आज : गते

ताजा शिर्षकहरु

अर्थमन्त्री शर्माले एकाएक चाले यस्तो कदम, खबर सुनेपछि प्रहरी समेत चकित

प्रकाशित
1.3K
SHARES

काठमाडौँ। उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन्। भत्ताका लागि अर्थ मन्त्रालयले सहमति दिएपछि गृह मन्त्रालयले कार्यान्वायन प्रक्रिया अघि बढाएको छ।

अर्थले जवान र हवल्दारलाई ४० प्रतिशत, असइ र सइलाई २० प्रतिशत तथा इन्स्पेक्टर र डिएसपीलाई तलबको १० प्रतिशत भत्ता उपलब्ध गराउन सहमति दिएको हो। यो भत्ता उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई मात्र लागू हुनेछ।

काठमाडौं, ललितपुर र भक्तपुरमा हाल एक हजार पाँच सय ५० ट्राफिक प्रहरी कार्यरत छन् । यो निर्णयसँगै जवान र हवल्दारले मासिक करिब १० हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउनेछन्।

उपत्यकामा कार्यरत ट्राफिक प्रहरी दिनमा १६ घन्टासम्म ड्युटीमा खटिनुपर्ने भएकाले उनीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन लागिएको हो। २०७६ को वैशाखसम्म ट्राफिक प्रहरीले भत्ता पाउँदै आएकोमा कोरोना महामारी सुरु भएसँगै भत्ता कटौती भएको थियो।

ट्राफिक प्रहरीको ड्युटी असाध्यै गाह्रो भएको भन्दै भत्ता उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको थिय। अर्थमन्त्री जनार्दन शर्मा यस प्रस्तावमा सकारात्मक भएपछि ट्राफिक प्रहरीले भत्ता पाउने भएका हुन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा एक हजार ८३ ट्राफिक प्रहरीको दरबन्दी भए पनि थप करिब पाँच सयलाई काजमा राखेर ड्युटीमा खटाइएको छ। अब ट्राफिक प्रहरी खुसि हुने देखिएका छन्।

उपत्यकामा कार्यरत ट्राफिक प्रहरी सरुवा माग्दै उपत्यकाबाहिर जान खोज्ने प्रवृत्ति छ। भत्ता दिने निर्णयसँगै अब काम गर्न सहज हुने ट्राफिक महाशाखाका एक अधिकारी बताउँछन्।

तेस्तै, नेपाल प्रहरीमा विवादास्पद छविका तीन प्रहरी अधिकृतले ‘पुरस्कार’ पाएका छन्। भ्रष्टाचारसम्बन्धी आरोपमा छानबीनमा परेकी एसएसपी पूजा सिंहलाई गृह मन्त्रालयले डीआईजीमा बढुवा सिफारिस गरेको हो।

प्रशासनतर्फको दरबन्दी खाली नभएको अवस्थामा प्राविधिकतर्फको दरबन्दी प्रशासनतर्फ ल्याएर उनलाई बढुवा सिफारिस गरिएको हो।त्यस्तै, कार्यसम्पादन क्षमतामा पटकपटक प्रश्न उठेका दुई प्रहरी उपरीक्षक एसपी लाई प्रहरी प्रधान कार्यालय,

नक्सालले आइतबार संवेदनशील जिल्लाको जिम्मा दिएको छ। एक उच्च प्रहरी अधिकृत भन्छन्, ‘प्रहरी नेतृत्व र गृह मन्त्रालयले किन यस्तो निर्णय गर्‍यो थाहा छैन, तर यसको परिणाम राम्रो देखिने छैन।

प्राविधिकको दरबन्दी प्रशासनमा: प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीलाई बढुवा गर्न सरकारले प्राविधिकतर्फ रहेको विशिष्ट श्रेणीको दरबन्दी प्रशासनतिर सारेको छ।

नेपाल प्रहरीमा सञ्चार निर्देशनालयका तत्कालीन प्रमुख डीआईजी राजीव सुब्बाले राजीनामा दिएपछि प्राविधिकतर्फ एक डीआईजीको दरबन्दी रिक्त थियो । सोही रिक्त दरबन्दीलाई प्रशासनतिर ल्याएर एसएसपी सिंहलाई बढुवा गर्न सिफारिस गरिएको हो।

यदि सिंह अहिले डीआईजीमा बढुवा नभएको भए उनले एसएसपीको ५५ वर्षे उमेर हदका कारण एक महिनापछि अर्थात ६ फागुनमा अवकाश पाउने थिइन्। तर गृह मन्त्रालयले उनलाई डीआईजीमा बढुवा गर्ने भएसँगै उनको जागिर अवधि थप एक वर्ष लम्बिएको छ।

प्रहरी प्रधान कार्यालय, नक्साल स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसँग राम्रो सम्बन्ध भएका कारण प्राविधिकतिरको पद थप गरेर उनी डीआईजीमा बढुवा सिफारिस भएकी हुन्।

दुरुपयोग अनुसन्धान आयोगमा पनि भ्रष्टाचारसम्बन्धी उजुरी छ। काभ्रेमा प्रहरी प्रमुख एसपी हुँदा सिंहले सिपाहीको रासन भत्ता हिनामिना गरेको अभियोग उनीमाथि थियो। लेखापालसँग मिलेमतोमा फर्जी कागज बनाएर उनले हिनामिना गरेको अभियोग थियो।

तेस्तै, नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक एसपीहरुको सरुवा भएको छ। आइजीपी शैलेश थापा क्षेत्रीले आइतबार एसपीहरूको सरुवा गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई पठाइएको छ। झापामा कार्यरत सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ।

झापा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो। ओलीका विश्वास पात्र भट्टराईलाई सरुवा गरेर देउवा निकटका व्यक्तिलाई पठाएपछि ओलीलाई तनाव भएको छ।

भट्टराई इन्चार्जबाट इन्चार्जमा सरुवा भएका हुन्। जिल्ला प्रहरी कार्यालय सिरहामा अर्जुनप्रसाद तिमिल्सिनालाई पठाइएको छ। काभ्रेमा चक्रराज जोशी, पाल्पाको इन्चार्जमा जनक बहादु,

र शाही र बारामा दिलीपसिंह देउवालाई सरुवा गरिएको छ। पूर्वी नवलपरासीमा प्रज्वल महर्जनको सरुवा भएको छ। कञ्चनपुरमा श्यामसिंह चौधरीलाई पठाइएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत सुशीलसिंह राठौरलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरमा सरुवा गरिएको छ। को कहाँ सरुवा भए, तलको सूची हेरौं।

प्रतिक्रिया

आजको ट्रेन्डिङ