आज : गते

ताजा शिर्षकहरु

प्रचण्डको मुद्धामा सर्वोच्चबाट आयो यस्तो खबर, नेता कार्यकर्ता सबै चकित

प्रकाशित
1.2K
SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरि पाउन सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फेरि संयुक्त इजलासमा फर्काइएको छ।

नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भइ पछिल्लो समय अन्य दलमा सामेल भएको भन्दै माओवादी केन्द्रले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारवाही गरेको थियो।

सोही आधारमा निर्वाचन आयोगले उनीहरुको पद रिक्त गरेको थियो। तर, सर्वोच्च अदालतमा उनीहरुले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनीहरुलाई कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश जारी गरेको थियो।

सोही आदेश खारेजीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रिट निवेदन दिएका थिए। उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै संयुक्त इजलासले ‘पूर्ण इजलास’मा पठाएको थियो।

सोही अनुसार सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको पूर्ण इजलासमा बिहीबार सुनुवाइ भइ उक्त रिट निवेदनलाई संयुक्त इजलासमै फर्काइएको हो।

प्रचण्डले दायर गरेको रिटमा अन्तरकालीन आदेश खारेजीको माग गरिएको छ ।यस्ता नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन्।

माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन्। उनले कम्युनिष्ट पार्टीको स्थापना भएदेखि यता थुप्रै संघर्षहरू भए पनि शुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिएको बताए।

यस्ता घटनाहरूको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको बताए। महासचिव वैद्यले दक्षिणपन्थीको नेतृत्व गर्नेहरुले नै अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद भनिरहेको बताए।

उनले अहिले प्रचण्डले आफूलाई क्रान्तिकारी भनिरहेको भन्दै प्रचण्डले माओवाद पहिले नै छोडिसकेको दाबी गरे। महासचिव वैद्यले मार्क्सवाद, लेनिनवाद, माओवाद मात्र भनेर नहुने भन्दै त्यसले भनेअनुसारको राजनीतिक कार्यदिशा बनाउनु पर्नेमा जोड दिए।

तेस्तै, नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली भूमिमा भारतले सडक बनाइरहँदा सरकार चुप लागेर बसेको भन्दै आलोचना गरेका छन्। प्रेस चौतारी नेपाल चितवन शाखाले,

बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले आफ्नै भूमिमा विदेशीले बाटो बनाउँदा पनि गैर देशभक्तहरूको परमादेशको सरकार चुप लागेर बसेको आरोप बताए।

तत्कालीन एमाले सरकारका विरुद्ध बोल्न पाइन्छ भन्दै मुखमा टेप टाँसेकी मन्त्री रामकुमारी झाँक्रीप्रति कटाक्ष गर्दै उनले देशभक्त मन्त्रीलाई टुकी बालेर खोजिरहेको बताए।

संसदबाट सर्वसम्मतिले पास भएको नक्सामा समेटिएको भूमागमा भारतले सडक बनाउँदा देशभक्तहरूको पार्टी एमालेले मुख खोलेको उनले बताए । भारतीय अधिकारीहरूले हाम्रो नक्सामा भएको।

सर्वसम्मतिले पास भएको भूभागबाट अरू कसैले सडक बनाइरहँदा मुखमा टेप टाँसेर बोल्न पाइन्छ भन्ने मन्त्रीहरू। लोकप्रिय मन्त्रीहरू भएको सरकार कहाँ छ अहिले खोज्नुस्। म मन्त्रीहरू खोज्दै छु।

देशभक्त मन्त्रीहरू टर्च होइन टुकी बालेर खोज्दै छु। खै कहाँ गए। त्यस विषयमा बोल्नुपर्दैन। एमाले बोल्यो’ उनले भने। प्रत्येक नेपाली नागरिक देशभक्त रहेको भन्दै उनले अब जनताले बनाउँदा एमालेको सरकार बनाउने दाबी गरे।

फरक प्रसंगमा बोल्दै बास्कोटाले सर्वोच्च अदालत सधैँ एमालेप्रति पूर्वाग्रही हुने गरेको आरोप लगाए। अदालत एमालेप्रति पूर्वाग्रही भएको हो। त्यो कुरा स्पष्ट देखिएको छ। सदाझैँ एमालेप्रति पूर्वाग्रही भएर अदालत उभिएको तथ्यहरूले बताउँछ’ उनले भने।

प्रतिक्रिया

आजको ट्रेन्डिङ