आज : गते

ताजा शिर्षकहरु

एकाएक चिनियाँ लडाकु विमानहरु ताइवान घुसे

प्रकाशित
1.6K
SHARES

एजेन्सी। ताइवानले आफ्नो भूमिमा पाँच चिनियाँ सैनिक विमान बुधबार प्रवेश गरेको दाबी गरेको छ। ताइवानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार जनवरी महिनामा मात्र अहिलेसम्म ९ पटक यस्तो भएको छ।

समाचार एजेन्सी एएनआईले ताइवानको नेशनल डिफेन्स मन्त्रालयलाई उदृत गर्दै यस्तो जानकारी दिएको हो। यी पाँच सैनिक विमान मध्ये चार पिपुल्स लिबरेशन आर्मी एयर फोर्सको शेनयांग जे १६ लडाकु विमान थिए।

भने एक शांक्सी वाई ८ एन्टी सबमरीन लडाकु विमान रहेको समाचारमा जनाइएको छ। बीबीसीका अनुसार यी पाँचै विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेशन जोनको दक्षिण पश्चिमी भूभागबाट आएका थिए।

त्यपछि त्यसको प्रतिकारमा आफूहरुले रेडियो सन्देश जारी गरेको र विमान पत्ता लगाउका लागि एयर डिफेन्स मिसाइल सिस्टमलाई तैनाथ गरेको ताइवानले बताएको छ।

चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र बताउँदै आएको छ। तेस्तै,अमेरिकाबाट चीनका लागि उड्ने उडान बेइजिङले रद्द गरेपछि अमेरिकाले त्यसको विरोध गरेको छ।

कोभिडको कारण देखाउँदै चीनले अमेरिकाबाट छुट्ने उडान बुधबार रद्द गरेको थियो। अमेरिकाबाट चीन आएको विमानका केही यात्रुमा कोभिड पोजेटिभ देखिएपछि चीनले उडान रद्द गरको हो।

बेइजिङको कदमपछि अमेरिकी राष्ट्रपतिको कार्यलयले चीनविरुद्ध बदला लिने चेतावनी दिएको छ। चीनमा कोभिड देखिएपछि विभिन्न सहरहरुमा लकडाउन घोषणा गरेको छ।

कोभिडविरुद्ध शून्य सहनशिलता जनाउँदै आएको चीनमा पछिल्लो समयमा कोभिड संक्रमण बढेको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमण बढेको सरकारले बताउँदै आएको छ।

अमेरिकामा भने पछिल्लो समयमा कोभिडको सुनामी नै आएको छ। संक्रमित बढे पनि अस्पताल भर्ना हुनेहरुको संख्या भने तुलनात्मक रुपमा कमि देखिएको बताइएको छ।

त्यस्तै, युरोपेली मुलुकहरु भने कोभिडबाट नराम्रोसँग प्रभावित छन्। केही साताभित्र युरोपको आधा जनसंख्या कोभिडबाट संक्रमित हुने डब्लूएचओले जनाएको छ।

तेस्तै, भारत–चीन सीमा विवाद जारी रहँदा अमेरिकाले छिमेकी देशलाई धम्की दिनेु बेइजिङको प्रयास चिन्ता बढाउने खालको रहेको प्रतिक्रिया दिएको छ।

अमेरिकाले आफू साझेदार देशसँग उभिने बताएको बीबीसीले उल्लेख गरेको छ। भारत र चीनबीच पूर्वी लद्दाख क्षेत्रमा करिब तीन वर्षयता तनावको स्थिति बनेको छ।

समस्या समाधानका लागि दुबै देशबीच सैन्य स्तरमा कयौंपटक छलफल भएको छ। तर अहिलेसम्म समस्या समाधान हुन सकेको छैन। अमेरिकाको ताजा धारणा यस्तो बेलामा आएको छ।

जतिबेला भारत र चीनबीचको सैन्य स्तरको छलफलको १४ औं शृंखला सुरु हुन लागेको छ।समाचार एजेन्सी पीटीआईका अनुसार कोर कमाण्डर स्तरको यो छलफल बुधबार हुन सक्ने सम्भावना छ।

भारत र चीनबीच हुन लागेको छलफल अघि अमेरिकामा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले यस घटनालाई हेरिरहेको बताएकी हुन्। उनले भनिन्, हामी सीमा विवाद कुराकानी र शान्तिपूर्ण रुपमा समाधानको समर्थन गर्छौं।

उनले भनिन्,‘यसले अस्थिरता पैदा गर्न सक्छ। हामी चीनले छिमेकीमाथि धम्की दिने प्रयासलाई लिएर चिन्तित छौं। यस प्रकरणमा हामी आफ्ना साझेदारसँग खडा रहने छौं।

प्रतिक्रिया

आजको ट्रेन्डिङ