आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाली सेनाले जारी गरेको यस्तो सूचनाले देश तरंगित

प्रकाशित
2.3K
SHARES

काठमाडौं। नेपाली सेनाले अधिकृत क्याडेट पदमा विज्ञापन खुलाएको छ। नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि आज विज्ञापन खुलाएको हो। खुलातर्फ १२० जनाको कोटा छ।

यसैगरी शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना पिछडिएको क्षेत्रबाट ५ जनाको कोटा छ।

आजदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद छ। दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ।

त्यस्तै नेपाली सेनाले न्‍यूनतम १० वर्ष सेवा गरेका आफ्ना कर्मचारीलाई घर निर्माणका लागि सहुलियत दरमा ऋण दिने भएको छ। बुधबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्‍यालय जङ्गी अड्डामा उक्त कार्यक्रमको शुभारम्भ गरे।

सैनिक सेवामा १० वर्ष पूरा गरेका तर आफू र श्रीमान वा श्रीमतीको नाममा घर नरहेका सैनिक कर्मचारीलाई ३.३२ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको आवास कर्जा दिने सेनाले घोषणा गरेको छ।

यो सुविधा अन्तर्गत हहालसम्‍म २० जनाले घरकर्जाका लागि निवेदन दिइसकेको र त्‍यसमध्‍ये ७ जनाको प्रक्रिया पूरा भई बैंकमा सिफारिस भइसकेको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ।

यसअघि प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो पदवहालीपछि पहिलो सम्बोधनमा आवास कर्जा कार्यक्रमको घोषणा गरेका थिए। त्यसपछि नेपाली सेनाको सैद्दिक कल्याणकारी कोष, राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय बिमा संस्थानबीच सहुलियत ऋणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

यस्तो कर्जा लिन काठमाडौं उपत्यकाका सैनिक कर्मचारीले जंगी अड्डास्थित सैनिक कल्याणकारी महानिर्देशनालयको आवास कर्जा कार्यान्वयन इकाइमा र उपत्यका बाहिर सैनिक कर्मचारीले नेपाली सेनाको युनिट वा कल्याणकारी कोषको हिताधिकारी कल्याण केन्द्रहरुमा आवेदन दिन सक्ने सेनाले जनाएको छ।

सहुलियत कर्जा स्वीकृत भएपछि धितो मूल्यांकनको आधारमा सैनिक कर्मचारीले घर खरीद गर्न एकमुष्ट र घर बनाउन पहिलो किस्तामा ४० तथा दोस्रो र तेस्रो किस्ता ३०-३० प्रतिशत रकम पाउनेछन्।

तेस्तै, नेपाली सेनाका बिचौलियाले यस्तो बबाल गर्न थालेपछि जंगिअड्डामा खैलाबैला: बिचौलियाहरू अनुहार फेरी-फेरी कसरी हावी हुन्छन् भन्ने एउटा दृष्टान्त छ, नेपाली सेनामा। वर्तमान सरकारमा सञ्चार मन्त्री रहेका ज्ञानेन्द्र कार्कीका कान्छा भाइ हुन्, लोकेन्द्र ०५२ सालमा बनेको ‘सोल्टिनी’ फिल्मका हिरो उनको खास धन्दा हो, बिचौलियाको।

सेनाको राशन ठेक्काबाट व्यवसायमा हात हालेका उनले अहिले दिपक भट्ट, अविनाश शर्माहरूसँग मिलेर सेनाका लागि हतियार खरिदमार्फत करोडौं रकमको नाफा खान थालेका छन्। नेपाली सेनाले वर्षौंदेखि प्रयोग गर्दै आएको अमेरिकी एम १६ राइफललाई दक्षिण कोरियाको के टू सिरिजका १० हजार थान असल्ट राइफलले विस्थापित गर्दै उनी थप करोडौँ कुम्ल्याउने दाउमा लागेका हुन्।

यस्तो डिल गरेबापत हालै रिटायर्ड भएका एक ठूलै हाकिमका रायमाझी थरका सालोलाई दुबईको पाम विचमा फ्ल्याट किनिदिएको चर्चा छ। यो धन्दामा भारतीय दूतावासको अफिसर हुँ भन्ने अभिषेक चौवे पनि संलग्न छन्। उनी विभिन्न राजनीतिक दलका नेतासँग सघन सम्बन्धमा रहेका व्यक्ति हुन्, एमाले युथफोर्सका सञ्जय झासम्मलाई साथ लगाएर हिँड्छन्।

यही गिरोहमार्फत लोकेन्द्रले पूर्णचन्द्र थापा घर जानुअघि केपी ओलीलाई भनेर २ अर्ब ४० करोडको हतियार खरिद गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट पास गराएका थिए। अहिले नयाँ प्रधानसेनापति आएका छन्, तर कामचाहिँ पुरानै निर्णयअनुसार अगाडि बढिरहेको छ। त्यसका लागि सेनाको अत्यावश्यक खरिद शीर्षकका रकम कटौती गरेर हतियार खरिदमा हालिएको हो।

सिंगापुरमा एनसेलका लगानीकर्ता सतिशलाल आचार्यको सहयोगले लोकेन्द्रको आफ्नै नाममा कम्पनी छ। उनी त्यहाँ आवासीय अधिकार ९पिआर० प्राप्त व्यक्ति पनि हुन्। सेनाले शुरुमा अमेरिकासँगै ४२ सय थान एम १६ राइफल खरिद प्रक्रिया शुरु गरेको थियो। तर, कानुनी झमेला देखाउँदै राष्ट्र बैंकले प्रक्रिया रोकिदिएपछि गत असार २२ गते सम्झौता भई कोरियाको हतियार उत्पादक कम्पनी डेउ प्रिसिजन इण्डष्ट्रिजसँग ती हतियार खरिद गरिएको हो।

अहिलेसम्म सेनासहित नेपाल प्रहरी र सशस्त्रले समेत ७ पोइन्ट सिक्स टु का कार्टिज प्रयोग गर्दै आएकोमा कोरियासँग किनिएको हतियारमा चाहिँ ५ पोइन्ट ५ सिक्स एमएमका गोली प्रयोग हुने छन्। अर्कातिर, नेपाली सेनाले धेरै वर्षअघि रसियासँग हेलिकोप्टर किनेको रकम चोर बाटोबाट पठाइसकेपछि अहिले फेरि कजाखस्तानबाट २ थान एमआई सेभेन्टिन ल्याउने तारतम्य यही गिरोहले मिलाउँदै छ।

युरोपेली तथा अमेरिकी मुलुकले रसियालाई कालोसूचीमा राखेपछि वैधानिक विधिबाट रकम पठाउन नसक्दा बिचौलिया दिपक भट्टहरूमार्फत जर्मनी भएर रकम पठाइएको थियो। पश्चिम सेती, अपर कर्णाली, त्रिशुली, बूढीगण्डकी जलविद्युत् परियोजनासहित अरुण तेस्रोको लोकल एजेन्सी फुत्काइसकेका भट्टका दाइ सुशील लगानी बोर्डको प्रमुख कार्यकारी छन्।

उनैमार्फत कमिशन डिल भइरहेको हेलिकोप्टरको मामिला सेनाले रक्षामा पुर्याईसक्यो। सेना पैसा दिन तयार छ। दिने उपाय मात्रै नभएको हो। विदेशी मुद्रा भएको कारण अर्थ मन्त्रालयमार्फत जानुपर्छ। गौरवसमशेर राणा प्रधानसेनापति हुँदा सात वर्षअघि ल्याइएको हेलिकोप्टरको कूल ३२ मिलियन डलर भुक्तानी भइसक्यो। पछिका दुईवटाको भुक्तानी दिन खोजिँदै छ तर सामान आएको छैन।

त्यहाँ पैसा पठाउन गाह्रो छ, कालोसूचीका कारण। दिपक भट्टसहितका व्यापारी दिल्ली गएर उतैको व्यापारीमार्फत भुक्तानी गराउने तारतम्य मिलेको बताइन्छ। प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको अस्मितामा कसैले धावा बोले सेना चुप लागेर नबस्ने बताएका छन्। मकवानपुरमा रहेको जस्तो गढी त्यस्तो धावा बोल्नेहरूलाई तह लगाउन उपयोगमा आउने पनि उनले बताए। मकवानपुर एउटा सामारिक स्थान भएकाले यसको महत्व सुरक्षाको दृष्टिकोणमा सधै उपयोगि रहने छ।

बुधबार मकवानपुरको ऐतिहासिक चिसापानी गढीको संरक्षण पूर्वाधार निर्माणकार्यको शिलान्यास गर्दै शर्माले चिसापानी गढी पहिले पनि सामरिक (युद्धको) रुपमा महत्वपूर्ण रहेको र अहिले पनि महत्वपूर्ण भएको बताए। आवश्यक भएको समयमा सुरक्षा फौजको अंगहरु चिसापानी गढीमा आएर बस्न सक्ने भन्दै स्थानीयको भूमिका र सहयोगको अपेक्षा समेत शर्माले गरे।

महत्वपूर्ण गढीहरुको संरक्षण नगरे इतिहासको धरोहरहरु लोप हुदै जाने उनको भनाई थियो । नेपाली सेनाले मकवानपुरको चिसापानी गढीको संरक्षणको लागि जस्तोसुकै सहयोग गर्ने प्रधानसेनापति शर्माले प्रतिबद्धता व्यक्त गरे। ‘यो गढीको विकासको महत्व हाम्रो भविष्यको सन्ततीलाई बुझाएर संरक्षण गरेर राखिदिनु हाम्रो कर्तव्य हो,’ शर्माले भने।

नेपालको अन्य गढी, किल्ला, गणहरुमध्ये मकवानपुरको चिसापानी गढीलाई महत्वपूर्ण मानिएको छ। प्रधानसेनापति शर्माका अनुसार आफ्नो नागरिक, आफ्नो देशको सार्वभौमसत्ता र आफ्नो ऐन–कानुन विदेशीहरुलाई लगाउन बनाइएको गढ, किल्लाहरुको धेरै ऐतिहासिक महत्व छ।

‘मल्ल राजा, शाहवंश, राणाकालिन अवस्थामा चिसानपानी गढीको प्रमुख भूमिका रहेको थियो। वैद्यरअवैद्य रुपमा नेपाल छिर्नेहरुको लागी भिसा चेक गर्ने ठाउँ भएकोले यो अन्य गढीहरुको भन्दा महत्वपूर्ण मानिन्थ्यो।

देशको अहिलेको गृह मन्त्रालय, अर्थमन्त्रालय र रक्षा मन्त्रालयको काम यही ठाउँबाट हुने गरेको थियो। शर्माले भने। मकवानपुरको चिसापानी गढीको संरक्षण आधुनिक समयमा आधुनिक तरिकाले हुनुपर्नेमा शर्माले जोड दिए।

पर्यटकीय क्षेत्रका रुपमा चिसापानी गढीलाई लिइने भएकाले यसको फाइदा सबैले लिन सक्ने उनको भनाई थियो। मकवानपुरको भीमफेदी गाउँपालिकाको अग्रसरतामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशतको लागतमा चिसापानी गढीको संरक्षणको कार्य अघि बढेको छ।

४ करोड ९७ लाखमा निर्माण कम्पनि माउन्टेन(गोले जेभीसँग ठेक्का सम्झौता भएको छ। निर्माण कम्पनिले २०८० साल असार १२ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए।

चिसापानी गढीको कारागार भग्नावशेष अवस्थामा छ। इनार पुरिएको, तोपको गोला हराउनु जस्ता समस्याहरु रहेको अध्यक्ष लामाले बताए। उनले यसको संरक्षण नहुँदा पहिचान नै मेटिने अवस्थामा पुगेको भन्दै संरक्षण गर्न लागिएको बताए। चिसापानी गढीमा गार्ड हाउस, टिकेट घर, कम्पाउण्ड वाललगायतको संरक्षण हुने भएको छ।

 

Untitled

 

 

प्रतिक्रिया