आज : गते

ताजा शिर्षकहरु

मेडिकल माफियालाई विद्यार्थीले दले संहदरबार भित्रै कालोमोसो

प्रकाशित
698
SHARES

काठमाडौं। नोबेल कलेज र काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले शिक्षा मन्त्रालय परिसर सिंहदरबारभित्रै कालोमोसो दलेका छन्।

शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन्।

विद्यार्थीले नमस्कार गरेर शर्मालाई कालोमोसो दलेका थिए। कालोमोसोले पोतिएका शर्मा मन्त्रालयमा नै मुख धोइ गाडी चढेर सिंहदरबारबाट निस्किएका थिए। कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएका छन्।

उनीहरूले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विरोध गर्दै आइरहेका छन्। शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो।

बैठकले विद्यार्थीहरुको छात्रावास सम्बन्धी समस्यालाई शिक्षण संस्था तथा अभिभावक एवं विद्याथीहरुबीच आपसी छलफल गरी सहमतिमा निरुपण गर्ने र यसका लागि विश्वविद्यालयले सहजीकरण गर्ने निर्णय बताइएको छ।

यस्तै एमबीबीएस समेतका कार्यक्रमका लागि शुल्क निर्धारण गर्ने क्रममा कुल शुल्क अन्तर्गत विश्वविद्यालय, विषयगत काउन्सिल र शिक्षण संस्थालाई बुझाृनुपर्ने शीर्षकगत रकमसमेत निर्धारण गर्ने कार्यमा आयोगले तत्काल कार्यरम्भ गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा देखिएक असहजता निरुपणका लागि विज्ञ, सम्बन्धित निकाय र सरकारवाला पक्षसँग छलफल र परामर्श गरी संशोधनका सम्बन्धमा आयोगले सरकारलाई राय परामर्श उपलब्ध गराउने भएको छ।

त्यस्तै, चिकित्सा शिक्षाको विभिन्न शैक्षिक कार्यक्रमहरूमा सिट रिक्त रहने समेतको विषयलाई मध्यनजर गरी एकीकृत प्रवेश परीक्षा प्रणालीमा आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको मन्त्रालय स्रोत जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, मेडिकल कलेज सञ्चालक, विद्यार्थीसहित भएको बैठकमा भएका निर्णयप्रति मेडिकल सञ्चालकहरुले भने ‘नोट अफ डिसेन्ट’ अर्थात फरक मत लेखेका थिए।

तेस्तै, नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरुबीच झापा र गैरझापाको विवादले उग्र रुप लिएको छ। झण्डै दुई वर्षअघि नियुक्त गभर्नर महाप्रसाद अधिकारी, अघिल्लो वर्ष फागुनमा नियुक्त डेपुटीहरु निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे सबैजना झापाका भएपछि अन्य कार्यकारी र निर्देशकहरु असन्तुष्ट बनेका हुन्।

यसअघिको सरकारले नियुक्त गरेका गभर्नर र डेपुटीहरुको सम्बन्धमा बैंक व्यवस्थापनले केही गर्न नसक्ने भएपछि कम्तिमा जनशक्ति व्यवस्थापन विभागबाट घिमिरेलाई बहिर्गमन गरेर अरु डेढ दर्जन कार्यकारीमध्येबाट एक जना ल्याइनुपर्ने भन्दै उनीहरुले शक्ति केन्द्रसमेत धाएका हुन्।

यो विषय बैंकभित्रका नेपाली काँग्रेस र माओवादीनिकट कर्मचारी युनियनहरुले गभर्नर अधिकारीसमक्ष उठाइसकेको बताइन्छ। डेपुटीले ‘यस्तो पनि आउँदैन ?’ भनेर विद्यालयमा शिक्षकले विद्यार्थीलाई हप्काएझैँ गरेपछि अन्य प्रतिनिधिहरुले मुखामुख गरेका थिए।

घिमिरेले एमाले युनियनभित्रको एउटा पक्ष र पूर्वगभर्नर तथा अर्थमन्त्री युवराज खतिवडाका छोरीज्वाईं एवम् बैंकको पोखरा कार्यालयका निर्देशकको निर्देशनमा खटनपटन गरिएको भन्दै उनीहरुले वरिष्ठ कार्यकारी निर्देशकमध्येबाट एक जनालाई जनशक्ति विभागको जिम्मेवारी दिनुपर्ने आवाज उठाएका हुन्।

यो आवाज उठाउँदै माओवादी युनियनका केही पदाधिकारीले अर्थमन्त्री जनार्दन शर्मा गुहारेका छन् भने काँग्रेस युनियनका देउवा र कोइराला दुबै समूहले नेतृत्वलाई समस्या सुनाइसकेको स्रोतको दाबी छ।

राजनीतिक रुपमा पियनदेखि निर्देशक तहसम्मका कर्मचारीलाई छिमल्न थालेपछि घिमिरेप्रति केन्द्रीय बैंकका अधिकांश कर्मचारी एकातर्फ उभिएका हुन्। उनले कर्मचारीको बढुवा र सरुवामा एकतर्फी सिफारिस र निर्णय गरेपछि जनशक्ति विभागबाट धेरै जना निर्देशकले सरुवा मागिसकेका छन्।

घिमिरेकै कारण बैंकको जनशक्ति व्यवस्थापन विभागमा असन्तुष्टी देखिएको विषयमा गभर्नरसमेत जानकार रहेको एक जना कार्यकारी निर्देशकले बताए। यतिखेर बैंकमा विगतमा झैं बढुवा र सरुवाको सिजन शुरु भएको छ।

विरोधीलाई छानेर काखा र पाखा गर्न थालेपछि सबैभन्दा कनिष्ठ कार्यकारी निर्देशकलाई जनशक्तिबाट हटाउन माग गरिएको काँग्रेसको वित्तीय संस्था कर्मचारी संघ र माओवादीको राष्ट्रिय कर्मचारी संगठनका पदाधिकारीहरुले स्वीकारेका छन्।

हालै उपनिर्देशक र निर्देशकहरुको काठमाडौं बाहिरका कार्यालयमा गरिएको सरुवामा गभर्नरलाई पत्तो नदिएर उनैले खेल खेलेको भन्दै कर्मचारीहरु रुष्ट भएका हुन्।

त्यसैगरी कर्मचारीको बढुवाअघि गरिने प्राप्ताङ्क गोप्य नम्बर मोडरेसनमा उनले राम्रैसँग चलखेल गरेको आशंकामा अरुले जनशक्ति विभाग प्रमुख सरुवाको विषय चर्काएको स्रोतको दाबी छ।

उनको निर्णय र निर्देशनका कारण केही महिनाअघि एमाले युनियनमा वर्षौैंदेखि रहेका झण्डै डेढ दर्जन कर्मचारीले माओवादी संगठन रोजेका थिए। यता हालै भएको निर्देशक तहका कर्मचारीको आन्तरिक प्रतियोगितामा डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना विवादमा तानिएकी छन्।

उपनिर्देशकबाट निर्देशकमा बढुवाको लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षामा उत्तिर्ण झण्डै आधा दर्जन कर्मचारीको अन्तर्वार्तामा तिम्सिनाले अर्थ न बर्थको प्रश्न सोधेपछि आयोगका प्रतिनिधिसमेत छक्क परेका हुन्।

विशेषगरी नीतिगत तहमा बढुवा गर्न लागिएका कर्मचारीलाई नीतिगत प्रश्न सोध्नुपर्नेमा ढुंगानाले हाजिरी जवाफमा झैँ सामान्य ज्ञानको प्रश्न तेर्साएकी थिइन्। एक जना उम्मेदवारलाई उनले सम्बन्धित फाँट वा विभागको प्रश्न नसोधी पटक पटक सामान्य ज्ञान मात्रै सोधेको अन्तर्वार्तामा सहभागी एकजना प्रतिनिधि अधिकारीले बताए।

डेपुटीको सोधनीपछि उम्मेदवारले पनि सामान्य ज्ञानबारे आफू जानकार नभएको भनेर दिएको जवाफ अरू प्रतिनिधिहरूलेसमेत सुने। त्यसपछि डेपुुटीले ‘यस्तो पनि आउँदैन ? भनेर विद्यालयमा शिक्षकले विद्यार्थीलाई हप्काएझैँ गरेपछि अन्य प्रतिनिधिहरुले मुखामुख गरेका थिए।

सामान्यतयाः अन्तर्वार्तामा सहभागी उम्मेदवारलाई सोधिने प्रश्नको बारेमा हाकिमहरु पहिले नै स्पष्ट हुनुपर्ने लोकसेवा आयोग स्रोतले बताएको छ। त्यसैगरी कुनै पनि प्रश्न सोधेपछि अन्तर्वार्तामा उपस्थित उम्मेदवारलाई कोठाभित्रै हप्काउने वा माया गर्ने आशयले केही पनि बोल्न नपाइने प्रशासनिक मान्यतासमेत रहेको बताइन्छ।

दुई वर्षअघि उपनिर्देशक तहको निम्ति यसैगरि लिइएको अन्तर्वार्तामा बैंककी एक जना महिला उम्मेदवारले पनि अन्तर्वार्ता लिनेको झाँको झारेकी थिइन् । उपनिर्देशक तहको अन्तर्वार्तामा खरिदार र मुखियालाई सोध्ने सरहको ५० दरको नोट कहिले प्रकाशित भएको भन्ने प्रश्न तेर्साएपछि उनले त्यतिबेला डेपुटीहरु उपस्थित अन्तर्वार्तामा ‘यस्तो पनि प्रश्न सोध्ने ?

भनेर उल्टै प्रतिप्रश्न गरेकी थिइन्। अहिले सरुवा गरेर सुदूर पुर्याइएकी तिनले अन्तर्वार्तामा ‘उपनिर्देशकलाई उपनिर्देशक सरहको प्रश्न सोध्नुहोला, खरिदार वा मुखियाको होइन’ भनेपछि सबै तैं चुप मै चुप भएका थिए।

हाकिमहरुसँग मुखमुखै लागेको भन्दै उनलाई अन्तर्वार्तामा अनुतीर्ण गराउन खोजे पनि लिखितमा अरुलेभन्दा धेरै नम्बर ल्याएकाले उतिर्ण गराउन बैंक व्यवस्थापन बाध्य भएको थियो। जनआस्थाबाट।

प्रतिक्रिया