आज : गते

ताजा शिर्षकहरु

तालिबानले गर्यो आफ्नै सैनिकहरुलाई मार्ने कठोर निर्णय, कारण थाहा पाएपछि उड्यो सबैको होस्

प्रकाशित
1.1K
SHARES

काठमाडौं। तालिबानले आफ्नै सैनिकहरुलाई मार्ने भयानक र कठोर निर्णय गरेको छ। तालिबानले आत्मघाती आक्रमणकारीहरुको रुपमा आफ्नो सेनामा नयाँ भर्ती गर्ने भएको छ।

अफगानिस्तानको सत्तामा आएपछि तालिबान आफ्नो प्रतिद्वन्द्वी इस्लामिक स्टेटबाट ठूलो सुरक्षा खतरा महसुस गरिरहेको छ। त्यही खतरालाई रोक्ने प्रयासमा तालिबानले यो कठोन निर्णय गरेको हो।

अगष्ट २०२१ मा सत्तामा आउनुभन्दा पहिले तालिबानले २० वर्षको युद्धमा अमेरिकी र अफगान सैनिकहरुमाथि आक्रमण गर्न र उनहिरुलाई हराउनको लागि आत्मघाती आक्रमणकारीहरुको प्रयोग महत्वपूर्ण हतियारको रुपमा गरेको थियो।

अब तालिबान सत्तामा आएपछि पनि यस्तै गर्न गइरहेको छ। तालिबान ती सबै आत्मघाती आक्रमणकारीहरुलाई फेरि आफ्नो सेनामा समावेश गर्दैछ। यो निर्णय गरे पछि सबै सातो  गएको छ।

तालिबानका उप प्रवक्ता बिलाल करिमीले अब तालिबानले अफगानिस्तानको रक्षाको लागि देशभरमा छरिएका आत्मघाती आक्रमणकारीहरुलाई संगठित गरेर एक विशेष दस्ता बनाउन चाहेको बताए।

यो दस्ताको मुख्य लक्ष्य इस्लामिक स्टेटका स्थानीय शाखाहरु हुनेछन्। तालिबान सत्तामा आएपछि इस्लामिक स्टेटले कम्तीमा ५ ठूला हमला गरेको छ। यीमध्ये धेरै आत्मघाती आक्रमणकारीले गरेका थिए।

करिमीले दस्ताबारे जानकारी दिँदै भने ‘विशेष बल, जसमा शहादत चाहेहरु समावेश हुनेछन् यसको प्रयोग विशेष अभियानको लागि गरिनेछ ।’ अर्कोतर्फ पाकिस्तानसँग पनि अफगानिस्तार सरकारको तनाब बढिरहेको छ।

डुरंड रेखामा तालिबान तारबार लगाउने विरुद्ध छ र पाकिस्तानले तारबार लगाउने काम जारी राखेको छ। तालिबानले कैयौं क्षेत्रमा पाकिस्तानले लगाएको तारबाट उखेलेर फ्याँकेको छ।

तेस्तै, फगानिस्तानका उपप्रधानमन्त्री मुल्ला अब्दुर घानी बरादरले पूर्वराष्ट्रपति असरफ घानीको हत्याको कुनै योजना नभएको बताएका छन्। मुल्ला बरादरले अफनानिस्तानको सरकारी टेलिभिजनलाई एक अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन्।

बिबिसीलाई अन्तर्वार्ता दिँदै पूर्वराष्ट्रपति घानीले तालिबानले काबुल कब्जामा लिएपछि आफ्नो हत्याको योजना बनाएको बताएका थिए। घानीले सन् २०२१ अगस्टमा अफनानिस्तान छोडेका थिए।

उनले बिबिसीसँगको अन्तर्वार्तामा आफूलाई सहयोग गर्ने सबैको हत्या निश्चित रहेको बताएका थिए। तालिबान नेता मुल्ला बारादरलाई अफगानिस्तानको सरकारी टेलिभिजन आरटिए वर्ल्डले घानीको हत्याको कुनै योजना रहे नरहेकोबारे प्रश्न गरेको थियो।

त्यसको जवाफमा मुल्ला बरादरले विदेशीसँग मिलेर पनि अफगानिस्तानमा बसेका कसैलाई पनि खतरा नभएको बताएका थिए। प्रस्तोताले फेरि सोध्छन्: जे भनिएको थियो त्यो गलत छ ? बरादरले त्यसमा कुनै पनि सच्चाई नभएको जवाफ दिएका छन्।

मुल्ला बरादरले अन्तर्वार्तामा अफनानिस्तानका पूर्वराष्ट्रपति हामिद कारजई र पूर्वचिफ एग्जिक्युटिभ अब्दुल्ला अब्दुलाप्रति संकेत गर्दै यी दुवै नेता काबुलमा तालिबानले कब्जा गरेपछि पनि यहीँ रहेको बताएका थिए।

तेस्तै, अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेको तालिबानले महिलाको अधिकारको रक्षा गर्ने जनाएको छ। तालिबानले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका वेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेको हो।

यहाँका सर्वोच्च नेताले महिला अधिकारको रक्षाका लागि भन्दै निर्देशिका जारी गरेका छन्। शुक्रबार तालिबान सरकारका सर्वोच्च नेता हैबतुल्लाह अखुन्जादाले निर्देशिका जारी गरेका हुन्।

उक्त निर्देशिकामा महिलालाई स्वतन्त्रता दिइएको बताइएको छ। महिलाले विद्यालय जान पाउने र विवाहका क्रममा पनि कुनै दबाब दिन नपाइने बताइएको छ।

त्यसैगरी, महिलालाई उनीहरूका अधिकारमा जबर्जस्ती गर्न नपाइने बताइएको छ। एकल महिलाले पनि आफ्नो इच्छाबमोजिम विवाह गर्न पाउने कुरा निर्देशिकामा उल्लेख भएको जनाइएको छ।

कुनै पनि व्यक्तिले एकभन्दा बढी श्रीमती राखेको छ भने पनि उसले इस्लामिक कानुनअनुसारका अधिकार महिलालाई दिनुपर्ने उल्लेख छ।अफगानिस्तानमा महिला अधिकार हननका कैयौँ घटना सार्वजनिक हुने गरेका छन्।

अहिले तालिबानहरू सत्तामा आएपछि पनि उनीहरूले महिला र बालबालिकालाई अधिकार नदिएका र दबाब दिएका भनी विश्वव्यापी रूपमा आलोचना हुँदै आएको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ