आज : गते

ताजा शिर्षकहरु

योगेश भट्टराई हतियार तस्कर भएको खुलासा

प्रकाशित
1.1K
SHARES

काठमाडौ।  नेकपा एमालेका सचिव योगेश भट्टराईमाथि हतियार तस्करीको आरोप लागेको छ। पर्यटन मन्त्री प्रेम आलेले एक टेलिभिजन अन्तर्वार्तामा उनीमाथि यस्तो गम्भिर आरोप लगाएका हुन्।

जतिबेला माओवादी युद्ध चर्किएको थियो। माओवादी साथीहरु भूमिगत हुनुहुन्थ्यो। सेना र माओवादीको बीचमा वार भइरहेको थियो। त्यो खरखजानासहित २ नम्बरी गर्नुहुन्थ्यो।

उहाँ ताप्लेजुङबाट लुरुलुरु काठमाडौं आएको त हो नी। त्यही खरखजाना बेचेर काठमाडौंमा घर बनाउनु भएको छ,’ मन्त्री आलेले टेलिभिजन अन्तर्वार्तामा भनेका छन्,‘त्यो पनि सोध्नु होला।

उहाँ त हतियार खरखजानाको तस्करी गर्नुहुन्थ्यो। हाम्रो पार्टीका आदर्णीय। नेता पूर्व प्रधानमन्त्री माधव नेपाल प्रधानमन्त्री हुँदाखेरि उहाँ मातहतको मन्त्रीलाई तपाईंले काम गर्न सक्नु भएन भनेका हौ।

तेती भन्दाखेरि उहाँले तपाईं हतियारको तस्करी गर्ने भन्दाखेरि उहाँ चुप्पो लाग्नु भयो। मन्त्री आलेले भट्टराईले तातोपानी नाकाबाट हतियारको तस्करी गर्ने गरेको आरोप समेत लगाए।

त्यस्तै पर्यटन बोर्डका निवर्तमान सिइओ धनन्जय रेग्मीले समेत विमानस्थलबाट ३० ग्राम सुन तस्करी गरेपछि भन्सारले जरिवाना तिराएको समेत उनले पोल खोलिदिएका छन्।

रेग्मीसँग समेत योगेशको पार्टनरसिप रहेको हुनसक्ने उनको आरोप थियो। यो सामाचार मोटिभेट न्यूजबाट साभार गरिएको हो।  तेस्तै,नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य धीरेन्द्रा कुमारी उपाध्याय ‘भृकुटी’ले दलाल पुँजीवादी संसदीय व्यवस्थाको घृणित चरित्रलाई भण्डाफोर गर्न पत्रकारलाई आग्रह गरेकी छन्।

गुल्मी–पाल्पा इन्चार्ज समेतरही भृकुटीले महिलालाई जीवन निर्वाहका लागि शरीर बेच्न बाध्य बनाउने दलाल व्यवस्थाको जनपत्रकारहरूले भण्डाफोर गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाको प्रचार गर्नुपर्ने बताएकी हुन्।

जनपत्रकार सङ्गठन पाल्पाले जिल्ला सदरमुकाम तानसेनमा आयोजना गरेको तीनदिने आधारभूत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई शुभकामना दिँदै नेकपा नेत्री भृकुटीले भनिन्।

लाल पुँजीवादी शासकहरूले सञ्चारलाई सत्ता संरक्षणको साधन बनाएका छन्। हामीले उनीहरूको शोषण र दलालम्खी संरचना भत्काएर नयाँ निर्माण गर्ने हो। पुरानालाई भत्काएर नयाँ निर्माणका लागि युवा जनपत्रकारहरूको भूमिका महत्वपूर्ण छ ।

मुलुकको शिक्षा, स्वास्थ्य, रोजगारी सबैतिर दलाल पुँजीवादको हस्तक्षेप रहेको र दक्ष जनशक्ति पनि निर्माण नभएकाले मुलुक अदक्ष कामदार उत्पादन गर्ने कारखानाका रूपमा परिणत भएको उनले बताइन्।

आफूलाई काठमाडौँ दरमार्ग प्रहरी खोरमा आस्थाको बन्दी बनाइएको समयमा उक्त चौकीमा पक्राउ गरेर ल्याइएका शरीर बेच्न बाध्य महिलाहरूलाई देखाउँदै प्रहरी अधिकृतले ‘तपाईंहरूको क्रान्तिले यी महिलाको जीवन बदल्न सक्नुपर्छ।

तेस्तो भनेको सन्दर्भ उठाउँदै नेत्री भृकुटीले श्रमिक नागरिकलाई आत्मसम्मान साथ जीवन निर्वाह गर्न सक्षम बनाउने क्षमता निर्माण गर्ने पत्रकारिता आजको आवश्यकता रहेको धारणा राखिन्।

पद र पैसा नभएको व्यक्तिका लागि राज्य र सरकार दुवै आफ्ना नभएको भन्दै नेत्री भृकुटीले सर्वहारा वर्गीय पत्रकारिताले देश र जनताको यथार्थ अवस्था सार्वजनिक गर्नुपर्ने खाँचो औँल्याइन्।

तालिम सफलताको शुभकामना प्रदान गर्दै प्रमुख प्रशिक्षक रातो खबर प्रकाशन गृहका सम्पादक तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदीले वर्गीय समाजमा राजनीति, अर्थ र संस्कृतिजस्तै पत्रकारिता पनि वर्गीय हुने भएकाले जनपत्रकारहरूले श्रमिक जनताका पक्षमा र दलाल पुँजीवादी सत्ताका विरुद्ध सञ्चारकर्मलाई केन्द्रित गर्नुपर्ने बताए।

असल पत्रकार बन्नका लागि सञ्चारकर्ममा आफ्नो भविष्य देख्न र त्यसप्रकारको चरित्र निर्माण गर्न सक्नुपर्ने धारणा राख्दै उनले लेनिनले सञ्चारलाई सङ्गठक, प्रचारक र आन्दोलनकर्ता भन्नुको आशय यसको बहुआयामिकता रहेको प्रस्ट पारे।

पाल्पा जिल्लामै जनपक्षीय पत्रकारिताका लागि चार दर्जन युवा तयार हुनु र त्यसमा पनि सत्तरी प्रतिशतको हाराहारीमा महिला तयार हुनु लोभलाग्दो र उदाहरणीय रहेको भन्दै सुवेदीले श्रमजीवी जनतालाई आमूल परिवर्तनका पक्षमा लामबद्ध गराउने र वैज्ञानिक समाजवादका निर्माता बनाउने काममा जनपक्षीय सञ्चारको महत्वपूर्ण भूमिका रहने धारणा राखे।

नेकपा पाल्पाका सेक्रेटरी भुवन जीसीले अबको युग सञ्चारको युग रहेको बताए। सूचना हुने मानिस सम्पन्न हुने धारणा राख्दै जीसीले जनपक्षीय पत्रकारिताले भोको पेटमा स्वतन्त्रताको फोस्रो नारा लगाउनेको नभएर पहिला खाना, त्यसपछि स्वतन्त्रताका पक्षमा कलम चलाउनुपर्ने प्रस्ट पारे।

जनपत्रकार सङ्गठन लुम्बिनीका कोषाध्यक्षसमेत रहेका जनपत्रकार सङ्गठन पाल्पाका इन्चार्ज मुक्ति गैरेको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रमको सञ्चालन मोहन निवाङले गरेका थिए।

प्रमुख अतिथि भृकुटी र विशेष अतिथि सुवेदीले मैनबत्ती बालेर तालिम उद्घाटन गरेका थिए। जिल्लाका विभिन्न भागबाट भेला भएका तीसभन्दा बढी युवा सहभागी पत्रकारिता तालिम तीन दिन सञ्चालन हुने बताइएको छ।

तालिममा प्रमुख प्रशिक्षक अशोक सुवेदीले छापा सञ्चार र जनपक्षीय पत्रकारिता, जनपत्रकार सङ्गठनका केन्द्रीय सदस्य आलोक लिम्बुले रेडियो पत्रकारिता तथा उद्घोषण र जनपत्रकार सङ्गठन लुम्बिनीका सचिव अनिल नेपालीले अनलाइन पत्रकारिता र यसका आयामका विषयमा तीन दिनसम्म तालिम दिने कार्यक्रम छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ