आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लाइसेन्स ट्रायल ननिकालेहरुका लागि खुसीको खबर, ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन

प्रकाशित
441
SHARES

काठमाडौ। अहिलेसम्म पनि लाइसेन्स ट्रायल ननिकालेहरुका लागि खुसीको खबर छ। ७० अंक ल्याए पास हुने कार्याविधि बल्ल कार्यान्वयनमा आएको हो। कञ्चनपुरको महाकाली यातायात कार्यालयले सवारी चालक अनुमति पत्रको लागि ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन गरेको छ।

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक महाकाली यातायात कार्यालयले बुधबारदेखि लागू हुने गरी ट्रायलमा ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ १ गतेदेखि लागू हुने गरी सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ जारी गरेपनि संघ र प्रदेशबीचको अन्यौलता र दुई संयन्त्रबीच समन्वय हुन नसक्दा ट्रायलमा नयाँ व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन।

सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ अनुसार सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अंक भार ल्याएको खण्डमा ट्रायल पास हुने।

र अब अंकको आधारमा चालकले अनुमति–पत्र पाउन सक्ने महाकाली यातायात कार्यालय कञ्चनपुरका प्रमख विनोद कुमार मालीले बताए।सरकारले ७० प्रतिशत अंक ल्याए सवारी चालक अनुमति पाउने ब्यवस्था गरेपछि,

आफूहरुलाइ अनुमति पत्र पाउन सजिलो भएको उनले बताए। त्यस्तै पछिल्लो समय सवारी चालक अनुमतिका लागि नयाँ फर्मको भिजिट डेट र ट्रायल ढिलो आउने भएकाले सकेसम्म छिटो ट्रायल भइदिए आम मानिसलाइ सजिलो हुने स्थानीयको भनाइ छ।

प्रदेश सरकार मातहतका अधिकांश यातायात व्यवस्था कार्यालयले भने ७० अंक ल्याए पास हुने ट्रायल लागू गर्न आनाकानी गरिरहेका छन्। नयाँ निर्देशिका कार्यान्वयन नहुँदा सवारी चालकको प्रयोगात्मक परीक्षा दिनेले अहिले पनि पुरानै ट्रायल पद्धतिबाट दिँदा मर्कामा परेका छन्।

तेस्तै, कोरोनाले असर नगरेको भन्दै विद्यालयरुधमाधम खोल्ने निर्णय सार्वजनिक हुन थालेका छन्। महोत्तरीको एक स्थानीय तहले संघीय सरकारको निर्देशन अटेर स्थानिय तहभित्रका सबै स्कुलहरु सञ्चालन गर्ने निर्णय गरेको हो।

कोभिड संक्रमण बढेको भन्दै केन्द्र सरकारले १५ माघसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिए पनि गौशाला नगरपालिकाले भने ४ माघदेखि पालिकाभित्रका सबै विद्यालय खोल्न निर्देशन दिएको छ।

संघीय सरकारले निर्देशन जारी गरेकै दिन बसेको नगरपालिकाको शिक्षा समितिको बैठकले ४ माघपछि कुनै पनि सिक्षण संस्था बन्द नगर्ने निर्णय गरेको हो।

यद्यपि, नगरपालिकाले २८ पुसदेखि ४ माघसम्म वर्षे बिदा कट्टा हुनेगरी जाडो बिदा भने दिएको छ। यसपछि सबै विद्यालय भौतिक उपस्थिति मै खुल्ने नगरपालकिाले जनाएको छ।

पालिकाले २७ पुसमा सूचना प्रकाशित गरी कोरोना संक्रमण रोक्न स्वास्थ्य मापदण्ड अपनाएर ४ माघपछि विद्यालयहरूमा नियमित पठनपाठन गर्न भनेको छ। विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गरी जोखिमप्रति सचेत हुँदै,

सम्पूर्ण शिक्षण संस्था खोल्ने निर्णय गरेका हौँ, नगरप्रमुख शिवनाथ महतोले भने।नगरपालिकाको निर्णयलाई शिक्षण संस्थाहरूले समेत स्वागत गरेका छन्। जोखिमलाई आंकलन गरी सुरक्षित,

वातावरणमा पठनपाठन गराउने निजी तथा सरकारी विद्यालयहरूले प्रतिबद्धता जनाएका छन्। तर, जिल्लाका अन्य पालिकाले भने केन्द्रको सूचनाको पालना गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया