आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमाले चर्चित नेता जेल चलान, यस्तो गम्भिर छ काण्ड

प्रकाशित
1.5K
SHARES

काठमाडौ। दाङको ‘देउखुरी बचत तथा ऋण सहकारी संस्था’का दुई जना पूर्वअध्यक्षहरू ५ करोड रकम हिनामिना गरेको आरोपमा कारागार चलान भएका छन्।

सहकारीको रकम हिनामिना मुद्दामा पूर्वअध्यक्षद्वय किरण भण्डारी र रुक्माङगत ज्ञवाली कारागार चलान भएका हुन्। पूर्वअध्यक्ष भण्डारी एमालेका नेता हुन्।

भण्डारीले तत्कालीन लालमटिया गाविस–८ मा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। सहकारीको मुख्यालय राप्ती गाउँपालिका—५ सिसहनियाँमा रहेको छ।

पुस २५ गते आइतबार भण्डारी र ज्ञवाली आफै दाङ देउखुरी जिल्ला अदालत घोराहीमा उपस्थित भएर बयान दिएका थिए। बयान सकिए पछि  थुनछेक बहस भएको थियो।

अदालतका मुख्य न्यायाधीश रितेन्द्र थापाको इजलासले पूर्वअध्यक्षद्वय भण्डारी र ज्ञवालीलाई जनही ५०र५० लाख रुपियाँ धरौटी माग गरेको थियो। भण्डारी र ज्ञवालीले धरौटी बुझाउन नसकेपछि तत्कालका लागि पुर्पक्षका लागि,

भण्डारी र ज्ञवालीलाई कारागार चलान गरेको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले जानकारी दिएका छन्। सोही सहकारीको रकम हिनामिना मुद्दामा संस्थाका पूर्वकोषाध्यक्ष रामकृष्ण पौडेल भने धरौटी बुझाएर छुटेका थिए।

पूर्वअध्यक्षद्वय भण्डारी र ज्ञवालीसँगै पौडेल पनि आफै अदालतमा उपस्थित भएर बयान दिएका थिए। अदालतले माग गरेको २५ लाख रुपियाँ धरौटी पौडेलले बुझाएका छन्।

भण्डारी र ज्ञवाली तत्कालीन महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बनेका थिए। प्राय नेताहरु यस्ता काण्डहरुमा मुछिने गरेका छन्। नेपालमा ठुलामाछा पक्राउ पर्ने सम्भावना भने  न्यून छ।

साना माछा पौडेल पनि सोही सहकारीका कोषाध्यक्ष थिए। सहकारीको रकम हिनामिना गरेको आरोपमा ४ जना कर्मचारीलाई यसअघि अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो।

तीमध्ये तीन जना कर्मचारीहरू प्रताप चौधरी, विकास न्यौपाने र मनीराम भण्डारी उच्च अदालत तुलसीपुरको आदेशमा धरौटीमा रिहा भएका छन् । अदालतले सहकारीका २५ जनालाई पक्राउ गर्न पक्राउ पुर्जी नै जारी गरेको थियोे।

तेस्तै, बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएका बिचौलिया रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी छुटेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई तत्काल मुद्दान चलाउने निर्णय पछि नयाँ तरङ्ग पैदा भएको छ।

तेस्तै मुद्दा नचलाउने निर्णय गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले फिर्ता गरिदिएपछि सुवेदीका पति र पत्नी छुटेका हुन् । मंगलबार सुवेदी दम्पत्तिलाई सीआईबीले आफन्तको जिम्मा लगाएर छाडेको छ।

सुवेदीलाई सीआईबीले उनकी श्रीमती माधवी सुवेदीसहित पक्राउ गरेको थियो। तत्काल मुद्दा अघि बढ्ने अवस्था नभएपछि उनीहरू छुटेका हुन् । सरकारी वकिल कार्यालयको निर्देशनमा खोजेको समयमा उपस्थित हुने।

अनि सुवेदीका पति र पत्नीलाई आफन्तको जिम्मा लगाएर छाडिएको सिआइबीका प्रवक्ता एसपी श्यामकुमार महतोले बताएका छन् । बालुवाटार जग्गा काण्डमा मुछिएका बिचौलिया शोभाकान्त ढकाल जेलमा छन्।

 

प्रतिक्रिया