आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

इतिहासमै पहिलो पटक मानिसको शरीरमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण

प्रकाशित
896
SHARES

काठमाडौं। चिकित्सा विज्ञानमा वैज्ञानिकहरुले अत्यन्तै ठूलो सफलता प्राप्त गरेका छन्। पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।

अमेरिकाका एक व्यक्ति यस्ता पहिलो व्यक्ति बनेका छन् जसको शरीरमा आनुवंशिक रुपले संशोधित सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ र त्यो मुटुले काम गरिरहेको छ।

डाक्टरहरुका अनुसार अमेरिकाको बाल्टिमोरमा ७ घण्टासम्म चलेको प्रायोगिक प्रक्रियाको तीन दिनपछि ५७ वर्षीय डेभिड बेनेट स्वस्थ भइरहेका छन्। यो प्रत्यारोपण बेनेटको जीवन बचाउृने अन्तिम आशा थियो।

यद्यपि यो मुटुबाट उनी लामो समयसम्म जीवित रहन सक्छन् कि सक्दैनन् भन्ने कुरा भने अहिलेसम्म स्पष्ट भइसकेको छैन। सीएनएनको एक रिपोर्टअनुसार शल्यक्रियाभन्दा अघिल्लो दिन बेनेटले भनेका थिए।

यो प्रत्यारोपण बाँच वा मर जस्तो हो। मलाई थाहा छ यो अँध्यारोमा तीर चलाउनु जस्तै हो तर यही मेरो अन्तिम अवसर हो। बेनेटको यो सर्जरी नगरिएको भए उनी मर्ने निश्चित थियो।

यही आधारमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका डाक्टरहरुलाई अमेरिकाको स्वास्थ्य नियामक निकायले यो प्रक्रियाको लागि विशेष छुट दिएको थियो।

यो प्रत्यारोपण गर्ने मेडिकल टिमले कैयौं वर्षको शोधको आधारमा यो सफलता हासिल गरेका हुन्। यो सफलताले विश्वमा कैयौं मानिसहरुको जीवन बदल्न सक्नेछ।

युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनले एक बयानमा सर्जन बार्टले पी ग्रिफिथको हवाला दिँदै भनेको छ, यो सर्जरीले विश्वलाई अंगहरुको कमीको संकट सुल्झाउनेतर्फ एक कदम नजिक ल्याएको छ।

अमेरिकामा प्रत्येक दिन अंग प्रत्यारोपणको प्रतिक्षा गरिरहेका १७ जनाको मृत्यु हुने गरेको छ र १ लाखभन्दा धेरै मानिसहरु प्रत्यारोपणको लागि प्रतिक्षा गर्नेको सूचीमा छन्।

यो कमीलाई पूरा गर्नको लागि जनावरका अंगहरुको प्रयोगका विषयमा सम्भावना खोज्ने काम धेरै पहिलेदेखि भइरहेको छ। यो प्रक्रियालाई जेनोट्रान्सप्लान्टेसन भनिन्छ।

सुँगरको मुटुको भल्भको प्रयोग अहिलेसम्म आम भइसकेको छ। न्यूयोर्कमा २०२१ मा सर्जनहरुले घोषणा गरेका थिए कि उनीहरुले सफलतापूर्वक सुँगुरको मृगौला एक व्यक्तिमा प्रत्यारोपण गरेका छन्।

त्यतिबेला यस क्षेत्रमा त्यो प्रयोग सबैभन्दा उन्नत प्रयोग थियो। यद्यपि त्यतिबेला जुन व्यक्तिमा यो प्रत्यारोपण गरिएको थियो ती व्यक्ति ब्रेन डेड थिए र उनी ठिक हुने कुनै आशाा थिएन।

तेस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। कन्ट्याक ट्रेसिङमा परेका प्रधानमन्त्रीको आज पिसिआर परीक्षण गरिएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको परीक्षण गरिएको हो।

यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना पोजेटिभ देखिएको छ। रुघाखोकी लागेपछि गरिएको परीक्षणमा उनको कोरोना पोजेटिभ देखिएको हो।

मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ। मन्त्री पौडेल हाल होम आइसोलेसनमा बस्नुभएको र दैनिक भेटघाटका कार्यक्रम स्थगित गरिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ