आज : गते

ताजा शिर्षकहरु

स्मार्ट लकडाउन गर्ने तयारी गर्दै सरकार, प्रभावकारी रूपमा कडाइ गरिने

प्रकाशित
557
SHARES

काठमाडौं। स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ फेरि कडाइका साथ लागू हुने भएको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समिति सीसीएमसीसीको बैठकले कार्यविधिलाई प्रमुख जिल्ला अधिकारीले,

थप कडाइका साथ कार्यान्वयन गर्नका लागि निर्देशन दिन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेकोे हो।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज मात्रै देशभर एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भएको छ।

सङ्क्रमणको मात्रामा पछिल्ला दिनमा व्यापक वृद्धि भएको छ। पनि १५ दिन विद्यालयलगायत बढी भीडभाड हुने सार्वजनिक स्थानलाई बन्द गर्न सिफारिस गरिएको छ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रका सहसचिव एवं प्रवक्ता सुनिता नेपालका अनुसार कोरानाको बढ्दो जोखिमलाई ख्याल गर्दै तत्कालका लागि आगामी माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरिएको छ।

सिसिएमसीले गरेको सिफारिसलाई कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ। केही विद्यालयले हिउँदे बिदा गरेका छन्। केही विद्यालय तथा कलेजमा परीक्षा जारी छ।

परीक्षा जारी रहेका कलेजलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । हिउँदे बिदा गरेका विद्यालयलाई भने आगामी माघ १५ सम्म लैजान भनिएको छ। आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थिति थियो।

बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक स्थानमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ।

राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ। समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ।

बैठकले जिल्लाको अवस्था हेरे थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। अब कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसी बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको गरेको छ

सीसीएमसीको आइतबार बसेको बैठकले अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गरेको हो।

यसैगरी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने भएको छ। सार्वजनिक स्थलमा प्रवेश गर्दा, जस्तै कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने गरी निर्णय भएको हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ