आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यी हुन् सबभन्दा मँहगा दक्षिण भारतीय अभिनेत्री, कसले कति लिन्छन् ?

प्रकाशित
2.4K
SHARES

दक्षिण भारतीय फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट भयो। अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको यो फिल्म सन् २०२१ कै सबभन्दा धेरै कमाउने फिल्म हो।पुष्पा तीन सय करोड भारू कमाइको नजिक छ।

सिनेमा हलका साथै अमेजन प्राइम भिडिओमा पनि रिलिज भइसकेको फिल्मको कमाउने क्रम जारी छ। दक्षिण भारतीय फिल्म उद्योगमा निकै रूचाइएकी रश्मिकाले हालै आफ्नो पारिश्रमिक पनि बढाएकी बलिउड लाइफले लेखेको छ।

बलिउड लाइफका अनुसार रश्मिकाले आफ्नो पारिश्रमिक बढाएसँगै उनी तेलेगू फिल्मकी महँगी अभिनेत्री बनेकी छन्। रश्मिकाले यसअघि महँगो पारिश्रमिक लिने सामन्था रूथ प्रभुलाई पनि उछिनेकी छन्।

पूजा हेजः


बलिउड फिल्ममा समेत प्रवेश गरिसकेकी पूजा हेज टलिउडकी महँगी अभिनेत्री पर्छिन्। उनले एक फिल्मको साढे तीन करोड भारू लिन्छिन्।

रश्मिका मन्दनाः


रश्मिकाले पुष्पा फिल्मभन्दा अगाडि एक फिल्मको दुई करोड भारू लिन्थिन्। पुष्पाका लागि उनले तीन करोड भारू मागेकी थिइन्। निर्माताले उनले मागे जति पारिश्रमिक दिइएको बताइएको छ। यसो हो भने रश्मिका टलिउडकै दोस्रो महँगी अभिनेत्री हुने छिन्।

सामन्था रूथ प्रभुः


रश्मिकाको पारिश्रमिक बढ्नुभन्दा अगाडि सामन्था यसअघि दोस्रो धेरै पारिश्रमिक लिने अभिनेत्रीमा पर्थिन्। उनले एक फिल्मको दुई करोड भारू लिँदै आएकी छन्।

अनुष्का सेट्टीः


‘बाहुबली’ जस्तो ऐतिहासिक फिल्मकी हिस्सा बनिसकेकी अनुष्काले पनि एक फिल्मको दुई करोड भारू लिन्छिन्। धेरैले अनुष्काका लागि पारिश्रमिक कम भएको बताउछन् ।

कीर्ति सुरेशः


‘महानती’ फिल्मका लागि नेसनल अवार्ड जितेकी कीर्ति सुरेशले पनि एक फिल्मका लागि दुई करोड भारू लिन्छिन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ