आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

४ देशलाई तालिबानको अन्तिम अल्टिमेटम

प्रकाशित
2.3K
SHARES

एजेन्सी। तालिबानका कार्यकारी रक्षा मन्त्री मुल्ला मोहम्मद याकुब मुजाहिदले ताजिकिस्तान र उज्वेकिस्तानसँग अफगान विमान र हेलिकप्टरहरु फिर्ता गर्न भनेका छन्। उनले यस्तो नगरे तालिबानले कारवाही गर्ने चे’ता’व’नी दिएका छन्।

काबुलमा अफगान पाइलट र अफगान एयरफोर्सका कर्मचारीहरुलाई सम्बोधन गर्दै उनले पछिल्लो सरकार सत्ताबाट हटेपछि जो विमान छिमेकी देशहरुमा लगिएका छन्।

ती अफगानिस्तानका सम्पत्ति भएको बताउँदै छिटै ती सबै अफगानिस्तानलाई फिर्ता गरिनुपर्ने बताए। तालिबानले यस्तो उर्दी जारि गरेपछि फेरि सनसनी मचिएको छ।

उनले भने ‘हामी आफ्ना छिमेकीहरुको तुलनामा कमजोर हुन सक्छौं तर हामी डरपोक छैनौं र हामीले हाम्रा विमान र हेलिकप्टरहरुका हरेक पुर्जा फिर्ता लिएरै छाड्नेछौं।

म उनीहरुसँग आग्रह गर्न चाहन्छु कि उनीहरु हाम्रो धैर्यको परीक्षा नलिउन् र हाम्रा विमान र हेलिकप्टर हामीलाई फिर्ता दिउन्। मोहम्मद याकुब मुजाहिदले देश छोडेर नजाने अफगान वायु सेनाका पाइलट र इन्जिनियरहरुलाई धन्यवाद दिए।

र गत महिना देश छोडेर गएकाहरुलाई फर्किन अपिल गरे। टोलो न्यूजमा प्रकाशित एक रिपोर्टका अनुसार अफगान रक्षा मन्त्रालयले गत वर्ष अगष्टमा तालिबान सत्तामा आएपछि ४० भन्दा धेरै हेलिकप्टर छिमेकी देश ताजिकिस्तान र उज्वेकिस्तान लगिएको बताएको छ।

अहिलेसम्म ताजिकिस्तान र उज्वेकिस्तानका अधिकारीहरुले यस विषयमा कुनै टिप्पणी गरेका छैनन्। तालिबानले आफ्ना छिमेकीहरुप्रति यति कठोर भाषा र चेतावनीको प्रयोग गरेको यो पहिलो पटक हो।

पछिल्लो समय तालिबानको पाकिस्तानसँग जोडिएको डुरंड रेखा, तुर्कमेनिस्तान र इरानसँग जोडिएको सीमामा तनाव बढेको छ। तालिबानले यसलाई कूटनैतिक रुपमा सुल्झाइने बताएको छ।

अफगानिस्तानका उपप्रधानमन्त्री मुल्ला अब्दुर घानी बरादरले पूर्वराष्ट्रपति असरफ घानीको ह’त्याको कुनै योजना नभएको बताएका छन्। मुल्ला बरादरले अफनानिस्तानको सरकारी टेलिभिजनलाई एक अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन्।

बिबिसीलाई अन्तर्वार्ता दिँदै पूर्वराष्ट्रपति घानीले तालिबानले काबुल कब्जामा लिएपछि आफ्नो ह’त्या’को योजना बनाएको बताएका थिए।घानीले सन् २०२१ अगस्टमा अफनानिस्तान छोडेका थिए।

बिबिसीसँगको अन्तर्वार्तामा आफूलाई सहयोग गर्ने सबैको ह’त्या निश्चित रहेको बताएका थिए। तालिबान नेता मुल्ला बारादरलाई अफगानिस्तानको सरकारी टेलिभिजन आरटिए वर्ल्डले घानीको ह’त्याको कुनै योजना रहे नरहेकोबारे प्रश्न गरेको थियो।

त्यसको जवाफमा मुल्ला बरादरले विदेशीसँग मिलेर पनि अफगानिस्तानमा बसेका कसैलाई पनि खतरा नभएको बताएका थिए। प्रस्तोताले फेरि सोध्छन् : ‘जे भनिएको थियो त्यो गलत छ ?’ बरादरले त्यसमा कुनै पनि सच्चाई नभएको जवाफ दिएका छन्।

मुल्ला बरादरले अन्तर्वार्तामा अफनानिस्तानका पूर्वराष्ट्रपति हामिद कारजई र पूर्वचिफ एग्जिक्युटिभ अब्दुल्ला अब्दुलाप्रति संकेत गर्दै यी दुवै नेता काबुलमा तालिबानले कब्जा गरेपछि पनि यहीँ रहेको बताएका थिए। एजेन्सी

प्रतिक्रिया