आज : गते

ताजा शिर्षकहरु

चीनले बनायो तीव्र गती र बाटो फेर्ने क्षमताको मिसाइल, अमेरिका-जापानमा भुकम्प

प्रकाशित
2.1K
SHARES

काठमाडाैं। चीन र उत्तर कोरियाको हाइपरसोनिक मिसाइल र अन्तरिक्ष आधारित हतियारबाट बढ्दो खतरासँग जुझ्न अमेरिका र जापानले एक नयाँ रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्ने भएका छन्।

अमेरिकाको विदेश मन्त्री एन्टोनी ब्लिकेनले बिहीबार यो सम्झौताको घोषणा गरेका हुन्। दुवै देशका विदेश मन्त्रीले यो पञ्चवर्षीय सुरक्षा सम्झौताको विषयलाई लिएर आपसमा कुराकानी गरेका छन्।

उत्तर कोरियाले हाइपरसोनिक मिसाइल प्रहार गरेको दाबी गरिरहेका बेला अमेरिकी र जापानी विदेश मन्त्रीबीच यस्तो कुराकानी भएको हो। एन्टनी ब्लिङ्कनले भनेका छन्।

अमेरिका-जापान गठबन्धनलाई हामीसँगै भएका तरिकालाई मजबुत गर्नु मात्रै नभई नयाँ तरिकाको खोजी गर्नु पनि हो। उनको इशारा युक्रेन सीमामा रुसको सैन्य तैनाथी, ताइवानविरुद्ध चीनको व्यवहार,

र उत्तर कोरियाले हालै प्रहार गरेको हाइपरसोनिक मिसाइल समावेश छ। रुस, चीन र अमेरिका तीनै देश हाइपरसोनिक मिसाइल बनाउन पुरा शक्तिका साथ जुटेका छन्। हाइपरसोनिक मिसाइलको तीव्र गती र बाटो फेर्ने क्षमताका कारण यो कसैको पकडमा आउँदैन।

तेस्तै, सौर्य मण्डल अन्तर्गतका सबै ग्रह र उपग्रहमा दिन र रातको फरक सूर्यले निर्धारण गर्छ। पृथ्वी पनि सौर्य मण्डलकै एउटा ग्रह भएकोले यसको दिन र रातको निर्धारण गर्ने काम सूर्यले गर्छ।

यो पृथ्वीको ताप र प्रकाशको मुख्य स्रोत पनि भएकोले वातावरणका लागि पनि सूर्य उत्तिकै महत्त्वपूर्ण छ। तर विज्ञान र प्रविधिको विकास र विस्तारले धेरै कुरा नयाँ नयाँ भइरहेको छ।

केही समय अगाडिसम्म कल्पना समेत गर्न नसकिने र अहिले पनि सुन्दा अचम्म लाग्ने यस्ता आविष्कारहरू भएरहेका छन्। यस्तै एउटा नयाँ र अपत्यारिलो लाग्ने आविष्कार हाम्रो छिमेकी देश जनवादी गणतन्त्र चीनका वैज्ञानिकहरूले गरेका छन्।

चिनियाँ वैज्ञानिकहरूको सहयोगमा चीनले आफ्नै सूर्य बनाइसकेको छ। कृतिम चिनियाँ सूर्यले वास्तविक सूर्यले जस्तै पृथ्वीमा प्रकाश फ्याँक्नेछ। चीनले १७ मिनेटसम्म ‘कृत्रिम सूर्य’ चलायोचीनले यसै साता पारमाणविक फ्युजन भट्टीको सुरुवात गरेको छ।

जसलाई कृत्रिम सूर्य भन्ने गरिन्छ। चीनको समाचार एजेन्सी सिन्ह्वाकाअनुसार वास्तविक सूर्यभन्दा पाँचगुणा तातो भट्टीलाई १७ मिनेटसम्म चलाइएको थियो। परीक्षणको बेला १७ मिनेटसम्म ७ करोड डिग्री सेल्सियससम्म तापक्रम पुगेको बताइएको छ।

चीनले यस पारमाणविक फ्युजन रियाक्टबाट असीमित सफा ऊर्जा उत्पादन गर्ने लक्ष रहेको जनाएको छ। दसकौँ लामो अनुसन्धानपछि पनि कृत्रिम सूर्य निर्माण गर्न कठिन भएको थियो।

चिनियाँ विज्ञान प्रतिष्ठानको इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सका अनुसन्धानकर्ता तथा यस प्रयोगका प्रमुखहरूमध्ये एक गोंग सिनाझुले पछिल्लो कार्यले फ्युजन रियाक्टर चलाउन ठोस वैज्ञानिक र प्रयोगात्मक आधार प्राप्त भएको जनाएका छन्।

यदि चीनले निरन्तर आफ्नो कृत्रिम सूर्यमाथि काम गर्न सकेमा हामीले भविष्यमा अझै धेरै सफलता हासिल गर्न सक्छौँ। १७ मिनेट यसलाई चलाउन सक्नु भनेको लामो समय होइन।

तर, लामो समयसम्म ७ करोड डिग्री सेल्सियस तापक्रममा चलाउन सक्नु निकै प्रभावकारी हुनेछ। हामीले यसअघि पनि १० करोड डिग्रीका अन्य कृत्रिम सूर्यहरूपनि देखिसकेका छौँ, उनले भने।

वास्तविक सूर्यको भौतिकशास्त्रको नक्कलमा कृत्रिम सूर्य बनाइन्छ। कृत्रिम सूर्यले परमाणविक न्युक्लेइलाई एकीकृत गरेर बृहत परिमाणमा ऊर्जा निकाल्ने गर्छ। कृत्रिम सूर्य चलाउन कुनै जीवाशेष इन्धनको आवश्यकता नपर्ने।

तथा त्यसले कुनै हानिकारक चिज नफाल्ने भएकाले पनि यसले वातावरणलाई निकै कम खतरा पुर्‍याउने भौतिकशास्त्रीहरूको भनाइ छ। विश्वमा कृत्रिम सूर्य बनाउने चीन एक मात्र मुलुक भने होइन।

चीनको यसै रियाक्टर टोलीले फ्रान्सको मार्सिल्लेमा पनि काम सुरु गर्ने भएको छ। त्यसैगरी बेलायतले पनि आफ्नै परमाणविक फ्युजन पावर स्टेसन बनाउने योजना बनाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ