वार्तामा बाइडेन र सीबीच यो वर्षको अन्त्यसम्ममा भर्च्युअल बैठक गर्ने सहमति भएको थियो। त्यसअनुरुप नै आउँदो हप्ता वार्ताको तयारी भएको हो।

अमेरिका र चीनबीच व्यापार, मानव अधिकार तथा सैन्य गतिविधिसहितलाई लिएर तनाव छ। जारी जलवायु सम्मेलनमा सहभागी नभएको भन्दै हालै अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपति र रुसी राष्ट्रपतिको आलोचना गरेका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ